Top Navigation
Main Navigation
शनिबार, मंसिर २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, मंसिर २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • हमास विद्रोहीको क्षमता वर्षौँपछाडि धकेलिएको इजरायल प्रधानमन्त्रीको दाबी 
हमास विद्रोहीको क्षमता वर्षौँपछाडि धकेलिएको इजरायल प्रधानमन्त्रीको दाबी 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, जेठ ५, २०७८

एजेन्सी । इजरायलले गाजास्थित हमास विद्रोहीमाथि नौ दिनदेखि लगातार बमबारी गरेका छन् । 

इजरायल-गाजा वीचको यो द्वन्दपश्चात हमास विद्रोहीको क्षमता वर्षौँपछाडि धकेलिएको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दाबी गरेका छन्।

गाजास्थित हमास विद्रोहीमाथि कारवाही तथा त्यहाँ युद्धविराम गर्न अन्तर्राष्ट्रिय समुदायले अनुरोध गरिरहे पनि इजरायलले कारबाही जारी राखेको छ।

मङ्गलवार दक्षिण इजरायलमा प्यालेस्टिनी विद्रोहीहरूले रकेट प्रहार गर्दा दुई विदेशी कृषि श्रमिक मारिएका छन्।

इजरायलले गाजामा हवाई हमला जारी राखेको छ। वेस्ट ब्याङ्कमा रमल्लाह नजिकै भएको प्रदर्शनका बेला इजरायली प्रहरीसँगको झडपमा परी कम्तीमा तीनजना प्यालेस्टिनी मारिएका छन।

सङ्घर्षविराम गराउन थालिएका कूटनीतिक पहलहरू सफल हुन सकेका छैनन्। संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा फ्रान्सले इजिप्ट तथा जोर्डनसँग मिलेर युद्धविरामका निम्ति एउटा मस्यौदा प्रस्ताव दर्ता गराएको छ।

मङ्गलवार गाजामा सहायता सामग्री ढुवानी गर्न दिन इजरायलले केही क्षण सिमाना खोलिदिएको थियो। तर प्यालेस्टीनी विद्रोहीको रकेट र मोर्टर आक्रमण भएपछि सिमाना फेरि बन्द गरिएको छ।

इजरायल प्रधानमन्त्री नेतान्याहुका अनुसार गाजाको नियन्त्रण गर्दै आएको हमास समूहले अनपेक्षित प्रहार खेपिरहेको छ। सबै इजरायली जनताका निम्ति शान्ति बहाल नभएसम्म कारबाही जारी रहने उनले बताए।

हालसम्म गाजामा १०० महिला र बालबालिकासहित २१५ जनाको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

इजरायलमा दुई बालबालिकासहित १२ जनाको ज्यान गएको छ। इजरायलका अनुसार गाजामा मारिनेमध्ये १५० जना विद्रोही हुन्। हमासले लडाकुको हताहतीको आँकडा दिँदैन।

अधिनस्थ वेस्ट ब्याङ्क तथा पूर्वी जेरुसलेममा कैयौँ प्यालेस्टिनीले गाजामा इजरायलको बमबारीको विरोधमा आयोजित आमहडतालमा सहभागिता जनाए।

अरब समुदाय बहुल बसोबास रहेको इजरायलभित्रको हाइफाजस्ता क्षेत्रमा पनि हडताल भएका छन् । सार्वजनिक सेवा, स्कूल तथा कैयन् व्यापार-व्यवसाय बन्द रहेका छन् भने कैयौँ ठाउँमा झडपहरू भएका थिए।

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  ०८:१८
##israel - palestine
प्रतिक्रिया दिनुहोस्
थप समाज
बैंकर नारायणदास मानन्धरको निधन
बैंकर नारायणदास मानन्धरको निधन आइतबार, मंसिर २२, २०८२
लुकेका लोकप्रिय कथाहरू लोकार्पित
लुकेका लोकप्रिय कथाहरू लोकार्पित शनिबार, मंसिर २१, २०८२
गीत-गंगा भवन उद्घाटन
गीत-गंगा भवन उद्घाटन शुक्रबार, मंसिर २०, २०८२
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना बिहीबार, मंसिर १९, २०८२
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई....
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई.... शनिबार, मंसिर १४, २०८२
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम बुधबार, मंसिर ११, २०८२
फिल्म निर्माता दिलिप पौडेलको निधन
फिल्म निर्माता दिलिप पौडेलको निधन बिहीबार, मंसिर ५, २०८२
रक्षा पन्तले चुमिन् मिसेस नेपाल वर्ल्ड-२०२५ को उपाधि
रक्षा पन्तले चुमिन् मिसेस नेपाल वर्ल्ड-२०२५ को उपाधि आइतबार, मंसिर १, २०८२
पृथ्वीबाटै लोप हुने सम्भावना
पृथ्वीबाटै लोप हुने सम्भावना शनिबार, कात्तिक ३०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ लुकेका लोकप्रिय कथाहरू लोकार्पित
  • नंः २ १३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न
  • नंः ३ आर्मी क्लबको पोल्टामा एनएसए कप च्याम्पियनसिप
  • नंः ४ बैंकर नारायणदास मानन्धरको निधन
  • नंः ५ नामी साप्ताहिक
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्