त्रिशूली । नुवाकोटको पञ्चकन्या गाँउपालिका-१ कल्चे स्थित पञ्चकन्या एग्रो टुरिजम प्रा लि मा लगाएको ड्रागन फ्रुटको १८ महिनामा नै फल उत्पादन सुरु गरेको छ ।
नेपाल प्रहरीमा सेवा पुराएर अवकास प्राप्त जीवन बिताउदै आएका स्थानीय कुमार थापाले ४८ रोपनी जग्गामा लगाएको ड्रागन फ्रुटले लगाएको ढेडवर्षको अवधिमा नै उत्पादन लिन सुरु गरेको हो ।
करीब २ करोड ५० लाख लगानीमा लगाएको १२ हजार बिरुवा मध्ये पहिलो चरणमा रोपिएका बिरुवामा फल लाग्न थालेसगैँ नुवाकोटदेखि काठमाडौसम्म पुराएर बिक्री गर्न सुरु गरेको किसान कुमार थापाको भनाई छ ।
फार्ममा नै पुगेर खरिद गर्नेलाई प्रतिकिलो ५ सयमा उपलब्ध हुने भएपनि काठमाडौमा पुर्याइएको फलबाट प्रतिकिलो ८ सयसम्म लिएको छ।
स्वास्थ्यको लागि निकै हितकर मानिने यो फलको नियमित सेवन गर्नाले शरिरको विशाक्त तत्वलाई हटाउन र उच्च रक्तचाप घटाउन मद्धत गर्ने चिकित्सकहरुको भनाई छ ।
सलाई फल, तरकारी, फूल तथा स्वास्थ्यवद्र्धक, औषधिको रुपमा सेवन गरिने भएकाले ग्राहकको रोजाईमा परेको पञ्चकन्या एग्रो टुरिजम प्रा लिका सञ्चालक थापाले बताए।
“व्यावसायिक खेती नहुदाँ कम उत्पादन भएकाले कारोबार महङ्गो भएको हो ।” उनले भने “परम्परागत खेतीको रुपमा विकास गर्न तथा उत्पादन बढाएर सहज शुल्कमा सबैको पहुँचमा पुर्याउन लाग्नुपर्छ ।”
                        
                     
                    
                    
                    
                        
                            प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  २०:११