Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असार १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
शुक्रबार, असार १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • अबिर र केशरीलाई एक्रेलिक पेन्टमा मिसाएर दैविय शक्तिले भरिपूर्ण चित्रकलाको प्रदर्शनी
अबिर र केशरीलाई एक्रेलिक पेन्टमा मिसाएर दैविय शक्तिले भरिपूर्ण चित्रकलाको प्रदर्शनी
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, पुस ९, २०७९

​काठमाडौं । नेपाल आर्ट काउन्सिल बबरमहलमा दृश्य शिर्षकको कला प्रदर्शनी भएको छ।

इन्टराक्ट क्लब अफ यलले रोटरी क्लबको प्रायोजन र दि प्रेसियस आर्टसँगको सहकार्यमा उक्त प्रदर्शनी भएको हो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छा कुमार कर्माचार्य (केके कर्माचार्य) द्वारा उदघाटित दृश्य शिर्षकको कला प्रदर्शनी शुक्रवारवाट शुभारम्भ भएर शनिवार साँझ ५ बजे समापन हुने भएको छ ।

Nasana Art 71671856182.jpg

दुई दिने चित्रकला प्रदर्शनीको शुभारम्भ गर्दै नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति कर्माचार्यले नयाँ कलाकारले नयाँ नै प्रस्तुति गरेको पाइएको आफूलाई अत्यन्त खुशी लागेको बताएका छन् ।

युवा कलाकारहरुमा देखिएको नयाँ जोश, जाँगर र नयाँ प्रयोगले नेपाली कलालाई नयाँ उचाइ प्रदान गर्ने उपकुलपति कर्माचार्यको जोड रहेको छ ।

क्लबका अध्यक्ष आशिका पुन मगरले आर्ट प्रदर्शनीमा विक्रीबाट प्राप्त भएको रकमको ३० प्रतिशत रकम सामाजिक सेवा, समुदाय र युथ लिडरशीप अवार्डको लागि खर्च गरिने बताइन् ।

कला प्रदर्शनीका इभेन्ट चेयर निश्चल ढकालका अनुसार उक्त प्रदर्शनी नयाँदेखि स्थापित कलाकारहरुको साझा थलो भएको र ७० जना कलाकारका कूल १६८ वटा आकर्षक चित्रकलाहरु प्रदर्शनीमा रहेको बताए ।

पहिलो दिनमै ८ वटा चित्रकला विक्री भइसकेको कुरा कला प्रदर्शनीकाको–इभेन्ट चेयर सुमना बज्राचार्यले जानकारी दिएकी छन्।

Nasana Art 51671856181.jpg

प्रदर्शनी काउन्सिलको पहिलो तल्लामा गरिएको छ । प्रवेशस्थलमै एउटा विलकुलै नौलो आर्टसंग जम्काभेट हुन्छ, मन्दिरमा चढाएको अबिर र केशरीलाई एक्रेलिक पेन्टमा मिसाएर दैविय शक्तिले भरिपूर्ण चित्रकलाको प्रदर्शनी छ ।

आफ्नो मौलिक चित्रकलाको अर्थ, थिम, कसरी सिर्जना भयो भनेर बुझाउनका लागि आफ्नो चित्रकलाको छेउमै सम्बन्धित कलाकार उभिएर तम्तयार अवस्थामा रहेका भेटिन्छन् ।

प्रदर्शनीमा कलाकारहरुले क्यानभास, एक्रेलिक, पेन, पेन्सिल, धागो प्रयोग गरेर सिर्जना गरेका चित्रकलाका साथै डिजिटल आर्ट र डट आर्ट प्रविधि प्रयोग गरेर चित्रकलाहरु सिर्जना गरेका छन् ।

चित्रकला प्रदर्शनीमा आएका दर्शकलाई आफ्नो नाम दर्ता गरे लगत्तै ब्रोशियर र स्वादिष्ट पाचकले स्वागत गरेकोले दर्शकहरुले नौलो अनुभव गरेको देखिन्छ ।

​

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  १०:२६
##art #nepalartcounsil
प्रतिक्रिया दिनुहोस्
थप समाज
नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान बुधबार, असार १०, २०८३
पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट सोमबार, असार ८, २०८३
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा आइतबार, जेठ ३१, २०८३
डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि कोशी प्रदेश युवा सम्मेलन–२०२६ सुरु
डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि कोशी प्रदेश युवा सम्मेलन–२०२६ सुरु शुक्रबार, जेठ २९, २०८३
जिल्ला अस्पताल उदयपुरमा एक्स-रे सेवा बन्द
जिल्ला अस्पताल उदयपुरमा एक्स-रे सेवा बन्द बुधबार, जेठ २७, २०८३
उदयपुरमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, सवार घाइते
उदयपुरमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, सवार घाइते मंगलबार, जेठ १९, २०८३
कटारीमा रित्तो गाग्री बोकेर मेयरको घर पुगे स्थानीय, दबाबपछि दमकलबाट पानी वितरण
कटारीमा रित्तो गाग्री बोकेर मेयरको घर पुगे स्थानीय, दबाबपछि दमकलबाट पानी वितरण सोमबार, जेठ १८, २०८३
स्थानीय इतिहासको राष्ट्रिय विमर्श : कौशल चेम्जोङका दुई कृति
स्थानीय इतिहासको राष्ट्रिय विमर्श : कौशल चेम्जोङका दुई कृति आइतबार, जेठ १७, २०८३
कटारीकाे त्रिवेणी नमूना माविको विद्यालय व्यवस्थापन समितिमा मणिराज दाहाल पुनः अध्यक्षमा सर्वसम्मत चयन
कटारीकाे त्रिवेणी नमूना माविको विद्यालय व्यवस्थापन समितिमा मणिराज दाहाल पुनः अध्यक्षमा सर्वसम्मत चयन शनिबार, जेठ १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
  • नंः २ पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
  • नंः ३ पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
  • नंः ४ कटारी नगरपालिकाको बजेट सार्वजनिक
  • नंः ५ उदयपुरगढी गाउँपालिकाको ६४ करोड ७७ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्