Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • तरकारी खेतीबाटै मनग्य आम्दानी 
तरकारी खेतीबाटै मनग्य आम्दानी 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, भदौ १८, २०७९

कृष्णपुर नगरपालिका-२ वनहरा, कञ्चनपुरका दत्तराम चौधरीलाई मजदुरीमा जाने हतार छैन । विगतमा जस्तो घर खर्च चलाउनका लागि मजदुरी पाउने नपाउने चिन्तासमेत छैन । घरमै बसीबसी चौधरीले मनग्य आम्दानी लिँदै आएको छ। चौधरीको आम्दानी गर्ने माध्यम भनेको तरकारी खेती हो ।

कमैया मुक्तिको घोषणा भएपछि पुनःस्थापन हुँदा सरकारबाट उपलब्ध गराइएको पाँच कट्ठा जग्गामध्ये दुई कट्ठा जग्गामा चौधरीले घर बनाएको छ । बाँकी तीन कट्ठा जग्गामा तरकारी खेती गर्छन् ।

तरकारी खेतीले वर्ष भरिको घरको खर्च चल्छ । “विगतमा घरखर्च चलाउनकै लागि मजदुरी गर्नु पर्ने बाध्यता थियो”, उनले भने, “तरकारी खेती गर्ने तौर तरिका सिकेपछि यसबाटै सहजरुपमा घर खर्च चल्न थालेको छ, वर्षभरि तरकारी खेती हुन्छ, त्यही तरकारी खेतीले जीवन धानिएको छ ।”

 चौधरीले वर्षमा तीन पटकसम्म तरकारी रोप्छन्  जसबाट वार्षिक रुपमा ५ लाख जति आम्दानी हुन्छ । हिउँदको समयमा बस्ती नजिकै भएर बग्ने वनहरा नदीको बगरमा बगर खेती गर्छन् ।

त्यसबाट दुई लाख जति आम्दानी हुन्छ । तरकारी खेतीबाट गतिलो आम्दानी हुन थालेपछि दश कट्ठा जग्गाको वार्षिकरुपमा रुपैयाँ १० हजार भाडा तिर्ने गरी लिजमा लिएको छ।

अन्नको जोहो गर्नका लागि स्थानीय बासिन्दाको दुई बिघा जग्गा अधियासमेत उनले कमाउने गर्दै आएको छ । “छोरालाई महेन्द्रनगरमा डेरामा राखेर स्तरीय विद्यालयमा पढाउँदै आएको छु”, उनले भने, “तरकारी खेतीको कमाइले सबै धानिएको छ”, “बिरामी पर्दा, घरको गर्जो टार्न, बालबालिकाको विद्यालयको खर्च चलाउन र अरु कार्यका लागि कसैसँग कमैया मुक्ति पछि हात थाप्नुपरेको छैन, पाखुरी खियाएर, मिहिनेत गरी आम्दानी गर्दै आएको छु, यसमा परिवारले साथ दिँदै आएका छन्”, चौधरीले गर्व गर्दै भने । 

चौधरीले १३ वर्षको उमेर छँदै चार वटा जमिन्दारको घरमा कमैया बसेर काम गरेको थियो । दत्तराम जस्तै बस्तीका २० मुक्तकमैया परिवारले बर्सातमा काँक्रा, लौका, बोडी, भिन्डीलगायतको तरकारी खेती गर्दछन् ।

हिउँदमा दुई पटक काउली, बन्दागोभी, टमाटर, लौका, खुर्सानी, हरियो सागपातलगायतको तरकारी रोपेर आम्दानी लिन्छन्। जेठ, वैशाखमा प्लाष्टिकको टनेलभित्र काँक्रो रोप्ने गरेका छन् । माघ महिनादेखि जेठको अन्त्यसम्म नदीको बगरमा लौका, फर्सी, काँक्रो, तरभुजा खेती गरेर आम्दानी लिन्छन् ।

“तरकारी खेती गरेर यति धेरै आम्दानी हुन्छ भन्ने पहिला थाहा थिएन”, सैवनिया वडायकले भने, “परिवारका श्रीमान श्रीमती दुवै जना मजदुरीमा जाने गरेका थियौँ, त्यसबाट दैनिक खर्च चलाउनसमेत निकै समस्या हुन्थ्यो, कुनै दिन मजदुरी नपाइदा भोकैसमेत बस्नुपर्ने अवस्था आइलाग्दथ्यो ।” 

“पुनः स्थापन हुँदा पाइएको पाँच कट्ठा जग्गामा बालुवा मिश्रित माटो भएकाले अन्न फल्दैनथ्यो, कुन माटोमा कुन बाली सप्रिन्छ भन्ने कुरा तत्कालीन कृषि विकास कार्यालयले दिएको तालिममा सिक्यौँ”, उनले अनुहार हसिलो पार्दै भने, “त्यस पछि तरकारी खेती गर्न थाल्यौँ । तरकारी खेती गर्न थालेपछि पैसाले हात कहिल्यै रित्तो भएको छैन । विगतको जस्तो मजदुरी खोज्दै जानुपर्ने पनि छैन ।” 

“मिहिनेत गरे खेतमै पैसा फल्छ भन्थे, पत्याएको थिइन्, थोरै जग्गामा दैनिक मिहिनेत गर्छौं, तरकारी फल्छ, बेच्छौँ, पैसा नै पैसा हुन्छ”, उनले भने । तरकारी खेती गर्नमा निपुण भएपछि वर्षभरिनै यसै खेतीलाई निरन्तरता दिँदै आएकी जानकारी रानाले वर्षमा चार पटक तरकारी खेती गर्दै आएको बताउँछन्।

“पहिला घरमा पैसाको समस्या परे साहु महाजनसँग गुहार्नु पर्दथ्यो”, उनले भने, “अहिले आफै कमायो, खर्च गर्याे, भविष्यका लागि रकम बचत गर्याे, कुनै रोक तोक छैन, साहु महाजनसँग कर्जा माग्न जाने झन्झट छैन । के लगाउन, के खाउ भन्ने पनि छैन, तरकारी बेचेर आएको पैसाले घरको सबै खर्च चलेको छ ।”

बगरमा उत्पादित तरकारी गहुँलगायतका अन्नसँग साटेर लिने भएकाले अन्नको अभाव नहुने बरु बढी भएको अन्न बेचेर अरु कार्यका लागि खर्च गर्दै आएको उनले बताए ।  गएको एक महिनामै काँक्रो मात्रै बिक्री गरेर रु २५ हजार बढी आम्दानी गरेको विमल रानाले बताए ।

“मौसमी तरकारी खेतीमा बजारमा निकै प्रतिस्पर्धा हुने भएकाले मूल्य कमै पाइन्छ”, उनले भने, “बेमौसमी तरकारी खेतीबाट मनग्य आम्दानी हुन्छ । प्रतिस्पर्धा कमै हुने भएकाले आम्दानी चाहेअनुसारकै हुन्छ ।”  बस्तीका व्यावसायिक तरकारी खेतीमा संलग्न मुक्तकमैया कोही पनि अब मजदुरीमा जाँदैनन् । तरकारी खेतीको कमाइले धेरै परिवारले पक्की घरसमेत निर्माण गरेका छन । केही निर्माण गर्ने तर्खरमा लागेका छन् ।

तरकारी बजारसम्म बोक्नका लागि सबै जनासँग मोटरसाइकलको व्यवस्था रहेको छ । बाह्रै महिना तरकारी खेती गर्ने थोरै भए पनि बगर खेती गर्नेको सङ्ख्या भने ७० बढी रहने गरेको छ ।

नगरपालिकको कृषि शाखाका प्रमुख लालबहादुर धामीले तरकारी खेतीमा संलग्न किसानलाई अनुदानमा प्लाष्टिक घर, बीउबिजन, कृषि औजार र यन्त्र उपलब्ध गराइँदै आएको बताउँछन् । उनका अनुसार किसानलाई माग अनुसारको बेलाबेलामा तालिमको समेत व्यवस्था गरिँदै आएको छ ।

डकर्मी, कारपेन्टर, प्लम्बिङको सीप सिकेका भने अरु कहाँ अहिले पनि काममा जाने गरेका छन् । तरकारी खेतीमै संलग्नजस्तै अरु सीप सिकेकाले पनि आम्दानी गर्दै आएका छन् । बस्तीमा दुई सय बढी परिवारको बसोवास रहेको छ।

 

प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  १४:३३
##kanchanpur
प्रतिक्रिया दिनुहोस्
थप समाज
चाड उपभोक्ताको कि व्यवसायीको ? 
चाड उपभोक्ताको कि व्यवसायीको ?  बिहीबार, असोज १५, २०८३
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
पशुपतिमा पितृ पक्ष सुरु
पशुपतिमा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्