Top Navigation
Main Navigation
शनिबार, वैशाख २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, वैशाख २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • विश्व इतिहास रच्ने नेपाली महिला डा विष्णुमाया परियार
विश्व इतिहास रच्ने नेपाली महिला डा विष्णुमाया परियार
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, मंसिर १८, २०७९
Api Himal

काठमाडौँ । भनिन्छ, ‘अभावले मानिसलाई सङ्घर्ष गर्न सिकाउँछ, अनि सङ्घर्षले सफलता मिल्छ ।’ त्यही भनाइलाई पछाउँदै विभिन्न समस्या र अभावका बीचबाट निरन्तर सङ्घर्ष गरी सामाजिक अभियन्ता डा विष्णुमाया परियारले विश्वमा इतिहास रचेकी छन्र ।

सन् १९७३ डिसेम्बर १९ मा गोरखाको दुर्गम ताक्लुङ गाविस कोटगाउँको दलित परिवारमा जन्मिएकी विष्णुमायाबारे अमेरिकाका चर्चित नागरिक अधिकारकर्मी रोजा पार्कसमेत समावेश भएको पाठ्यपुस्तकमा समावेश गरिएको छ ।

विश्वको इतिहास र भूगोल विषयको १२ नम्बर च्याप्टरमा वृत्तचित्र ‘अनटचेबल’ शीर्षकमा समावेश गरिएको विभिन्न ‘भिडियो स्लाइड सो’का माध्यमबाट पढाई हुन्छ । असमानता र जातीय भेदभाव तथा छुवाछूतबारे रोजालाई उद्धृत गरेर बुझाएपछि उदाहरणका रुपमा विष्णुमाया परियारलाई राखिएको छ ।

उनी भन्छन्, “अनटचेबल शिर्षकमा नेपालमा स्थापना गरेको दलित महिला उत्थान सङ्घ (एड्वान) मार्फत भएका कामबारे छलफल गराइन्छ, २० मिनेट मेरो बारेमा पढाइ हुन्छ, अछूत र जातीय प्रणालीलाई संयुक्त राष्ट्र सङ्घको दिगो विकाससँग जोडेर पढाइ हुन्छ ।” सो पाठमा विभेदबारे जानकारी गराउने ८ ओटा स्लाइड राखिएको छ । पाठ मासाचुसेट्सका सबै सरकारी विद्यालयमा लागू गरिएको विष्णुमायाले जानकारी दिइन् ।

Nepal Oil Corporation

त्यसैगरी ‘दि राइटर्स माइन्डसेट’ पुस्तकमा ५२ जनाको जीवनी उल्लेख भएकोमा विष्णुमायाको कहानी पनि समावेश गरिएको छ । पुस्तकको ६९२ पृष्ठमध्ये ५९१–५९४ बीचको चार पृष्ठमा विष्णुमायाका बारेमा उल्लेख छ । डा लिसा हफ्नरद्वारा लिखित ‘दि राइटर्स माइन्डसेट’ अमेरिकाको टेक्सास म्यक्लेनन कम्युनिटी कलेजमा १९८९ देखि अध्ययन हुँदै आएको छ ।

यसभन्दा पहिले पनि नेपाली अछूत भनिएका महिलाका कहानी ११ सयभन्दा बढी विद्यालय, क्याम्पस र विश्वविद्यालयमा पढाइ भएको थियो । एड्वानकी संस्थापक तथा सिटी सहरकी महिला आयोग सदस्य विष्णुमायाले प्यासिफिक आइल्यान्डरकी कमिसनर भएर काम गरिरहेको छ । विष्णुमायाले न्युजर्सी सिटीमा मेयरको सल्लाहकार समितिमा रहेर काम गरेको थियो ।

सङ्घर्षपूर्ण बाल्यकाल

बाबु रुपबहादुर परियार र आमा फनमाया परियारकी ठाहिंली छोरी डा विष्णुमायाको परिवारमा १० दिदीबहिनी र एक छोरा छन् । गरिबी, अभावसँगै समाजमा व्याप्त अछुत हुनुको पिडा । सदियौँदेखि दलित समुदायले भोग्दै आएको  छुवाछूतको पिडाले उनको बालमस्तिष्कलाई नराम्ररी प्रभावित बनाउथ्यो ।

जातीय भेदभाव तथा छुवाछूत मात्रै हैन, छोरीलाई पढाउनुपर्छ भन्ने चेतना पनि त्यतिबेला खुलेकै थिएन। बुबा रुपबहादुरको काम भनेको विष्ट (उपल्लो जात भनिएका व्यक्ति) कोमा लुगा सिलाउने थियो भने आमा फनमाया तिनै विष्टका घरमा बाली उठाउन हिड्ने गर्थ्याे ।

विष्णुमाया भन्छन्, “मेरो बाबाले हजारौँ कपडालाई नयाँ स्वरूप दिनुभयो, कति कलका सिगोहरु भाँचिए, आमाले बाली बोक्ने कति डोकाहरु फाटे, तर आफ्नो परिवारमा कहिल्यै काँचुली फेरिएन, शरीरले कहिल्यै चम्किलो कपडा देखेन । बुबा नभएको भए म यो ठाउँमा हुने कल्पनासम्म पनि गर्न सक्थिनँ ।”

अहिले अमेरिकाको पाइन म्यानर कलेजले मानार्थ डा को उपाधि दिए पनि विष्णुमायाको जीवनको शुरुआती दिनहरू अहिलेकोे जस्ता थिएनन् । स्कूल पढ्दा विष्णुमायाले तिर्खाएका बेला धारामा गएर पानी खान पाउदैनथ्यो । सरस्वती पूजाको दिन पूजा गर्न मनाही थियो । यो सम्झदा विष्णुमायाका आँखाका डिल रसाउँछन् ।

विष्टको घरमा खाना खाएपछि आफैँले भाडा माझ्नुपथ्र्यो, खाएको ठाउँमा गोवरले पोत्नुपर्ने र सुनपानीले छर्किनुपर्ने । आफू सानै छँदा सोधिएको जिज्ञासामा बाबु रुपबहादुरको जवाफ “यो जातीय विभेद हो छोरी, तिमीहरु यसको विरुद्धमा लड्नुपर्छ” भन्ने भनाइ नै विष्णुमायालाई जीवनको मूल मन्त्र बन्यो । त्यसैले होला विष्णुमायाको कलिलो दिमागमा विद्रोहको भाव आयो–“बरु म यतिकै तिर्खाले मर्छु तर अन्जुलीमा पानी थापेर खान्न ।”

बुबाले पढ्न पठाउने मन गरेपनि पढ्नका लागि चाहिने वातावरण घरमा थिएन । तरपनि विष्णुमायाले हिम्मत हारिनन् । उनले कक्षा ७ सम्म स्थानीय श्री सिंजाली माविमा अध्ययन गरिन् । घरमा चरम आर्थिक अभाव थियो । त्यसपछि घरको आर्थिक अवस्था कमजोर भएपनि साढे दुई घन्टाको दूरी हिडेर अर्को गाउँको विद्यालयमा पढ्न जानुपथ्र्यो विष्णुमाया ।

उनले भन्छन्, “ठूलो परिवार थियो, त्यसैमाथि गरिबी, गरिबीका कारण घरमा चामलको भात देख्न पाइँदैनथियो।” अर्को गाउँको विद्यालय मनकामनाबाट विष्णुमायाले कक्षा १० पास गरिन् । “एसएलसीमा राम्रो गर्नको लागि म घ्याल्चोक भन्ने ठाउँमा पढ्न गएँ, त्यतिबेला एकजना क्षेत्रीको गोठमा बसेको थिएँ, मेरा साथीहरु नेवार थरको हुनुहुन्थ्यो, सबैले खाइसकेपछि मात्रै मैले खाना खानुपथ्र्यो । खाना खाएपछि भाँडा माझेर आफू बसेको ठाउँमा गोबरले लिप्नुपथ्यो, सुकेपछि आगो र सुनपानी छर्किएर उनीहरू ‘पवित्र’ पार्थे” उनले भनिन् । 

आर्थिक अभावका बीच विष्णुमायाले २०४८ सालमा एसएलसी उत्तीर्ण गरिन् । एसएलसी दिँदै गर्दा अमेरिकी स्वयंसेवी संस्था पिसकोरका स्वयंसेवक जोन रुकम्यानसँग भेट भयो । विष्णुमायाको प्रतिभा देखेर उच्च शिक्षा आर्जनका लागि जोनबाट सघाउने आश्वासन पाएको दिन विष्णुमायालाई संसार जितेजस्तो भयो । दलित परिवारबाट एसएलसी गर्ने पहिलो छात्रा बनेकी विष्णुमायालाई आफ्ना बाबुसँग ६० रुपैयाँ लिएर काठमाडौँ झरिन् । काठमाडौँमा पनि छुवाछूत उस्तै थियो । दलित भनेपछि कोठा भाडामा पाउनै समस्या । काठमाडौँमा उनले अभावसँगै छुवाछुतलाई पनि सामना गर्नुपर्याे ।

काठमाडौँमा पद्मकन्या क्याम्पसमा अध्ययन गरिन् । पढाइसँगै उनले उपेक्षित समुदायका लागि लघुवित्त परियोजनामा तराईका केही जिल्लामा काम सुरु गरिन् । सन् १९९९ मा विष्णुमाया अमेरिका पुगिन् । त्यहाँ उनले पाइन म्यानर कलेज बोस्टनबाट ‘सोसियल एण्ड पोलिटिकल सिस्टम’ विषययमा ग्रयाजुयसन गरिन् । सानैदेखि पढाईमा अब्बल विष्णुमाया संसारमै ३० जनाको मात्र कोटा भएको क्लार्क युनिर्भसिटीमा ‘अन्तर्राष्ट्रिय विकास तथा सामाजिक परिवर्तनमा’ छात्रवृत्ति पाउने नेपालको पहिलो महिला हुन् ।

त्यसैबेला विष्णुमायाले पस्मिनाका सलहरु अमेरिकामा बेचेर नेपालका विपन्न परिवारलाई आर्थिक सहयोग समेत गरिन्। त्यसबाट उनले वर्षमा २८ लाखसम्मको व्यापार गरेर नेपालको शिक्षा, महिला सशक्तीकरण र सामाजिक काममा सहयोग गरिन । अमेरिका गएपछि सबैभन्दा पहिले सामाजिक कामसँगै विष्णुमायाको काम अङ्ग्रेजी सिक्ने भयो । त्यसका लागि उनी यिनी नर्थ इस्र्टन युनिभर्सिटीमा भर्ना भइन् ।

सम्मान तथा पुरस्कार

डा विष्णुमायालाई सन् २००६ मा हाडवर्ड विश्वविद्यालयले ब्रिज विल्डर अवार्डबाट सम्मान गरेको थियो। जुन सम्मान विश्वका ६ व्यक्तिलाई मात्रै प्रदान गरिएको थियो । सन् २००६ मा संयुक्त राष्ट्र सङ्घले ५ हजार डलरसहित मानव अधिकार पुरस्कार दिएको थियो । त्यो पुरस्कार विश्वका ६ जनाले मात्र पाएका थिए ।

सन् २००७ मा विश्व बैङ्कले विश्वका ११ जना व्यक्तिलाई प्रदान गरेको ११ हजार डलरसहितको पुरस्कार प्राप्त गरेको थियो । अमेरिकाको क्लार्क विश्वविद्यालयबाट सामाजिक परिवर्तन र अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर विष्णुमायालाई पाइन म्यानर कलेजले सन २०१३ मा ‘अनररी डक्टरेड’ (वियोन्ड द पिएचडी) ले सम्मान गर्याे । ‘ग्लोबल युथ लिडरसिप अवार्ड २०१९, ब्रिज बिल्डर अवार्ड र प्रेसिडेन्ट कप अवार्डबाट उनलाई सम्मान गरिएको थियो ।

अमेरिकाको केन्टोकी राज्यमा २७ सेप्टेम्बर, २०१५ मा ‘विष्णुमाया परियार डे’ घोषणा गरेर सेलिब्रेट गरियो । अन्तराष्ट्रिय कलाकार समाज (इनास) अमेरिकाले हालै उनीसहित ११ नेपाली व्यक्तित्वलाई सम्मानीत गरेको छ । विष्णुमायाले नेपालको इन्द्रावती गाउँपालिका र जर्सी सिटीबीच भगेनी सम्बन्ध स्थापित गरेको छ । उनले अमेरिकाको न्युजर्सी सिटीमा नेपाली झन्डा फहराएको थियो ।

समाज सेवामा समर्पित

आफू दलित भएकै कारण भोग्नु परेका पिडा अरुले भोग्न नपरोस् भनने उद्देश्यले दलित समुदायका महिलाहरुलाई सङ्गठित बनाउँदै उनीहरुको आर्थिक र शैक्षिक विकास गर्न विष्णुमायाले सन् १९९८ मा दलित महिला सङ्घ (एड्वान) स्थापना गरिन्। हाल उनी सो संस्थाको संरक्षक रहेको छ ।

एड्वानले अहिले ९ जिल्लामा १ सय ११ वटा महिलाको समूह निर्माण गरिसकेको अध्यक्ष विन्दु परियारले जानकारी दिइन्। उनले भनिन्, “अहिले करिब ६० हजारभन्दा बढी महिला संलग्न भएर एड्वानका गतिविधिमार्फत सहयोग लिइरहेका छन्, त्यसबाट उद्यमी बन्नुका साथै नेतृत्व क्षमता विकास गरिरहेका छन् ।” एड्वानले २५ सयभन्दा बढी बालबालिकालाई स्कुल, कलेज र विश्वविद्यालय पढ्न छात्रवृत्ति प्रदान गरेको छ । पछिल्लो समयमा एड्वानले दलित समुदायका महिलालाई ऐन/कानून र संविधानबारे क्षमता विकासका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

विष्णुमायाले २०७२ सालको भूकम्पको समयमा ४ सय भूकम्प पीडितको घर निर्माणमा सहयोग जुटाउने काम गरिन् । विष्णुमायालाई देश र समुदायको लागि यति धेरै गरेर पुगेको छैन । हाल अमेरिकामै रहेकी उनी केही समयअघि नेपाल आउँदा भएको भेटवार्ताको क्रममा उनले नेपाललाई अझै चिनाउन बाँकी रहेको बताएको थियो ।

उनले भन्ने, “मँ एउटा सपना बोकेर हिड्ने मान्छे हो, म एउटा खुड्किलोमा चड्छु, फेरि अर्को खड्किलो चड्न मन लाग्छ, जे गर्नु छ त्यसमा मात्रै केन्द्रित हुने मेरो स्वभावले नै मलाई सफलता हासिल भएको छ । अरुले के भन्ला भन्नेमा चासो लाग्दैन ।” 

संसारका विश्वविद्यालयमा अध्ययन हुने विष्णुमायाबारे भने नेपाल सरकार बेखबर छ । यसमा भने विष्णुमायालाई दुख लाग्छ । “मैले जे गरेको छु त्यो नेपाल र नेपालीका लागि गरेको छु, मेरो बारेमा विश्वका अरु मानिसले चासो राखेका हुन्छन् र नेपाल सरकारले अहिलेसम्म सम्झेको छैन, खोजेको छैन ।”
 

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १५:४९
##bishnumayapariyar
प्रतिक्रिया दिनुहोस्
थप समाज
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा बिहीबार, वैशाख २५, २०८२
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध बिहीबार, वैशाख २५, २०८२
प्रखर वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालकाे निधन
प्रखर वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालकाे निधन मंगलबार, वैशाख २३, २०८२
अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न
अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न मंगलबार, वैशाख २३, २०८२
कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन
कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन शनिबार, वैशाख २०, २०८२
ललितपुरमा शुरु भयाे जात्रा
ललितपुरमा शुरु भयाे जात्रा शनिबार, वैशाख २०, २०८२
मुस्ताङमा वर्षाले फुल्न लागेको स्याउका बोटमा असर
मुस्ताङमा वर्षाले फुल्न लागेको स्याउका बोटमा असर बुधबार, वैशाख १७, २०८२
उदयपुरमा चट्याङले घर जल्दा पाँच लाख बढीको क्षति
उदयपुरमा चट्याङले घर जल्दा पाँच लाख बढीको क्षति सोमबार, वैशाख १५, २०८२
बस सञ्चालनपछि छायाे खुशीयाली
बस सञ्चालनपछि छायाे खुशीयाली बुधबार, वैशाख १०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ माओवादीकै नेतृत्वमा भ्रष्टाचारविरुद्धको क्रान्ति हुन्छ: प्रचण्ड
  • नंः २ चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन
  • नंः ५ प्रतिनिधि सभा बैठक
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्