Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असोज ३०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, असोज ३०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • बुद्धजयन्तीमा सुनसान लुम्बिनी
बुद्धजयन्तीमा सुनसान लुम्बिनी
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, जेठ ७, २०७८

हरेक वर्ष बुद्ध जयन्ती नजिकिँदै जाँदा लुम्बिनीमा विशेष चहलपहल हुन्थ्यो । लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थलमा विशेष कार्यक्रम गर्न २ महिना अगाडी देखि नै उपसमिति बनाएर तयारी शुरु गथ्र्यो । बौद्ध उपासक उपासिका, भिक्षु भिक्षुणी पनि उत्साहित हुन्थे। 

बुद्ध जयन्ती मनाउन कोष क्षेत्रभित्रका बौद्ध गुम्बा तथा बिहार सजाएर आकर्षक बनाइन्थ्यो । आन्तरिक तथा बाह्य पर्यटकले यो पवित्र दिनमा लुम्बिनी घुम्न जाने योजना बनाउँथे । विभिन्न देशका प्रमुख तथा प्रतिनिधिहरु बुद्ध जयन्ती समारोहमा सरिक हुन लुम्बिनी आउँथे ।
    
लुम्बिनीका व्यवसायीमा छुट्टै खालको उत्साह हुन्थ्यो । बुद्ध जयन्तीमा लुम्बिनी आउने पाहुनालाई स्वागत गर्न आ–आफ्ना व्यवसाय सजाएर चिटिक्क पार्थे र श्रद्धालुलाई स्वागतका लागि तम्तयार भएर बस्थे । स्थानीय युवाहरु पनि आफ्नो संस्कृति झल्कने प्रस्तुतिका लागि पूर्व तयारी गर्थे तर, अहिले त्यस्तो छैन । कोरोना भाइरस महामारीका कारण लुम्बिनी सुनसान छ। 
    
गत वर्ष पहिलो चरणको कोरोना भाइरस महामारी कम भएपछि केही दिन खुलेको बुद्ध जन्मस्थल दोस्रो चरणको महामारी शुरु भएपछि फेरी बन्द छ। मायादेवी मन्दिरसहित विकास कोष भित्रका बिहारहरु पनि बन्द छन् । कोष बाहिरका होटल तथा व्यवसाय पनि बन्द छन्। 
    
कोरोना सङ्क्रमणले गर्दा बुद्ध जयन्ती नजिकिए पनि विकास कोषका पदाधीकारी र कर्मचारीमा कुनै उत्साह छैन। पर्यटन व्यवसायी तथा स्थानीय पनि खुसी छैनन् । कोरोनाकै कारण गत वर्ष पनि बुद्ध जयन्ती मनाइएको थिएन। कोरोनाले गर्दा  यस पटक पनि बुद्धजयन्ती खल्लो हुने भएको छ ।
    
यस पटक बुद्ध जयन्तीमा लुम्बिनीस्थित विहार, र गुम्बाका भिक्षु भिक्षुणी, लामा गुरु, गुरुमा र अनागरिकाद्वारा मायादेवी मन्दिरमा सामान्य पूजाआजा र दीप प्रज्वलन गर्ने योजना विकास कोषले बनाएको छ । 
    
कोरोनाका कारण अन्तर्राष्ट्रिय जगत नै शोकमा भएका कारण बुद्ध जयन्तीमा विशेष कार्यक्रम गर्ने अवस्था नभएकाले दीप प्रज्वलन र वृक्षरोपण गर्ने योजना  बनाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयको भनाइ छ ।
   
“बाहिरबाट भिडभाड हुँदैन, मायादेवी मन्दिरमा शान्ति प्रार्थना हुन्छ । कोरोना सङक्रमणबाट ज्यान गुमाएकाहरुको चिर शान्तिको कामना गर्दै प्रार्थना गर्छौ र त्यसलाई टेलिभिजनबाट प्रत्यक्ष प्रसारण र भर्चुअल माधयमबाट जोड्ने काम हुनेछ।” उपाध्यक्ष मेत्तेयले भने। सोही क्रममा विभिन्न देशका प्रमुख तथा प्रतिनिधिले पठाएका सन्देश वाचन गरिने उनले बताए। 
    
कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निर्देशनको पूर्ण पालना गर्दै निश्चित भौतिक तथा सामाजिक दूरी कायम गरीे पूजा र प्रार्थना गरिने विकास कोषका सदस्य  सचिव सानुराजा शाक्य बताउँछन् ।
    
“जताततै कोरोना महामारीको त्रास छ । यस्तो अवस्थामा कार्यक्रम गर्ने कुरा भएन, कोष भित्रका भिक्षु भिक्षुणी, गुरुआमाको सहभागितामा सामान्य पूजाआजाको योजना बनाएका हौैँ”, सदस्य सचिव शाक्यले भने, “अर्को वर्ष परिस्थिति सामान्य भए विशेष कार्यक्रम हुने छ।” शान्तिका अनुयायी बुद्धको जन्मदिनमा जन्मस्थलमै पूजाआजा नगर्दा नराम्रो सन्देश जाने भएकाले कोषले यस्तो योजना बनाएको जनाएको छ । बुद्ध जयन्तीमा साँझ मायादेवी मन्दिर परिसरमा रहेको पुष्करणी पोखरी परिसरमा २५६५ औँ दीप प्रज्वलन गरिने छ । 
   
विश्व जगतमा शान्तिका अग्रदूत र एशियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा दिए । यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रुप धारण गरेको छ।
   
बुद्धले आफ्नो ८० वर्षे जीवनकालमा ८४ हजार पटक प्रवचन दिए जुन ‘विनय’, ‘सुत्त’, ‘अभिधम्म’, ‘त्रिपिटक’ आदि पुस्तकमा सङ्ग्रहित छन् । सम्राट अशोकले ई.पू. २४९ मा ‘हित बुद्ध जातेती लुम्बिनी ग्रामे’ भनी ब्राह्मी लिपिमा पाली भाषामा लेखेको अशोक स्तम्भ पत्ता लागेको एक शताब्दी पूरा भइसकेको छ ।
   
‘संसारमा दुःख छ र दुःख हटाउन सके निर्वाण वा शान्ति प्राप्त हुन्छ’ भन्ने ज्ञानका प्रबर्तक गौतम बुद्धको जन्मजयन्ती बुद्ध पूर्णिमा वा वैशाख पूर्णिमाका दिन विश्वभर मनाइन्छ । यसपटक यही जेठ १२ गते २५६५ औँ बुद्ध जयन्ती मनाइँदैछ। 
    
विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गरेको  भिक्षु सागर धम्म बताउँछन्। 

राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा वैशाख शुक्ल पूर्णिमाका दिन रुपन्देहीको लुम्बिनीमा जन्मिएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार त्याागेर ज्ञानको खोजीमा लागेका थिए । ६ वर्ष ध्यानपछि ३५ वर्षको उमेरमा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्धत्व प्राप्तिपछि भगवान् बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाए। ३६ वर्षको उमेरमा सारनाथमा उनले पहिलो पटक पाँच शिष्यलाई प्रवचन दिएको थियो जसलाई ‘धर्मचक्र प्रवर्तन’ भनिन्छ । 
    
बुद्धले ४ आर्य सत्य, आर्य अष्टाङ्गिक मार्ग, प्रतीत्यसमुत्पाद र पञ्चशीलको उपदेश दिएको छ । चार आर्य सत्यमा, संसार दुःखमय छ, दुःखको कारण छ, दुखःको नाश सम्भव छ र दुःख नाशका उपायबारे बुद्ध दर्शनमा व्याख्या गरिएको छ। “बुद्ध शिक्षाको प्रमुख आधार दुःख र दुःख मुक्ति हो, यही चार आर्यसत्य नै बुद्धका मूल उपदेशहरु हुन्,” भिक्षु धम्मले भने। 
    
आर्य अष्टाङ्गिक मार्गमा सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि पर्छन् । बौद्ध दर्शनको आधारशीला प्रतीत्यसमुत्पाद हो । 
    
हेतुफलवादका अनुसार कुनै पनि कार्य हुनका लागि कारण चाहिन्छ । यस सिद्धान्त अनुरुप नै मानिसको जन्म मरणको चक्र चलिरहन्छ जसलाई प्रतीत्यसमुत्पाद चक्र भनिन्छ । यस चक्रमा अविद्या (अज्ञानता), संस्कार, विज्ञान (चेतना), नामरुप (मन र शरिर), षडायतन, स्पर्श, वेदना, तृष्णा, उपादान, भव (अस्तित्व), जाती (जन्म) र जरामरण पर्दछन्। यी कडीहरु मिलेर बनेको चक्र चलिरहँदासम्म मानव जीवनले दुःखबाट मुक्ति पाउन सक्दैन । दुःख मुक्तिका लागि यस चक्रलाई नै रोक्नु जरुरी हुन्छ। 
    
यस्तै बौद्ध दर्शन अनिश्वरवाद, अनात्मवाद र क्षणिकवाद गरी मुख्य तीन सिद्धान्तमा आधारित रहेको मानिन्छ। बुद्धले दिनुभएका उपदेशहरुलाई सुत्तपिटक, विनयपिटक र अभिधम्मपिटक गरी तीन ग्रन्थमा विभाजन गरिएको छ।
    
सुत्तपिटक बौद्ध भिक्षुको पहिलो संगिती (सम्मेलन) बाट बुद्धको निर्वाणकालमा नै बुद्धका शिष्य भिक्षु आनन्दद्वारा तयार गरिएको यस पिटकमा बुद्धका उपदेशहरु रहेका छन् । विनयपिटकमा भिक्षुभिक्षुणहरुका लागि बनाइएका नियम छन् भने अभिधम्मपिटकमा दार्शनिक विचारहरुको संग्रह गरिएको छ ।
    
वि.संं. २००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो। वि.सं. २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो। 

विश्वशान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  २१:०४
##Lumbini ##BuddhaJayanti
प्रतिक्रिया दिनुहोस्
थप समाज
ऐतिहासिक सम्पदाको सरसफाई
ऐतिहासिक सम्पदाको सरसफाई बिहीबार, असोज २९, २०८३
परदेशमा रहेका उदयपुरेले बनाइदिए दलमायाको घर
परदेशमा रहेका उदयपुरेले बनाइदिए दलमायाको घर बिहीबार, असोज २९, २०८३
'द ग्ल्याम नाइट' मा विवाहित सुन्दरीहरु
'द ग्ल्याम नाइट' मा विवाहित सुन्दरीहरु मंगलबार, असोज २७, २०८३
चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ
चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ मंगलबार, असोज २७, २०८३
यसरी उर्लियाे बुढीगण्डकी
यसरी उर्लियाे बुढीगण्डकी आइतबार, असोज २५, २०८३
आस्था, आत्मीयता र सामाजिक रूपान्तरणको पर्व ‘दसैँ’
आस्था, आत्मीयता र सामाजिक रूपान्तरणको पर्व ‘दसैँ’ आइतबार, असोज २५, २०८३
जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
जसले कर्मलाई सधैँ निष्ठा सम्झियो...  शनिबार, असोज २४, २०८३
जेन–जीको आवरणमा अपराधलाई उन्मुक्तिः  भोलिको अराजकताको बीउ
जेन–जीको आवरणमा अपराधलाई उन्मुक्तिः  भोलिको अराजकताको बीउ मंगलबार, असोज २०, २०८३
त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय
त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय आइतबार, असोज १८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
  • नंः २ ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट
  • नंः ५ दम्भ होइन, धैर्य र मधुरता प्रिय
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्