Top Navigation
  • Contact
Main Navigation
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • रोगले भन्दा भोकको मनोरोगले मार्यो
रोगले भन्दा भोकको मनोरोगले मार्यो
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, वैशाख ३१, २०७८

- श्याम स्मृत

कोरोनाको महामारीको दोश्रो लहर नेपालमा फैलिएपछि त्यसलाई चेनब्रेक गर्ने नाममा लकडाउन गरिएको छ । लकडाउनको कुनै विकल्प नरोजिकन तत्काल लकडाउन भएयता अधिकांश मानिसमा डर पैदा भएको छ। डरै डर तथा मानसिक तनाबका कारण धेरैको ज्यान गएको छ । 

कोरोनाको पहिलो लहरमा कम जोखिम देखिएका बालबालिका, युवादेखि बृद्धबृद्धामा पनि कोरोना संक्रमित हुनेदेखि, उपचार नपाउँने, ज्यानै जानेसम्मको डरले सताएको छ । डरका कारणले गर्दा उनीहरु अस्पतालमा जाँच एवं परामर्शका लागि पुग्ने गरेका छन् । अस्पतालको भीडम भीड अवस्थामा तथा भर्ना हुनका लागि बेड नपाउने तथा पाएमा पनि अक्सिजनको अभाव जस्ता विविध समस्या देखिएपछि निको हुनका लागि अस्पताल गएकाहरु पनि कति त लाश भएर फर्केको पाइएको छ ।   
     
यथार्थमा कोरोना संक्रमणको कारण भन्दा पनि बढी डरै डरको कारण ज्यान गएको छ। यो कुरा जगजाहेर भएतापनि स्वास्थ्य स्थिति मजबुत नभएको हाम्रो देश नेपालमा कसैको उपचार नपाएर ज्यान गएमा सजिलो भाषामा कोरोना संक्रमणका कारण वित्यो भनेर सरल ढंगवाट भन्ने बानी हुन थालेको छ । जुन दुःखद अवस्था हो । सरकार कोरोना संक्रमणलाई न्यून गर्न तथा संक्रमितको उपचारको लागि गंभीर भएर लाग्न सकेको अवस्था छैन् । 
      
सरकार कुर्सी जोगाउन तथा तानातानको राजनीतिमा व्यस्त बनेको अवस्थामा आफूहरुलाई सत्तामा अमूल्य मतदान मार्फत पुर्याउँने नेपाली जनताको उपचार गर्न र गराउन चुकिरहेको प्रष्ट छ । दुई हप्ताभन्दा बढी समयदेखि नेपाली जनतालाई कोरोनाको त्रास देखाएर घरभित्रै लकडाउन गराएर बस्न बाँध्य बनाएको छ । ती जनताको घरमा चुल्हो राम्रोसंग बलेको छ या छैन भन्ने कुनै खोजखवर सरकारले गरेको पाइएको छैन् । 
      
अझ भनौं भने, कोरोनावाट बचाउने नामवाट लकडाउन गरिरहेको सरकारले भोको पेटमा पटुकी बाँधेर चुपचाप बसेका कैयन नेपाली जनतालाई राहत दिने नाममा एक शव्द पनि बोलेको पाइएको छैन् । जुन अत्यन्त विडम्बना हुन पुगेको छ। लकडाउनको विकल्प केवल लकडाउन मात्र भन्न जानेको सरकारले कोरोना महामारीको दोश्रो चरणको लकडाउनको दोश्रो हप्तावितिसक्दा पनि एक गेडा अन्न पनि राहत दिएको पाइएको छैन् । 
      
यहाँ रोगले भन्दा भोकले मर्ने भैसकेको छ। कोरोना रोग त एकातिर छदैछ । त्यही कोरोनाको नाममा जारी लकडाउनमा लकडाउन मात्र गरेर नेपाली जनतालाई मनोरोगी बनाउंदै लगेको छ । त्यो मनोरोगवाट मुक्ति दिने हो भने, सारा नेपाली जनतालाई राहत प्याकेज दिएर मनोदशाको अन्त्य गर्न र गराउन आवश्यक छ । मनोदशा अर्थात मनोरोग हटेमा स्वभाविक रुपमा आत्मबल बृद्धि भएर कोरोना संक्रमण निर्मूल बन्नेथियो । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १८:२०
प्रतिक्रिया दिनुहोस्
थप समाज
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग
प्रोटोनद्वारा २ लाख रिङ्गिट बराबरकाे ड्रोन सहयोग बुधबार, भदौ २४, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्