Top Navigation
Main Navigation
सोमबार, पुस २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, पुस २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • आगो ताप्न एक-दुई भारी दाउरा सङ्कलनमा छुट
आगो ताप्न एक-दुई भारी दाउरा सङ्कलनमा छुट
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, मंसिर २५, २०७९

रसुवा । चिसोको समयभर आगो ताप्ने प्रयोजनका लागि रसुवाका जङ्गलबाट दाउरा सङ्कलन गर्न सहज बनाइएको छ ।

जिल्लाको माथिल्ला बस्तीमा चिसो बढ्दै गएका कारण कठ्याङ्ग्रिने जनजीवनलाई सहज बनाउन दाउरा सङ्कलनलाई प्राथमिकता दिइएको हो ।

जिल्ला विपद् व्यवस्थापनको अनुरोधमा लाङ्टाङ राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले उत्तरी हिमाली क्षेत्रका बासिन्दालाई मात्र नियमित दाउरा सङ्कलनको छुट दिएको हो । दाउरा सङ्कलनका लागि  शुल्क नलाग्ने बताइएको छ ।

नियमितरूपको दाउरा भने जाडोको समय अर्थात् आगामी फागुन १५ सम्मका लागि मात्र आगो ताप्ने प्रयोजनका लागि सुके, ढलेको तथा बोटमै सुकेका हाँगाबाट दैनिक सङ्कलन गर्न दिने निकुञ्ज तथा वन प्राविधिकले सहमति दिएका हुन् ।

दाउरा सङ्कलन गर्न वनजङ्गल पस्दा वन्यवन्तुलाई हाहु गरेर तर्साउने वा मार्ने काम गर्न नपाइने वन प्राविधिकले स्पस्ट पारेका छन् ।

हरियो खाले कुनै पनि वनस्पति काट्न वा मास्न नपाइने बताउँदै वन क्षेत्रका अधिकारीले तोकिएको भन्दा फरक तरिकाले गैरकानुनी कार्य गरेको पाइएमा नियमानुसार कारबाही हुनेसमेत जनाइएको छ ।

निकुञ्जका वन प्राविधिक नितेन्द्र सिंहले स्थानीय उपभोक्ता समितिको सिफारिसका आधारमा प्रत्येक हप्ता–हप्तामा मात्र दाउरा सङ्कलनका लागि उपभोक्ता जङ्गल जान पाउने प्रावधान परिमार्जन गरिएको जानकारी दिए ।

उनले बढ्दो चिसोपनलाई मध्यनजर राखी जिल्ला विपद् व्यवस्थापन समितिको अनुरोध र आफ्ना उपभोक्ताको आवश्यकता परिपूर्ति गर्न प्रतिघर परिवार दैनिक एक–दुई भारी दाउरा सङ्कलनमा छुट गरिएको बताए ।

दाउरा सङ्कलनको निहुँमा काँचो वनस्पति काट्ने, वन्यजन्तु वा पक्षी मार्ने, तर्साउने गरेको पाइएमा कारबाही हुने जनाइएको छ । डिभिजन वन कार्यालयका प्रमुख अनिल रेग्मीले भने वन डिभिजनको कार्यक्षेत्रमा पर्ने सबै वन समुदायमा हस्तान्तरण भइसकेको बताए ।

स्थानीय उपभोक्ताले परम्परागतरूपमा जे–जति वन पैदावार उपभोग गर्दै आएका छन् ती वस्तु उपभोगमा हालसम्म रोकतोक नभएको उनले स्पष्ट पारे । 

जिल्लाका भू–भागमध्ये लाङ्टाङ निकुञ्ज क्षेत्रको नौकुण्ड गाउँपालिकाअन्तर्गत यार्सा, ग्राङ्मर, सिङ्वन्दी, चोरेचो, संयुल, लोकिल, कालिका गाउँपालिकाअन्तर्गत लोकिल, राम्चे, ग्राङ, गुम्वुडाँडा, स्याउबारी, गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत ठाडे, धुञ्चे, नागुङ, चन्दनबारी, भार्खु, ठुलोस्याफ्रु, बृद्विम, लाङ्टाङ, टिमुरेको खैदीसमेतका क्षेत्र जाडोले प्रभावित हुने गरेको बताइएको छ ।

यसैगरी डिभिजन वन कार्यालयको इलाका क्षेत्रमध्ये उत्तरगया गाउँपालिकाको तिरू, आमाछोदिङ्मो गाउँपालिकाको हाकु, नेसिङ, ग्रे, स्यो, गोल्जुङ, गतलाङ, तातोपानी, सिम्बु, टेचाङ्चे गोसाइँकुण्ड गाउँपालिकाको थुमन तथा नाकथलीसमेतका स्थान हिमपात एवं जाडो प्रभावित क्षेत्र भएको सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौडेलले बताए । 

यी क्षेत्रमा चिसोपन बढिसकेको र मौसममा केही परिवर्तन आउँदा साथ हिमपात हुनसक्ने र गाउँले जनजीवन कठ्याङ्ग्रिने भएकाले डिभिजन वन तथा निकुञ्ज कार्यालयबाट दाउराको व्यवस्थापन गराउने र असहाय ज्येष्ठ नागरिक तथा गरिब महिला एवं बालबालिकाका लागि न्यानो कपडा व्यवस्था मिलाउन सरोकारवाला निकायलाई अनुरोध गरिसकिएको उनले बताए ।

आगो ताप्ने काम घर बाहिर खुला ठाउँमा गर्न, नियमित तातोपानी पिउन, बालबालिका र ज्येष्ठ नागरिकलाई तातो स्थानमा राखी जाडोयाममा हुनसक्ने रूघाखोकी, निमोनियाजस्ता रोगप्रति सावधान रहन अनुरोध गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  ०८:५३
##daura #rasuwa #langtang
प्रतिक्रिया दिनुहोस्
थप समाज
मनाङमा जडीबुटी उत्पादन घट्दै
मनाङमा जडीबुटी उत्पादन घट्दै आइतबार, पुस २७, २०८२
शीतलहरले मौरी किसान ठूलो नोक्सानीमा
शीतलहरले मौरी किसान ठूलो नोक्सानीमा आइतबार, पुस २७, २०८२
आजकाे माैसम: कस्तो रहला आज देशभर ?
आजकाे माैसम: कस्तो रहला आज देशभर ? आइतबार, पुस २७, २०८२
दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला
दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला आइतबार, पुस २७, २०८२
आजकाे माैसम: तराईमा मध्यान्नसम्म हुस्सु, पहाडी भेगमा कस्ताे रहला ?
आजकाे माैसम: तराईमा मध्यान्नसम्म हुस्सु, पहाडी भेगमा कस्ताे रहला ? शुक्रबार, पुस २५, २०८२
सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा नौ हजार लाइसेन्स छपाइ
सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा नौ हजार लाइसेन्स छपाइ शुक्रबार, पुस २५, २०८२
आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने
आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने शुक्रबार, पुस २५, २०८२
देशभर आगलागीका घटनामा वृद्धि
देशभर आगलागीका घटनामा वृद्धि शुक्रबार, पुस २५, २०८२
स्ट्रबेरी बिक्री गरेर एक वर्षमा रु २१ लाख आम्दानी
स्ट्रबेरी बिक्री गरेर एक वर्षमा रु २१ लाख आम्दानी मंगलबार, पुस २२, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ललितपुर निर्वाचन क्षेत्र नंबर २ मा बुद्धरत्न महर्जनको लहर
  • नंः २ प्रतिनिधिसभा निर्वाचन: उदयपुर –२ मा नेकपाबाट सिफारिस लक्ष्मण पौड्याल काे हुन् ?
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ पर्यटनको अथाह सम्भावना बाेकेकाे उदयपुरमा सडक पूर्वाधार अभाव
  • नंः ५ तराई क्षेत्रमा शीतलहर र चिसो हावा चल्न थाल्याे
विचार
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्