Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असोज २३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, असोज २३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • बुकाहोलिक्सको चकटी बहस
बुकाहोलिक्सको चकटी बहस
प्रज्ज्वल घिमिरे
प्रज्ज्वल घिमिरे शनिबार, असोज १५, २०७९
Bookaholics

काठमाडौ । पुस्तकप्रेमीहरुको समूह बुकाहोलिक्सको आयोजनामा शनिवार नेपालको भूगोलभित्र लेखिएका साहित्य मात्र नेपाली साहित्य नभएर नेपालको भुगोल बाहिर लेखिएका साहित्य पनि नेपाली साहित्य नै हो भन्ने साश्वत सत्य कुरालाई महत्व दिएर एउटा कार्यक्रम एक समारोहवीच सम्पन्न भएको छ ।

शरद प्रधानव्दारा साहित्यकारहरु इन्द्रवहादुर राई, लैनसिंह वाङ्देल, पारिजात र नेपाली साहित्यले विर्सिएको जगत राई जस्ता मूर्धन्य साहित्यकारहरु लगायत ४२ जना भारतमा बसोबास गरी नेपाली साहित्यको सिर्जना गर्ने व्यक्तित्वहरुको बारेमा लेखिएको स्मृतिविम्ब नामक पुस्तकका बारेमा समालोचना गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

चकटी बहस नाम दिएर आयोजित कार्यक्रममा सर्वप्रथम सगुना शाहले सबैलाई स्वागत गर्दै बडादशैंको शुभकामना दिएर चर्चित लेखक अमोददेव भट्टराईलाई पुस्तकको बारेमा समालोचना गर्न अनुरोध गरेकी थिइन् ।

बासुदेव भट्टराई, हस्ताक्षर, म सित पनि दुख्ने घाउ छ, छातिमा टाप राखेर र अंग्रेजीमा अनुवादित पुस्तक च्याप्टर जस्ता लोकप्रिय पुस्तकहरुका लेखक अमोददेव भट्टराईले स्मृतिविम्वका लेखकको प्रशंसा गर्दै कितावले असल सूचना प्रदान गरेको र तथ्यगत कुराको जानकारी दिएर पढ्नलाई उत्साह बढाएकोले लेखक शरद प्रधानमा पाठकहरुको ध्यान खिच्न सक्ने आकर्षक शक्ति भएको बताए ।

साथै उनले पुनरलेखन र सम्पादन यो पुस्तकमा राम्रोसँग हुन सकेको भए सुनमा सुगन्ध हुने थियो भन्दै पुस्तकको साजसज्जा, लेखन, प्रकाशनको स्तरियता, व्याकरण र भाषामा भएका कमी कम्जोरीहरु औंल्याएर उदाहरण दिँदै मीठो दालभात तरकारी खाइरहेको वेला ढुङ्गा आए जस्तो भएको छ यो पुस्तक भनेर व्यङ्ग्यात्मक शैलीमा पुस्तकको विवेचना गरेका थिए । पुस्तकका लेखक शरद प्रधानले अमोददेव भट्टराईसँग आफू शतप्रतिशत सहमत भएकोले पुस्तकमा सम्पादन र पुनरलेखनको अभाव आफूलाई पनि खड्किएको स्वीकारेका थिए ।

कार्यक्रममा सहभागी मध्ये केहीले पुस्तकका लेखकलाई पुस्तकका बारेमा आ–आफ्नो जिज्ञाशा मेटाउँन विभिन्न प्रश्नहरु पनि शोधेका थिए। अन्तमा सगुना शाहले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गरेकी थिइन्।

अनि याे पनि :

नामाी साप्ताहिक

प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  ०७:५५
##bookaholics
प्रतिक्रिया दिनुहोस्
थप समाज
जेन–जीको आवरणमा अपराधलाई उन्मुक्तिः   भोलिको अराजकताको बीउ
जेन–जीको आवरणमा अपराधलाई उन्मुक्तिः   भोलिको अराजकताको बीउ मंगलबार, असोज २०, २०८३
त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय
त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय आइतबार, असोज १८, २०८३
मृत्युपछि सबैले आँखा दान गर्दा राम्रो हुन्छः मुख्यमन्त्री कार्की
मृत्युपछि सबैले आँखा दान गर्दा राम्रो हुन्छः मुख्यमन्त्री कार्की आइतबार, असोज १८, २०८३
मेगा अडिसनसम्म आइपुग्दा प्रतिस्पर्धामा थप रोचक 
मेगा अडिसनसम्म आइपुग्दा प्रतिस्पर्धामा थप रोचक  शनिबार, असोज १७, २०८३
रूम नं १९४
रूम नं १९४ शुक्रबार, असोज १६, २०८३
पिंकवाक २०२६ मा सहभागी हुन दर्ता खुला
पिंकवाक २०२६ मा सहभागी हुन दर्ता खुला शुक्रबार, असोज १६, २०८३
चाड उपभोक्ताको कि व्यवसायीको ? 
चाड उपभोक्ताको कि व्यवसायीको ?  बिहीबार, असोज १५, २०८३
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
पशुपतिमा पितृ पक्ष सुरु
पशुपतिमा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
  • नंः ३ रूम नं १९४
  • नंः ४ पासपोर्टमा सरकारको लापरबाही किन ?
  • नंः ५ प्रधानमन्त्रीको ‘खुलामञ्च’ टिप्पणीः पद ठूलो भयो, बोली सानो
विचार
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्