Top Navigation
Main Navigation
सोमबार, पुस २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, पुस २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • अबिर र केशरीलाई एक्रेलिक पेन्टमा मिसाएर दैविय शक्तिले भरिपूर्ण चित्रकलाको प्रदर्शनी
अबिर र केशरीलाई एक्रेलिक पेन्टमा मिसाएर दैविय शक्तिले भरिपूर्ण चित्रकलाको प्रदर्शनी
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, पुस ९, २०७९

​काठमाडौं । नेपाल आर्ट काउन्सिल बबरमहलमा दृश्य शिर्षकको कला प्रदर्शनी भएको छ।

इन्टराक्ट क्लब अफ यलले रोटरी क्लबको प्रायोजन र दि प्रेसियस आर्टसँगको सहकार्यमा उक्त प्रदर्शनी भएको हो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छा कुमार कर्माचार्य (केके कर्माचार्य) द्वारा उदघाटित दृश्य शिर्षकको कला प्रदर्शनी शुक्रवारवाट शुभारम्भ भएर शनिवार साँझ ५ बजे समापन हुने भएको छ ।

Nasana Art 71671856182.jpg

दुई दिने चित्रकला प्रदर्शनीको शुभारम्भ गर्दै नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति कर्माचार्यले नयाँ कलाकारले नयाँ नै प्रस्तुति गरेको पाइएको आफूलाई अत्यन्त खुशी लागेको बताएका छन् ।

युवा कलाकारहरुमा देखिएको नयाँ जोश, जाँगर र नयाँ प्रयोगले नेपाली कलालाई नयाँ उचाइ प्रदान गर्ने उपकुलपति कर्माचार्यको जोड रहेको छ ।

क्लबका अध्यक्ष आशिका पुन मगरले आर्ट प्रदर्शनीमा विक्रीबाट प्राप्त भएको रकमको ३० प्रतिशत रकम सामाजिक सेवा, समुदाय र युथ लिडरशीप अवार्डको लागि खर्च गरिने बताइन् ।

कला प्रदर्शनीका इभेन्ट चेयर निश्चल ढकालका अनुसार उक्त प्रदर्शनी नयाँदेखि स्थापित कलाकारहरुको साझा थलो भएको र ७० जना कलाकारका कूल १६८ वटा आकर्षक चित्रकलाहरु प्रदर्शनीमा रहेको बताए ।

पहिलो दिनमै ८ वटा चित्रकला विक्री भइसकेको कुरा कला प्रदर्शनीकाको–इभेन्ट चेयर सुमना बज्राचार्यले जानकारी दिएकी छन्।

Nasana Art 51671856181.jpg

प्रदर्शनी काउन्सिलको पहिलो तल्लामा गरिएको छ । प्रवेशस्थलमै एउटा विलकुलै नौलो आर्टसंग जम्काभेट हुन्छ, मन्दिरमा चढाएको अबिर र केशरीलाई एक्रेलिक पेन्टमा मिसाएर दैविय शक्तिले भरिपूर्ण चित्रकलाको प्रदर्शनी छ ।

आफ्नो मौलिक चित्रकलाको अर्थ, थिम, कसरी सिर्जना भयो भनेर बुझाउनका लागि आफ्नो चित्रकलाको छेउमै सम्बन्धित कलाकार उभिएर तम्तयार अवस्थामा रहेका भेटिन्छन् ।

प्रदर्शनीमा कलाकारहरुले क्यानभास, एक्रेलिक, पेन, पेन्सिल, धागो प्रयोग गरेर सिर्जना गरेका चित्रकलाका साथै डिजिटल आर्ट र डट आर्ट प्रविधि प्रयोग गरेर चित्रकलाहरु सिर्जना गरेका छन् ।

चित्रकला प्रदर्शनीमा आएका दर्शकलाई आफ्नो नाम दर्ता गरे लगत्तै ब्रोशियर र स्वादिष्ट पाचकले स्वागत गरेकोले दर्शकहरुले नौलो अनुभव गरेको देखिन्छ ।

​

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  १०:२६
##art #nepalartcounsil
प्रतिक्रिया दिनुहोस्
थप समाज
मनाङमा जडीबुटी उत्पादन घट्दै
मनाङमा जडीबुटी उत्पादन घट्दै आइतबार, पुस २७, २०८२
शीतलहरले मौरी किसान ठूलो नोक्सानीमा
शीतलहरले मौरी किसान ठूलो नोक्सानीमा आइतबार, पुस २७, २०८२
आजकाे माैसम: कस्तो रहला आज देशभर ?
आजकाे माैसम: कस्तो रहला आज देशभर ? आइतबार, पुस २७, २०८२
दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला
दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला आइतबार, पुस २७, २०८२
आजकाे माैसम: तराईमा मध्यान्नसम्म हुस्सु, पहाडी भेगमा कस्ताे रहला ?
आजकाे माैसम: तराईमा मध्यान्नसम्म हुस्सु, पहाडी भेगमा कस्ताे रहला ? शुक्रबार, पुस २५, २०८२
सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा नौ हजार लाइसेन्स छपाइ
सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा नौ हजार लाइसेन्स छपाइ शुक्रबार, पुस २५, २०८२
आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने
आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने शुक्रबार, पुस २५, २०८२
देशभर आगलागीका घटनामा वृद्धि
देशभर आगलागीका घटनामा वृद्धि शुक्रबार, पुस २५, २०८२
स्ट्रबेरी बिक्री गरेर एक वर्षमा रु २१ लाख आम्दानी
स्ट्रबेरी बिक्री गरेर एक वर्षमा रु २१ लाख आम्दानी मंगलबार, पुस २२, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ललितपुर निर्वाचन क्षेत्र नंबर २ मा बुद्धरत्न महर्जनको लहर
  • नंः २ प्रतिनिधिसभा निर्वाचन: उदयपुर –२ मा नेकपाबाट सिफारिस लक्ष्मण पौड्याल काे हुन् ?
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ पर्यटनको अथाह सम्भावना बाेकेकाे उदयपुरमा सडक पूर्वाधार अभाव
  • नंः ५ तराई क्षेत्रमा शीतलहर र चिसो हावा चल्न थाल्याे
विचार
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्