Top Navigation
Main Navigation
शनिबार, वैशाख २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, वैशाख २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा 'मुकुण्डो नृत्य प्रस्तुति-२०७९' सम्पन्न
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा 'मुकुण्डो नृत्य प्रस्तुति-२०७९' सम्पन्न
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, मंसिर २१, २०७९
Api Himal

काठमाडौ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा ‘मुकुण्डो नृत्य प्रस्तुति–२०७९’ प्रज्ञा प्रतिष्ठान प्राङ्गणमा सम्पन्न भएको छ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको नृत्य विभागको पहलमा आयोजना भएको मुकुण्डो नृत्य प्रस्तुति कार्यक्रममा सभाध्यक्ष प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायन तथा प्रमुख आतिथि नृत्य क्षेत्रका हस्ती वरिष्ठ नृत्यकार, नेपाली पहिलो नृत्य निर्देशक तथा नृत्य अनुसन्धानकर्ता भैरव वहादुर थापाको उपस्थिति थियो । 

व्यानर वाचन गरेर उद्घाटन गरिएको ‘मुकुण्डो नृत्य प्रस्तुति–२०७९’ कार्यक्रम समारोहमा मुकुण्डो नृत्य सम्बन्धी दुई वटा कार्य पत्र प्रस्तुत गरिएको थियो ।

Mukundo  Nritya 131670417114.jpg

Nepal Oil Corporation

Mukundo  Nritya 111670417113.jpg

पुरुषोत्तम लोचन श्रेष्ठले ‘नेपाल मण्डलका परम्परित मुकुण्डो नाच ः विगत र वर्तमान’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेको थियो भने वरिष्ठ संस्कृतिकर्मी गणेशराम लाछीले ‘नेपालको अमूर्त सम्पदा मुकुण्डो नृत्य आजको अवस्था’ शीर्षकमा तयार पारेको आलेख वाचन गरेको थियो।

कार्यक्रममा काठमाडौं उपत्यकामा प्रचलित चार प्रकारका मुकुण्डो नृत्य प्रस्तुत गरिएको थियो । काठमाडौं हाँडीगाऊँबाट नर नेवा मंकाखलःले लाखे नृत्य प्रस्तुत गरेको थियो । जसमा २१ जना कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए ।

यसैगरी भक्तपुरबाट मुक्ति सङ्गीत प्रशिक्षण केन्द्रले महाकाली नृत्य प्रस्तुत गरेको थियो जसमा २२ जना कलाकारहरुले परम्परागत भेषभूषा सहितको महाकाली नृत्य प्रस्तुत गरेका थिए ।

Mukundo  Nritya 121670417217.jpg

Mukundo  Nritya 151670417298.jpg

भक्तपुरबाट विनायक स्कूलले नृत्य कलाकार तथा वाद्यवादक सहित १७ जना कलाकारहरु सम्मिलित अष्टमातृका नृत्य प्रस्तुत गरेका थिए भने काठमाडौंको पिस कल्चर ग्रुपका २ जना कलाकारले भैरव काली नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कार्यवाहक कुलपति जगमान गुरुङले मुकुण्डो माटो वा धातुबाट मात्र नभई बाँसबाट बन्ने नाङ्लोमा आकृति बनाएर पनि निर्माण गर्ने गरिएको इतिहास रहेको बताएका थिए । लाखे राक्षस भएको तान्त्रिकहरुले वसमा पारेर नचाइने भएकाले तान्त्रिक नृत्य पनि भएको बताएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापाले भाषाको उत्पत्ति जत्तिकै लामो रहेको बताएका थिए भने सभाध्यक्ष कुलपति नारायणभक्त श्रेष्ठले नेपाली मौलिक कलाहरुको संरक्षण र प्रवद्र्धनमा प्रज्ञा प्रतिष्ठान लागि परेको बताएका थिए ।

Mukundo  Nritya 161670417455.jpg

Mukundo  Nritya 171670417456.jpg

कार्य पत्र प्रस्तोता तथा कलाकारहरुलाई सभाध्यक्ष एवम् प्रमुख अतिथिद्वारा कदर पत्र र प्रमाण पत्र प्रदान गरेर सम्मान गरिएको थियो ।

नृत्य विभाग प्रमुख नमुना शर्माले संयोजन गरेको कार्यक्रमा उनले नै सहजीकरण गरेको थियो भने  कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान र सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारी, वरिष्ठ नृत्यकर्मी, नाट्यकर्मी, सङ्गीतकर्मीहरुको उल्लेखित उपस्थिति रहेको थियो ।

 

 

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १८:१४
##mukundotritya #mukundodance
प्रतिक्रिया दिनुहोस्
थप समाज
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा बिहीबार, वैशाख २५, २०८२
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध बिहीबार, वैशाख २५, २०८२
प्रखर वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालकाे निधन
प्रखर वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालकाे निधन मंगलबार, वैशाख २३, २०८२
अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न
अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न मंगलबार, वैशाख २३, २०८२
कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन
कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन शनिबार, वैशाख २०, २०८२
ललितपुरमा शुरु भयाे जात्रा
ललितपुरमा शुरु भयाे जात्रा शनिबार, वैशाख २०, २०८२
मुस्ताङमा वर्षाले फुल्न लागेको स्याउका बोटमा असर
मुस्ताङमा वर्षाले फुल्न लागेको स्याउका बोटमा असर बुधबार, वैशाख १७, २०८२
उदयपुरमा चट्याङले घर जल्दा पाँच लाख बढीको क्षति
उदयपुरमा चट्याङले घर जल्दा पाँच लाख बढीको क्षति सोमबार, वैशाख १५, २०८२
बस सञ्चालनपछि छायाे खुशीयाली
बस सञ्चालनपछि छायाे खुशीयाली बुधबार, वैशाख १०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ माओवादीकै नेतृत्वमा भ्रष्टाचारविरुद्धको क्रान्ति हुन्छ: प्रचण्ड
  • नंः २ चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
  • नंः ३ शुभ–बिबाह गीतमा अनुपम स्वरको रानी गायिका देविका बन्दनाको छलाङ
  • नंः ४ कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन
  • नंः ५ प्रतिनिधि सभा बैठक
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्