Top Navigation
Main Navigation
सोमबार, पुस २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, पुस २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • प्रहरी दिवस : त्यो दिनबारे केही थप सुन्नु नपरोस् भन्ने लाग्छ
प्रहरी दिवस : त्यो दिनबारे केही थप सुन्नु नपरोस् भन्ने लाग्छ
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, कात्तिक १, २०७९

काठमाडौ । बाबुको सहादतको सम्मानस्वरुप आफूलाई दोसल्ला ओढाइरहँदा महोत्तरी गाउँपालिका-१ सनउखराकी २० वर्षीया रामरतीकुमारी यादवका बरबर्ती आँसुका धारा झरे ।

सोमबार जिल्ला प्रहरी कार्यालय महोत्तरीले आयोजना गरेको ६७औँ प्रहरी दिवस-२०७९ मा अमर प्रहरीका परिवारजनलाई सम्मानस्वरुप दोसल्ला ओढाइँदा उनलाई मन थाम्न सकस पर्दा आँसु झरेका हुन् ।

“म त्यो सन्तान हुँ, जसले बाबुको काख पाइनँ”, दोसल्ला ओढेपछि उनले भने, “बुवाको सहादत र आफ्नो जन्मको कुरा हजुरआमाले सुनाउँदा त्यो दिनबारे केही थप सुन्नु नपरोस् भन्ने लाग्छ ।”

जीवनको संयोग पनि कस्तो ? पिता नेपाल प्रहरीका हवल्दार नरेश यादव तत्कालीन द्वन्द्वमा मारिदा त्यसै दिन रेखा यादवको कोखबाट जन्मेकी रामरतीको पहिलो रुवाइ घरमा गुञ्जेको थियो ।

विसं २०५९ को भदौ २३ गते घरमा रामरती जन्मेकी खबर जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा कार्यरत प्रहरी हवल्दार नरेशले सुन्न पाएन। बरु नरेश गोली लागेर ढलेको खबर घरका परिवारजनले  केहीबेरपछि पाए । नरेशकी आमा जिरवादेवी यादव त्यो दिनको सम्झनाले भक्कानिन्छन् ।

“घरमा नातिनी जन्मी, यो खबर छोरालाई पुर्याउनै नपाइ ऊ (नरेश) यो दुनियाँमा नरहेको खबर आयो ।"  नातिनीसँगै प्रहरी दिवस कार्यक्रममा सरिक हुन पुगेकी करिब ७५ वर्षीया जिरवादेवीले भने, “अब आँखामा आउने आँसु सुके, यै नातिनी ९रामरती०लाई हेरेर चित्त बुझाउनु छ।”
 
नरेशको सहादतसँगै उसै दिन घरमा छोरी जन्माएकी रेखा यादवले पतिको नाउँमा प्राप्त हुने सुविधा हात पारेर अर्को बिहे गरेपछि रामरतीको भरणपोषण र शिक्षादीक्षाको जिम्मेवारी हजुरआमा जिरवाको काँधमा आइपर्याे । 

पढाइमा एसइई (दशौँ कक्षा, माध्यमिक शिक्षा परीक्षा)सम्म विभिन्न क्षेत्रबाट साथ पाएकी रामरतीले अबको अघिल्लो शिक्षा आफ्नै परिवारको वलबुताबाट गर्नुपर्ने भएको छ ।

“आमा जवान हुनुहुन्थ्यो, अर्को बिहे गर्नुभयो, केही गुनासो छैन”, आमाले अर्को बिहे गरेको कुरामा चित्त दुखाइ नभएको बताउँदै रामरती भनिन्, “ बुवाका नाउँमा प्राप्त सुविधामा भने मलाई पनि सम्झनुपथ्र्यो भन्ने लाग्छ ।”
 
कार्यक्रममा उपस्थित अमर प्रहरीका परिवारजनका विलौना हृदयविदारक थिए । कार्यक्रममा विसं २०५९ कै भदौ २२ गते सिन्धुलीको भिमान प्रहरी चौकीमा आक्रमणमा वीरगति प्राप्त गरेका प्रहरी जवान गौरी रायकी पत्नी जमुनादेवी रायले आफ्ना विलौना सुनाउँदा कार्यक्रमका सबै सहभागीका आँखा रसाए ।

महोत्तरीको मनराशिशवा-९ बथनाहाकी जमुनाले पतिको सहादतपछि ३ छोरा हुर्काए पनि अहिले सबै बेरोजगार हुँदा घरगुजाराको सङ्कट परेको बताएको थियो ।

यसैगरी कार्यक्रममा विसं २०६० चैत २२ गते धनुषाको यदुकुहास्थित इलाका प्रहरी कार्यालयमा माओवादी आक्रमणमा वीरगति प्राप्त गरेका प्रहरी जवान जलेश्वर-५ पर्सापतैलीकी पुनम राउतले पनि अमर प्रहरी परिवारको पारिवारिक अवस्थाबारे कार्यक्रममा बताएको थियो ।

द्वन्द्वमा २३ प्रहरीले मुलुकका विभिन्न ठाउँमा कार्यरत रहेकै अवस्थामा सहादत प्राप्त गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीको अभिलेखमा उल्लेख छ।

कार्यक्रममा सबै अमर प्रहरी परिवारलाई जिल्लाका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडी र प्रहरी नायब उपरीक्षक रवि रावलले दोसल्ला ओढाइ सम्मान गरेको थियो ।

समारोहमा पछिल्लो एक वर्ष अवधिमा उत्कृष्ट कार्य गर्ने प्रहरी निरीक्षकदेखि जवानसम्मका १२ जनालाई नगद पुरस्कार प्रदान गरिएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  ०९:२३
##policeday
प्रतिक्रिया दिनुहोस्
थप समाज
मनाङमा जडीबुटी उत्पादन घट्दै
मनाङमा जडीबुटी उत्पादन घट्दै आइतबार, पुस २७, २०८२
शीतलहरले मौरी किसान ठूलो नोक्सानीमा
शीतलहरले मौरी किसान ठूलो नोक्सानीमा आइतबार, पुस २७, २०८२
आजकाे माैसम: कस्तो रहला आज देशभर ?
आजकाे माैसम: कस्तो रहला आज देशभर ? आइतबार, पुस २७, २०८२
दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला
दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला आइतबार, पुस २७, २०८२
आजकाे माैसम: तराईमा मध्यान्नसम्म हुस्सु, पहाडी भेगमा कस्ताे रहला ?
आजकाे माैसम: तराईमा मध्यान्नसम्म हुस्सु, पहाडी भेगमा कस्ताे रहला ? शुक्रबार, पुस २५, २०८२
सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा नौ हजार लाइसेन्स छपाइ
सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा नौ हजार लाइसेन्स छपाइ शुक्रबार, पुस २५, २०८२
आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने
आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने शुक्रबार, पुस २५, २०८२
देशभर आगलागीका घटनामा वृद्धि
देशभर आगलागीका घटनामा वृद्धि शुक्रबार, पुस २५, २०८२
स्ट्रबेरी बिक्री गरेर एक वर्षमा रु २१ लाख आम्दानी
स्ट्रबेरी बिक्री गरेर एक वर्षमा रु २१ लाख आम्दानी मंगलबार, पुस २२, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ललितपुर निर्वाचन क्षेत्र नंबर २ मा बुद्धरत्न महर्जनको लहर
  • नंः २ प्रतिनिधिसभा निर्वाचन: उदयपुर –२ मा नेकपाबाट सिफारिस लक्ष्मण पौड्याल काे हुन् ?
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ पर्यटनको अथाह सम्भावना बाेकेकाे उदयपुरमा सडक पूर्वाधार अभाव
  • नंः ५ तराई क्षेत्रमा शीतलहर र चिसो हावा चल्न थाल्याे
विचार
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्