Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, साउन २९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, साउन २९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • थिमिमा यसवर्ष खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा) सञ्चालन हुने
थिमिमा यसवर्ष खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा) सञ्चालन हुने
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, भदौ ५, २०७९

भादगाउँ । मुख्यत आर्थिक अभावलगायत विविध कारणले नियमित सञ्चालन हुन नसकेको थिमिको येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा) यसवर्ष पुनः सञ्चालन हुने भएको छ ।

मध्यपुर थिमि नगरपालिका-५ का वीरेन्द्रभक्त श्रेष्ठ दोस्रो पटक जिब्रो छेड्न तयार भएपछि यसवर्ष पुनः थिमिमा इन्द्रजात्राको अवसरमा सञ्चालन हुने येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा सञ्चालन हुन लागेको हो । 

वीरेन्द्रभक्तले २०७४ सालमा जिब्रो छेडाएको थियो । यसवर्ष यही भदौ २५ गते शनिबार जात्रा हुँदैछ । यो जात्रा विसं २०७४ मा स्थानीय तहको निर्वाचन सम्पन्न भई जनप्रतिनिधि बहाल भएपछि पुनः सञ्चालनमा आएको थियो ।

विसं २०६३ मा अन्तिम पटक सञ्चालन भएर रोकिएको यो जात्रा नगरपालिकाको आर्थिक सहयोगमा वीरेन्द्रभक्त जिब्रो छेड्न तयार भएपछि ११ वर्षपछि पुनः जात्रा सञ्चालनमा आएको थियो । 

विसं २०७५ मा बालकराम नानीचा श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिइएको थियो । त्यसपछि कोरोना महामारीका कारण जात्रा रोकिएको थियो । त्यसअघि २०५९ र २०५३ सालमा यो जात्रा सञ्चालन भएको पाइन्छ ।

जात्राका लागि शनिबार वीरेन्द्रभक्तले परम्परागत प्रचलन अनुसार मूल नकर्मी रामभक्त नकर्मीलाई जिब्रो छेड्ने नातु (सुइरो) बनाउन सम्ये बजीसहितको पूजा प्रदान गरी आग्रह गरेको छ । 

सोहीअनुसार नकर्मीले जिब्रो छेड्ने सुइरो तयार गरी शुद्ध तोरीको तेलमा डुबाएर राख्ने प्रचलन रहेको छ । यसरी राखेको सियोले जिब्रो छेड्दा रगत नआउने जनविश्वास रहेको छ ।

मध्यपुर थिमिमा बर्सेनि २ वटा मेय् प्वाः खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा) सञ्चालन हुने गरेको छ । पहिलो बिस्काः (बिस्केट) जात्राका अवसरमा प्रत्येक वर्ष वैशाख २ गते दिउँसो थिमिको बोडेमा र दोस्रो ईन्द्रजात्राको अवसरमा आश्विन शुक्ल पूर्णिमाको साँझ थिमिको दिगुलीमा जिब्रो छेड्ने जात्रा सञ्चालन हुने गरेको छ । बोडेको जात्राले निरन्तरता पाउँदैं आए पनि थिमिको जात्रा भने नियमित सञ्चालन भएको पाइँदैन ।

थिमिको जिब्रो छेड्ने जात्राका लागि जात्राको आठ दिन अगाडि द्यः दुसालेगु अर्थात देवता भित्र्याउने चलन रहेको छ । त्यसका लागि बालकुमारी मन्दिरमा एघार वटा किसली (माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग) चढाउनु पर्दछ र रातो भालेको बलि दिएर बालकुमारीको साधना गर्नुपर्दछ ।

जिब्रो छेड्ने जात्राको ४ दिन अघि थिमिको लाय्कूका पःमाहरुले हनुमानढोका दरबारमा गएर राज खड्ग लिएर आउने र सो खड्गलाई जात्रामा डबलीमा राख्ने प्रचलन समेत रहेको छ ।

इन्द्र जात्राको दिन बालकुमारीमा रातो भालेको बलि सहितको पूजागरी छ्वयला ब्वः भोज खुवाउने चलन रहेको छ । त्यसको भालिपल्ट येंया पुन्हीको दिनमा दुता नं (जामा) लगाएर बालकुमारीमा पूजा गर्ने परम्परा रहेको छ । यो दिन जिब्रो छेड्ने व्यक्ति मौन व्रत बस्नुपर्दछ ।

जिब्रो छेड्ने दिनमै बेलुकापख (साँझ) बालकुमारीदेखि दिगुलीस्थित दिगुभैरवसम्मको स्थानमा बत्ती दिन जानु पर्दछ । त्यहाँबाट आइसकेपछि दिगुभैरव मन्दिरमा गुरु (जामनः थरका व्यक्ति) को उपस्थितिमा भैरवको पूजा गरिन्छ । यो पूजा पश्चात जिब्रो छेड्ने व्यक्तिमा दैवी शक्ति प्राप्त हुने जनविश्वास रहेको छ । 

त्यहाँबाट जिब्रो छेड्नेलाई दुई जनाले समाई भैरवसामुन्ने मुख फर्काइ उल्टो हिँडाइ डबलीमा पुर्याइन्छ । डबलीमा सयौंँ जनमानसलाई देखाएर नकर्मीले बनाएको १० इन्च लामो सुईरोबाट कमीनायोले जिब्रो छेडाउने काम हुन्छ ।

त्यसपछि भ्यं (महादिप) बोक्न लगाइ उसको इच्छाअनुसार नगरपरिक्रमा गराउने गरिन्छ । यसरी जिब्रो छेड्ने व्यक्तिले नगरपरिक्रमा गर्दा स्थानीय व्यक्ति पनि “ताकुँ म्येः ख्वामसिसें भ्वय् नय्” भन्दै सँगसँगै नगरपरिक्रमा गर्दछन् । जिब्रो छेड्ने व्यक्तिको इच्छाअनुसार पहिला चाँगुनारायण तथा पशुपतिसम्म पनि परिक्रमा गराएको इतिहास पाइन्छ ।

इच्छाएको ठाउँमा परिक्रमा गरेपछि बालकुमारी मन्दिरमा पुगी कमीनायोले सुइरो निकालिन्छ । सुइरो निकालिसकेपछि जिब्रोमा भएको खालमा नासःद्यः (नित्यनाथ) देवता परिसरको माटो राखिदिन्छ । अनि सुइरोलाई बालकुमारी मन्दिरभित्र ठोकिन्छ ।

बालकुमारी मन्दिर परिसरमा सुइरो निकालिसकेपछि जिब्रो छेड्ने व्यक्तिले घर गई मान्यजनबाट सगुन लिन्छन् । जात्राको भोलिपल्टको बिहान नातु पूजा भनि द्यःलित तवनेगु (विसर्जन पूूजा) का लागि बालकुमारीमा पूजा गर्न जानुपर्ने प्रचलन रहेको छ।

जिब्रो छेडेर नगर परिक्रमा गराए देशमा दुःख नदिने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि नहुने जनविश्वास छ । पौराणिक कथनअनुसार परापूर्वकालमा थिमिका स्थानीय बासिन्दालाई भूतप्रेत, ख्याकजस्ता राक्षसहरुले दुःख दिन थालेपछि थिमिका जनतालाई सो दुःखबाट छुटकारा दिलाउन थिमिका अराध्यदेवी बालकुमारीको साधना गरेपश्चात आश्विन शुल्क पूर्णिमाका दिन एक व्यक्तिलाई सुइरोले जिब्रो छेडेर नगर परिक्रमा गराएपछि भूतप्रेत र राक्षस यस ठाउँमा यस्ता साहसिक व्यक्ति रहेको भन्दै भागेको जनश्रुति रहेको छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  १३:५०
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए मंगलबार, साउन २६, २०८३
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार सोमबार, साउन २५, २०८३
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम आइतबार, साउन २४, २०८३
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग आइतबार, साउन २४, २०८३
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता शनिबार, साउन २३, २०८३
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
अमरसिंह थापा स्मृति दिवस
अमरसिंह थापा स्मृति दिवस शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ३ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ४ २१औँ अडान डे सप्ताहव्यापी रूपमा उत्साहपूर्वक मनाइयाे
  • नंः ५ आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्