Top Navigation
Main Navigation
सोमबार, वैशाख २९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, वैशाख २९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • चाडपर्वलाई लक्षित गर्दै यात्रु सहायता कक्ष स्थापना
चाडपर्वलाई लक्षित गर्दै यात्रु सहायता कक्ष स्थापना
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, असोज ७, २०७९
Passenger Help Desk
Api Himal

त्रिशूली । यात्रु वर्गलाई सहयोग र यातायात क्षेत्रलाई व्यवस्थित बनाउन नुवाकोटको मुख्य–मुख्य ६ स्थानमा ‘यात्रु/नागरिक सहायता कक्ष’ स्थापना गरिएको छ ।

यातायातमा आउजाउ गर्दा यात्रुलाई आइपर्ने समस्या समाधानको लागि बजार क्षेत्रको मुख्य दुई स्थान र बाहिर जिल्लासँग सीमा जोडिएको थप ४ स्थानमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले स्थापना गरेको विदुरका नगरप्रमुख राजन श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले सयुक्त रुपमा सञ्चालनमा आएको घोषणा गरेको हो।

बट्टार बजारमा रहेको सहायता कक्ष उद्घाटन कार्यक्रममा नगरप्रमुख श्रेष्ठले यातायात व्यावसायीलाई जिम्मेवार भएर सेवा पुर्याउन आग्रह गरेका हुन्। “चाडपर्वको समयमा गाडीहरुले बढी भाडा लिने र सिटसङ्ख्या भन्दाधेरै यात्रु राख्ने गरेको गुनासो आइरहेका छन् ।” उनले भने “व्यावसायिक मर्यादा कायम राखेर गुणस्तरीय सेवा प्रदान गर्न नगरको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने छौ।”

Nepal Oil Corporation

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले चाडपर्वको समयमा हुनसक्ने आपाराधिक गतिविधि रोक्न, कमजोर वर्गलाई सहायता प्रदान गर्न र यातायात क्षेत्रको सेवालाई जिम्मेवार बनाउन सहायता केन्द्रको भूमिका प्रभावकारी हुने विश्वास व्यक्त गरे।

जिल्ला प्रहरी कार्यालय मार्फत सञ्चालनमा ल्याइएको यात्रु सहायता कक्ष जिल्लाको ६ स्थान विदुर-२ बट्टारबजार सहित विदुर-१ ढुङ्गे, तादी-३ खरानीटार धादिङसंगको नाका बेलकोटगढीको तारुकाघाट तथा कठमाडौसँगको नाका ककनी र छहरेमा यात्रु सहायता कक्ष एकैसाथ सञ्चालनमा ल्याइएको छ ।

सहायता कक्षबाट यात्रुसंग सम्बन्धि सबै किसिमका सेवा उपलब्ध गराइने भएको छ भने यातायात क्षेत्रमा देखिएका विकृतिहरु भाडा बढी असुल गर्ने, तिव्र गतिमा चलाउने, यात्रुलाई दुर्व्यवहार गर्ने, गन्तव्यसम्म नपुर्याउने, यात्रुका धनमाल हराउने तथा क्षति पुग्ने, बालबालिका तथा ज्येष्ठ नागरिक एवम् अपाङ्गता भएका व्यक्तिहरुलाई आउजाउमा सहजिकरण गरिने जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख ९प्रहरी उपरीक्षक० रमेश पण्डितले जानकारी दिए।

प्रहरी उपरीक्षक पण्डितको अनुसार सहायता कक्षलाई आसन्न चाडपर्वसम्म निरन्तरता दिइने र त्यसपछि पुर्नविचार गरिने छ। “विशेष गरेर महिला तथा बालबालिकालाई बढी समस्या आउनसक्ने भएकाले केन्द्रमा महिला कर्मचारीलाई प्राथमिकता दिएका छौ।” प्रहरी प्रमुख पण्डितले भने “सवारी दुर्घटना न्यूनिकरण र अपराध नियन्त्रणमा समेत सहयोग पुग्ने विश्वास छ।”

सहायता केन्द्रमा प्रहरी सहित यातायात क्षेत्रका प्रतिनिधिहरुलाई समेत राखिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  २०:१०
प्रतिक्रिया दिनुहोस्
थप समाज
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा बिहीबार, वैशाख २५, २०८२
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध बिहीबार, वैशाख २५, २०८२
प्रखर वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालकाे निधन
प्रखर वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालकाे निधन मंगलबार, वैशाख २३, २०८२
अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न
अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न मंगलबार, वैशाख २३, २०८२
कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन
कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन शनिबार, वैशाख २०, २०८२
ललितपुरमा शुरु भयाे जात्रा
ललितपुरमा शुरु भयाे जात्रा शनिबार, वैशाख २०, २०८२
मुस्ताङमा वर्षाले फुल्न लागेको स्याउका बोटमा असर
मुस्ताङमा वर्षाले फुल्न लागेको स्याउका बोटमा असर बुधबार, वैशाख १७, २०८२
उदयपुरमा चट्याङले घर जल्दा पाँच लाख बढीको क्षति
उदयपुरमा चट्याङले घर जल्दा पाँच लाख बढीको क्षति सोमबार, वैशाख १५, २०८२
बस सञ्चालनपछि छायाे खुशीयाली
बस सञ्चालनपछि छायाे खुशीयाली बुधबार, वैशाख १०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ शुभ–बिबाह गीतमा अनुपम स्वरको रानी गायिका देविका बन्दनाको छलाङ
  • नंः २ संस्कार र संस्कृतिमा मायाको बहार ।। अन्तीया झँगः ब्वयकाः बोलको गीत सार्वजनिक ।। युगल मायाजोडीको कौतुहलता र मायाप्रेम।।।
  • नंः ३ चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
  • नंः ४ प्रतिनिधि सभा बैठक
  • नंः ५ लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्