Food and Nutrition Security Enhancement Project (FANSEP)
x
Top Navigation
Main Navigation
बुधबार, चैत ४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, चैत ४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • वाग्मती सफाइ महाअभियानको ८ वर्ष पूरा अझै सङ्लिएन नदीमा पानी 
वाग्मती सफाइ महाअभियानको ८ वर्ष पूरा अझै सङ्लिएन नदीमा पानी 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, जेठ ६, २०७८

काठमाडौ । प्रत्येक हप्ताको शनिबार निरन्तर वाग्मती सफाइ महाअभियान सञ्चालन हुन थालेको ८ वर्ष पूरा भएतापनि नदीमा सफा पानी बग्न भने सकेको छैन ।

वाग्मती सफाइमा हुतराम वैद्य, भगवानदास मानन्धर, विदुर पौडेलजस्ता व्यक्तिले यसअघि अभियान चलाएको थियो । तीनै अभियानकर्मीको निधन भइसकेको छ । उनीहरुले शुरु गरेको जगमा वि.सं. २०७० जेठ ५ गते पशुपतिको गुह्येश्वरी मन्दिर क्षेत्रबाट वाग्मती सफाइ महाअभियान शुरु गरिएको थियो ।

महाअभियान शुरु हुँदा शहरी विकास मन्त्रालयको सचिव रहेका किशोर थापा ८ वर्षमा नदी किनारलाई हेर्नलायक बनाउन सकिए पनि पानी स्वच्छ बनाउन नसकिएको स्वीकार्छन्। 

महाअभियान ८ वर्ष पूरा गरेको अवसरमा जुम प्रविधिबाट आयोजित कार्यक्रममा उनले ५० हप्तामा गुह्येश्वरी क्षेत्रमा स्नान गरेपछि फेरि स्नान गर्ने अवसर वाग्मतीमा नजुटेको बताए । 

अब टेकूमा स्नानयोग्य पानी बनाउन महाअभियानले सफाइ एवं सरोकार भएका सरकारी निकायलाई दबाब दिन हाल वाग्मती सफाइ अभियानकर्मीका रूपमा सक्रिय पूर्वसचिव थापाको प्रतिबद्धता छ ।

महाअभियान शुरु गर्नुअघि २०७० जेठ ४ गते दशरथ रङ्गशालामा जागरण फैलाउने उद्देश्यले जागरणमूलक फुटबल आयोजना गरिएको थियो। नागरिकस्तरबाट चलेको यो अभियानमा सरकारी संस्थाले पछाडिबाट सहयोग गरेका छन् । 

एक हजारभन्दा बढी संस्था सफाइ महाअभियानमा सहभागी भएका छन् । वाग्मतीबाट प्रेरणा लिएर देशभर १०० भन्दा बढी स्थानमा सफाइ भइरहेको छ । सफाइबाट हालसम्म २० हजार टनभन्दा बढी फोहर व्यवस्थापन गरिएको छ । फोहर काठमाडौँ महानगरपालिका र यस वरपरका नगरपालिकाले व्यवस्थापन गर्दै आएका छन् ।

सफाइका क्रममा वाग्मती किनारमा ६ हजार बिरुवा रोपिएका छन् । सफाइ अभियानकर्मीको जन्मदिनका अवसरमा कार्यक्रम आयोजना नै गरेर वृक्षरोपण गर्ने गरिएको छ । वाग्मती किनारका सार्वजनिक जग्गाको सदुपयोग गर्न ३ दर्जन उद्यान बनेका छन्। उद्यान बनाउन विभिन्न सङ्घ संस्थाले योगदान गरेका छन् ।

चलचित्र सङ्घ, विज्ञापन सङ्घ, गायत्री परिवार, जीवन विज्ञान, हलेसी डेकोर, यस ट्राभल्सलगायत सङ्घ संस्था एवं कम्पनीले शुरुदेखि नै वाग्मती सफाइ महाअभियान सहयोग गर्दै आएका छन् । 

सफाइ महाअभियानले ल्याएको जागरणले फोहर फाल्ने क्रममा कमी आएको पूर्वसचिव थापा बताउँछन् । वाग्मतीबाट बालुवा चोर्ने क्रमलाई अझै नियन्त्रण गर्न नसकिएको उनले स्वीकारे ।

“वाग्मतीको पानीलाई नुहाउन योग्य नभएसम्म महाअभियान रोकिन्न, वागमती किनारका अतिक्रमित जग्गा फिर्ता गर्न सकिएको छैन, नदी किनारका मानिसलाई सफाइमा सहभागी गराउन नसकेकाले अबको कार्यक्रम त्यसतर्फ केन्द्रित हुन्छ”, अभियानकर्मी थापाले भने । 

चक्रपथको २७ किमीमै सफाइ अभियान चलाउनु पनि अबको प्राथमिकतामा राख्न लागिएको महाअभियानले जनाएको छ। अभियानकर्मी राजकुमार भट्टराई ५०औँ हप्तामा गुह्येश्वरीमा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवलगायतले स्नान गरेको उल्लेख गर्दै अबका चरणमा पनि विभिन्न स्थानमा नुहाउन सक्ने गरी सफाइलाई अघि बढाइनुपर्ने बताउँछन् । 

स्थानीयतहका निर्वाचित जनप्रतिनिधलाई जिम्मेवार बनाएर नदीलगायत सार्वजनिक स्थल सफा राख्न दबाबमूलक अभियान चलाउन पहिलो प्राथमिकता दिने योजना बनाइएको छ । 

ढल व्यवस्थापन छिटो गरेर नदीलाई स्वच्छ बनाउन पनि सरोकार भएका सरकारी निकायसँग समन्वय गरेर काम गरिने महाअभियानका मुख्य अभियानकर्मी एवं पूर्व मुख्यसचिव लीलामणि पौड्यालले बताए । 

पुरातात्विक सम्पदाको संरक्षण गर्ने, भविष्यको नेपाल, सफा, सुन्दर स्वच्छ बनाउन सफाइ महाअभियानले देशव्यापी जागरण फैलाउने जनाएको छ ।

जुम कार्यक्रममा अभियानकर्मी प्रिया लामिछाने, मनोहरा संयोजक चन्द्र दङ्गाल, चक्रपथ सफाइ अभियानका संयोजक लोकबहादुर टण्डन, वाग्मतीको तिलगङ्गा संयोजक आशा पाण्डे, चक्रपथको दक्षिण–पश्चिम खण्ड संयोजक ताराबहादुर कुँवर, गुह्येश्वरीमाथिको वाग्मती खण्डका संयोजक उत्तम पुडासैनीलगायतले महाअभियान नवौँ वर्ष प्रवेशसँगै नयाँ गतिकासाथ सफाइ अभियानलाई अघि बढाइने प्रतिबद्धता जनाए । 

प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  १५:४२
##BagmatiRiver
प्रतिक्रिया दिनुहोस्
थप समाज
इभाना परियार भन्छिन् : मेरी आमालाई न्याय दे !
इभाना परियार भन्छिन् : मेरी आमालाई न्याय दे ! मंगलबार, चैत ३, २०८२
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित सोमबार, चैत २, २०८२
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित
पत्रकार प्रेमप्रसाद पौडेल सम्मानित आइतबार, चैत १, २०८२
सीमाना पारको सम्बन्ध
सीमाना पारको सम्बन्ध शनिबार, फागुन ३०, २०८२
अरुण नदीमा जेटबोट चढेर
अरुण नदीमा जेटबोट चढेर शनिबार, फागुन ३०, २०८२
सार्क-जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
सार्क-जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर बुधबार, फागुन २७, २०८२
मेरी वार्ड स्कूललाई महालक्ष्मी लोकनृत्य उपाधि
मेरी वार्ड स्कूललाई महालक्ष्मी लोकनृत्य उपाधि मंगलबार, फागुन २६, २०८२
मध्यपूर्वको तनाव: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र
मध्यपूर्वको तनाव: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र बुधबार, फागुन २०, २०८२
विसं २०८३ सालकाे सार्वजनिक बिदा
विसं २०८३ सालकाे सार्वजनिक बिदा मंगलबार, फागुन १९, २०८२
Satyakala Rai
लाेकप्रिय समाचार
  • नंः १ प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
  • नंः २ शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
  • नंः ३ बैकिङ्ग प्रबर्द्धनार्थ फेवातालको किनारमा पदयात्रा 
  • नंः ४ मौसम बारे मौसमविद् वरुण पौडेलको भनाई यस्तो छ
  • नंः ५ सीमाना पारको सम्बन्ध
विचार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार NamiNews- नामीन्यूज
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे... शारदा बजगाईँ
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ?
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ? अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्