Top Navigation
Main Navigation
बिहीबार, फागुन १४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बिहीबार, फागुन १४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • विकास थपिँदै तर बस्ती भने क्रमशः रित्तिँदै
विकास थपिँदै तर बस्ती भने क्रमशः रित्तिँदै
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, पुस १८, २०७९

गलकोट, बागलुङ  । बागलुङ नगरपालिका-८ सिगानामा ट्र्याक खोलेको १५ वर्ष पछि सडक कालोपत्र हुँदैछ ।

अहिले टोलटोलमै यातायातका साधन पुग्छन् भने एक घण्टामै जिल्ला सदरमुकाम बागलुङ बजार पुग्न सकिन्छ ।

स्वास्थ्य चौकीको पहुँच नपुगेको सिगानाकै माथिल्लो क्षेत्र बौडैचौरमा शहरी स्वास्थ्य केन्द्रसमेत स्थापना भएको छ भने ‘एक घर, एक धारा’ निर्माणलेसमेत तीव्रता पाएको छ ।

सिगानाको उपल्लो भाग बौडैचौरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नेगरी बजेट व्यवस्थापन भइरहेको छ भने अबको दुई वर्षमा उक्त स्थानमै सडक कालोपत्र पुग्नेछ । तर सिगानामा विकास निर्माणले तीव्रता पाए पनि बसाइँसराइका कारण बस्ती भने क्रमशः खाली हुँदै गइरहेका छन् ।

बागलुङ नगरपालिका-८ सिगानाको उपल्लो लामाचौरमा ३० घरमध्ये १२ घर रित्तै छन् । लामस्चौरको कार्की थर, बाहुन थर र थापाथरका ३० घरमध्ये अधिकांशको सहर बजारमा घरसमेत छ ।

अधिकांश घर चाडपर्वमा मात्रै खुला हुने गरेका छन् । सिगानामा सबैभन्दा कम बसाइँसराइ लामीचौरको दलित बस्तीमा र बढी बसाइँसराइ उपल्लो लामीचौरमा रहेको स्थानीय शिक्षक कर्णबहादुर कार्कीले जानकारी दिए ।

“उपल्लो लामीचौरको कार्की, बाहुन र थापा थरमा ३०/३५ घर छन्, जसमध्ये १०/१२ घर त पूर्णरुपमा नै रित्ता छन्, केही घर चाडपर्वमा मात्रै खुल्छन् भने केही घरमा मात्रै मानिसको बसोबास छ”, कार्कीले भने, “सडक र माध्यामिक विद्यालय दैलोमै छ, खानेपानीका लागि काम थालिएको छ, वडा कार्यालयसम्म कालोपत्र सडक आउने भएको छ तर यहाँको बस्ती भने क्रमशः रित्तिँदै छ ।”

सिगानाको दूर्गम क्षेत्र मानिएको बौडेचौरले विकासमा मुहार फेरे पनि बसाइँसराइ भने नरोकिएको सिगानाका निर्वतमान वडाध्यक्ष जीतबहादुर जिसीले बताए । पाँच वर्षमा बौडैचोरका जम्मा ११ घरमध्ये तीन घर बन्द छन् । तर पछिल्लो समय बौडैचौरमा सहरी स्वास्थ्य केन्द्र स्थापना भएको छ ।

सडक कालोपत्रका लागि धमाधम काम भइरहेको छ । खानेपानीको व्यवस्थापन भएको छ भने दलौमै नर्सिङ सेवासहितको विद्यालयसमेत रहेको छ ।

विकास थपिँदै जाँदा बस्ती बिस्तार हुनुपर्नेमा बिस्तारै बस्ती खाली हुने अवस्थामा पुगेको उनको भनाइ छ । “हामीले विकास त भित्र्याएका छौँ तर विकासले बसाइँसराइ नरोकिएको देखियो, यो समग्र बागलुङको चिनारी हो”, जिसीले भने, “हुनेखानेहरु बसाइँसराइ गर्ने नै भए हुँदा खाने अवसर र रोजीरोटीका लागि घर छोड्न बाध्य छन्, अब विकाससँगै गाउँमा उद्यमी बनाउन र गाउँ फर्काउन सकिने योजना ल्याउन आवश्यक देखिन्छ ।”

बागलुङ नगरपालिका मात्रै हैन जिल्लाको गलकोट नगरपालिका-७ टोकरीगाउँ बसाइँसराइको नमुना नै बनेको छ । पाँच वर्ष अगाडिसम्म गाउँमा झण्डै ४० घरपरिवार बस्ने टोकरीगाउँमा बसाइँसराइका कारण अहिले १५ परिवार मात्रै बस्ने गरेका छन् । 

बसाइँसराइका कारण रित्तिएको बस्तीबाट अहिले सडक कालोपत्र पुग्नेगरी धमाधम निर्माण भइरहे भए पनि विकासले बसाइँसराइ रोक्न नसक्नु विषय दुःखद् रहेको गलकोट नगरपालिका-७ मल्मका वडाध्यक्ष राजबहादुर थापाले बताए ।

यहाँका अधिकांश युवा जापान पुगेपछि बसाइँसराइले तीव्रता पाएको छ । यहाँका अधिकांश परिवार गलकोट नगरपालिकाको केन्द्र हटिया, बागलुङ बजार, पोखरालगायतका क्षेत्रमा बसाइँसराइ गर्ने चलन रहेको थापाले बताए ।

गलकोट नगरपालिकाले बसाइँसराइ रोक्न ग्रामीण क्षेत्रमा सहजरूपमा आधारभूत आवश्यकता परिपूर्ति गर्ने गरी काम गर्न थालेको भए पनि सडकको विकासले मात्रै बसाइँसराइ रोक्न समस्या देखिएको छ ।

सडकको पहुँच पुगेपनि उच्च शिक्षा, रोजगारी र स्वास्थ्य सेवाका लागि पछिल्लो समय बसाइँ गर्ने कार्यले तीव्रता पाएको छ । बसाइँसराइका कारण गाउँ उराठिँदा बाँदरको बिगबिगीलेसमेत सताउने गरेको छ ।

पछिल्लो समय बसाइँसराइका कारण गाउँका घर खाली हुँदै र जमिन बाँझो हुँदै गएपछि अन्य खेती भइरहेको जग्गामा समेत बाँदरको प्रकोपका कारण गाउँ छोड्नुपर्ने अवस्था रहेको छ ।

निर्वाचनका समयमा बागलुङको दक्षिण भेग बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालगायतका क्षेत्रका जनताले बाँदर नियन्त्रणको योजना ल्याउन आग्रह गरेको बताउँदै नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले बाँदरको समस्यासँग बसाइँसराइ जोडिएको बताए ।

“बसाइँसराइका कारण केही घर खाली छन्, त्यहाँ बाँदरको बास हुन्छ, अन्य किसानको खेतबारीमा लगाएको खेतीपाती बाँदरले नाश पार्दा उनीहरुसमेत बाध्यताले बसाइँसराइ गर्नुपर्ने अवस्था छ”, सुवेदीले भने, “सडक चिल्लो बन्दै जाने नागरिकहरु बसाई सराईले घट्ने, विद्यालय भवन ठडिने विद्यार्थी घट्दै जाने अवस्थाको अन्त्यका लागि हामीले सोच्ने समय आएको छ, अब बसाइँसराइ रोक्नका लागि पूर्वाधारसँगै रोजगारी, शिक्षाको गुणस्तरमा सुधार, गाउँमै स्वास्थ्योपचार र घरेलु उद्यमलाई आधुनीकरण गराउँदै लैजानुपर्दछ ।” 

बागलुङमा दुई राष्ट्रिय गौरवको आयोजनाका कारण यहाँको विकासमा मुहारै फेरे पनि बसाइँसराइ रोकिन नसक्नु दुःखद् विषय बनेको स्थानीय जनप्रतिनिधिको भनाइ छ । बागलुङमा मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरका कारण विकासले मुहारै फेरेको भए पनि बसाइँसराइ भने रोकिएको छैन ।

पछिल्लो समय विद्यालय भवन सुविधा सम्पन्न निर्माण हुने तर विद्यार्थीको सङ्ख्या घट्दै जाने, सडक, विद्युत्, सञ्चारलगायतको सुविधा बढ्दै गए पनि बसाइँसराइ रोकिन नसक्नु चिन्ताको विषय बनेको उनीहरुको गुनासो छ ।

स्थानीय तहले बसाइँसराइ रोक्नका लागि भौतिक विकासलाई तीव्रता दिए पनि औद्योगीकरण र स्वास्थ्यमा सुधार गर्न आवश्यक रहेको तमानखोला गाउँपालिकाका स्थानीय चूडामणि छन्त्यालले बताए ।

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  १५:१३
##baglung
प्रतिक्रिया दिनुहोस्
थप समाज
हिउँले ढाक्यो मतदान केन्द्र जाने बाटाे
हिउँले ढाक्यो मतदान केन्द्र जाने बाटाे बिहीबार, फागुन १४, २०८२
कविता : गाउँ-शहर
कविता : गाउँ-शहर सोमबार, फागुन ११, २०८२
अब उपरान्त घण्टी बनाउन त के हल्लाउनै निषेध
अब उपरान्त घण्टी बनाउन त के हल्लाउनै निषेध आइतबार, फागुन १०, २०८२
मरेको लासलाई गाेजी नभएकाे कपडाले किन बेरिन्छ ? पहेँलो कपडाले किन बेरिन्छ ?, पैसा किन छरिन्छ ?
मरेको लासलाई गाेजी नभएकाे कपडाले किन बेरिन्छ ? पहेँलो कपडाले किन बेरिन्छ ?, पैसा किन छरिन्छ ? शनिबार, फागुन ९, २०८२
सिक्किम र झापाबीचको अमर-प्रेम
सिक्किम र झापाबीचको अमर-प्रेम शनिबार, फागुन ९, २०८२
आज ७६औँ प्रजातन्त्र दिवस
आज ७६औँ प्रजातन्त्र दिवस बिहीबार, फागुन ७, २०८२
२०८३ सालको पात्रो सार्वजनिक: दसैँ र तिहार कहिले ?
२०८३ सालको पात्रो सार्वजनिक: दसैँ र तिहार कहिले ? आइतबार, फागुन ३, २०८२
आज महाशिवरात्रि पर्व मनाइँदै, पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजा
आज महाशिवरात्रि पर्व मनाइँदै, पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजा आइतबार, फागुन ३, २०८२
आज देशभर २६३औँ सेना दिवस मनाइँदै
आज देशभर २६३औँ सेना दिवस मनाइँदै आइतबार, फागुन ३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ श्रीसूर्योदय आधारभूत विद्यालयले मनायो ४३ औँ वार्षिकोत्सव
  • नंः २ वैदेशिक रोजगारीले जन्माएको प्रश्न
  • नंः ३ बुद्ध एयरमा क्रिटिकल इरर हुँदा उडानमा ढिलाइ, यात्रुमा असहज
  • नंः ४ कविता : गाउँ-शहर
  • नंः ५ नामी साप्ताहिक
विचार
वैदेशिक रोजगारीले जन्माएको प्रश्न
वैदेशिक रोजगारीले जन्माएको प्रश्न प्रज्ज्वल घिमिरे
सम्पदाहरू जल्दै गर्दा दुखेको मन
सम्पदाहरू जल्दै गर्दा दुखेको मन शारदा बजगाईँ
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्