Top Navigation
Main Navigation
मंगलबार, पुस २९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, पुस २९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • नेता गिरीको निधनको खबरले जन्मस्थल र जिल्लाका स्थानीय शोकमा
नेता गिरीको निधनको खबरले जन्मस्थल र जिल्लाका स्थानीय शोकमा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, भदौ ५, २०७९

सिरहा, लहान । “आब ककरा बाबु कहबै, के कर साहारामे रहबै” (अब कसलाई बुबा भन्नु ? कसको साहारमा बाँच्नु?) लहान नगरपालिका-१४ बस्तीपुरका जितनीदेवी रामले रोइकराइ गरेपछि उपस्थित गाउँलेहरुले पनि आँसु थाम्न सकेनन्।

समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनको खबर सुनेलगत्तै विक्षिप्त बनेकी जितनीदेवीको आँशु रोखिएको छैन । “आफूलाई छोरी जस्तै बाल्यकालबाटै पाल्नुभएका प्रदीप बाबु छोडेर गएपछि टुहुरी जस्तै भएकी छु”, जितनीदेवीले भनिन्, “अब कसलाई बुवा भन्नेर बोलाउने ? समस्या पर्दा कसलाई सुनाउने ? अब कोही रहेन, बेसारा जस्तै भएकी छु ।” 

भारतको नयाँ दिल्लीमा उपचार गराउन जाने क्रममा उनले जितनी म उताबाट आएपछि तिम्रो सबै समस्या सुनिदिन्छु भनेर गएको सम्झँदै जितनीदेवीले भनिन्, “आश्वासन दिएर जानु भएको प्रदीप बाबु अब मेरो समस्या कहिले नसुन्ने गरी सदाका लागि जानुभयो । अब मेरो समस्या सुनिदिने कोही रहेन, आफू टुहुरी जस्तै भएकी छु”, जितनीले बिलौना गरिन्।

“कुनैबेला पेसाको समस्या पर्दा प्रदीप बाबुले कहिले मसँग छैन, दिन्न भन्नु भएन”, जितनीले भनिन्, “उहाँ कतैबाट आश्रममा आउँदा पहिला जितनी भन्नेर बोलाउनुहुन्थ्यो, मैले ल्याइदिएको पानी खानुहुन्थ्यो त्यसपछि मेरो समस्याबारे सोध्नु हुन्थ्यो ।” अब ती सबै कुराहरु सम्झनामा आइरहन्छ, उनको भनाइ छ ।

जहिले पनि पढ्नुपर्छ, दलितहरु पनि ठूलो मान्छे बन्नुपर्छ भन्ने प्ररेणा दिने व्यक्तिका रुपमा रहेका प्रदीप ठूलो बुवाको निधनले आफूले अभिभावक गुमाएको स्थानीय २० वर्षीय दीप परियार पनि शोकमा छन्।

“आश्रममा जहिले आउँदा मेरो पढाइका बारेमा सोध्नुहुन्थ्यो, अनि पढ्ने नयाँनयाँ कुरा सिकाउनुहुन्थ्यो”, लहानस्थित जेएस मुरारका क्याम्पसको कक्षा १२ मा अध्ययनरत परियारले भने, “उहाँको प्रेरणाका कारण मेरो पढ्ने, वातावरण बन्यो मेरो पढाइमा उहाँको ठूलो योगदान छ ।” अब उनी जस्तो व्यक्तित्व पाउन मुस्किल रहेको उनको भनाइ थियो ।

“प्रदीप बाबु असाध्यै सरल, भावुक स्वभावका व्यक्ति हुनुहुन्थ्यो”, बस्तीपुर गाउँका ५० वर्षीय चेतबहादुर भुजेलले भने, “उहाँ गाउँको मात्र होइन, देशकै प्रतिष्ठा थियो, उहाँको निधनले हामी अभिभावकविहीन भएका छौँ, उहाँको निधनले हामी शोकाकूल भएका छौँ, हामी असल र स्वाभिमानी नेता गुमाएका छौँ”, उनको कथन छ।

जितनी, दीप र चेतबहादुर मात्र होइन, नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सदस्य प्रदीप गिरीको निधन भएपछि यतिबेला बस्ती गाउँ नै शोकमा डुबेको छ । गाउँलेहरु नेता गिरीको पुर्खौली घर अगाडि भेला भएर शोक मनाइरहेका छन् भने कतिपयले गिरीलाई सम्झेर आँशु बगाइरहेका छन् ।

“सरल स्वभावका प्रदीप बाबुसँग चुनावका बेला सँगै घुमेँ”, बस्तीपुरका ५६ वर्षीय महेन्द्र साहले भने, “उहाँले जहिले पनि गाउँको विकास र समाज सुधारका विषयमा कुरा गर्नुहुन्थ्यो, उहाँबाट समाजले थुपै्र सुधारको अनुभूति गरेको छ। उहाँसँग हिँड्दा कहिले पनि बिरानो जस्तो अनुभूति पाइनन्”, उनको भनाइ छ । 

नेता गिरीले कक्षा १ देखि १० सम्म अध्ययन गरेको बस्तीपुर माविमा पनि आज व्यक्त गरिएको छ । “उहाँ यस विद्यालयमा अध्ययन गर्नुका साथै विद्यालयको विकासका लागि योगदान गर्नुभएको छ”, विद्यालयका लेखापाल सिन्धुप्रसाद साहले भने, “उहाँ यस विद्यालयका पूर्वविद्यार्थीका साथै अभिभावक पनि हुनुहुन्थ्यो, त्यही भएर हामी उहाँको शोक मनाएका छौँ ।” 

समाजवादी नेता गिरीले विसं २०१८ मा बस्तीपुर माविबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेको थियो । उनी गत २०७४ सालमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा सिरहा क्षेत्र-१ बाट निर्वाचित भएको थियो । नेता गिरीको शोकमा सिरहाको लहान नगरपालिकाले पनि आज सार्वजनिक बिदा दिएको छ ।

नगरपालिकाले अशल अभिभावक गुमाएकाले शोकमा बिदा दिने निर्णय भएको नगरप्रमुख महेश चौधरीले बताए ।आफूहरुले मत दिएर जिताएका आफ्ना नेता एवं अभिभावक गिरीको उपचार काठामाडौँस्थित मेडिसिटी अस्पतालमा भइरहँदा पनि शीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्थानीयले शनिबार बिहानैदेखि गाउँमा भजनकीर्तन गरेका थिए ।

गएराति नै उनको निधन भएको खबर सुनेपछि उनको जन्मस्थल र जिल्लाका स्थानीय शोकमग्न भएका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  १६:२५
##pradeepgiri
प्रतिक्रिया दिनुहोस्
थप समाज
मनाङमा जडीबुटी उत्पादन घट्दै
मनाङमा जडीबुटी उत्पादन घट्दै आइतबार, पुस २७, २०८२
शीतलहरले मौरी किसान ठूलो नोक्सानीमा
शीतलहरले मौरी किसान ठूलो नोक्सानीमा आइतबार, पुस २७, २०८२
आजकाे माैसम: कस्तो रहला आज देशभर ?
आजकाे माैसम: कस्तो रहला आज देशभर ? आइतबार, पुस २७, २०८२
दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला
दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला आइतबार, पुस २७, २०८२
आजकाे माैसम: तराईमा मध्यान्नसम्म हुस्सु, पहाडी भेगमा कस्ताे रहला ?
आजकाे माैसम: तराईमा मध्यान्नसम्म हुस्सु, पहाडी भेगमा कस्ताे रहला ? शुक्रबार, पुस २५, २०८२
सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा नौ हजार लाइसेन्स छपाइ
सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा नौ हजार लाइसेन्स छपाइ शुक्रबार, पुस २५, २०८२
आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने
आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने शुक्रबार, पुस २५, २०८२
देशभर आगलागीका घटनामा वृद्धि
देशभर आगलागीका घटनामा वृद्धि शुक्रबार, पुस २५, २०८२
स्ट्रबेरी बिक्री गरेर एक वर्षमा रु २१ लाख आम्दानी
स्ट्रबेरी बिक्री गरेर एक वर्षमा रु २१ लाख आम्दानी मंगलबार, पुस २२, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ललितपुर निर्वाचन क्षेत्र नंबर २ मा बुद्धरत्न महर्जनको लहर
  • नंः २ प्रतिनिधिसभा निर्वाचन: उदयपुर –२ मा नेकपाबाट सिफारिस लक्ष्मण पौड्याल काे हुन् ?
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ पर्यटनको अथाह सम्भावना बाेकेकाे उदयपुरमा सडक पूर्वाधार अभाव
  • नंः ५ तराई क्षेत्रमा शीतलहर र चिसो हावा चल्न थाल्याे
विचार
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्