Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • थारू समुदाय माघीको तयारीमा जुटे
थारू समुदाय माघीको तयारीमा जुटे
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, पुस २४, २०७९

बेदकोट, कञ्चनपुर । कञ्चनपुरका थारू समुदाय माघी पर्वको तयारीमा जुटेका छन् ।

सबैभन्दा ठूलो पर्वको रुपमा रहेको माघी नजिकिँदै गएसँगै थारु बस्तीमा उल्लास सुरु भएको छ । त्यस बस्तीमा माघी सम्बन्धी गीत पनि गुञ्जिन थालेका छन् ।

माघी धुमधामसँग मनाउन तयारीमा जुटेको बेदकोट नगरपालिका-५ का सुरज चौधरीले बताए । “बस्तीमा पर्वको रौनक बढेको छ, अहिले थारुहरु जङ्गलबाट सालको पात टिपेर ल्याउने, दुनाटपरी बनाउने, कुटानीपिसानी गर्नेलगायत कार्यमा जुटेका छन्,” उनले भने, “हामी माघीलाई नयाँ वर्षको रुपमा मनाउँछौँ ।” माघ १ गतेदेखि थारू नयाँ संवत् सुरुवात हुने थारु समुदायको मान्यता छ ।

Tharu dresses-11673182709.jpg

उनीहरु माघीमा बङ्गुरको मासु नभइ नहुने परिकारको रुपमा लिन्छन् । “माघमा बङ्गुर नभएकाले त्यसको तयारीमा अहिले देखिनै जुटेका छन्,” सुरजले भने, “मासु लिनेको लिस्ट माघीपूर्व नै बनाइसकेका हुन्छौँ ।” 

माघीमा चामलको पिठोबाट परम्परागत परिकार ढिक्री बनाउने गरिन्छ । ढिक्री खानका लागि चामलको पिठो बनाउन कुटानीपिसानीको काम भइरहेको भीमदत्त नगरपालिका-१८ की लक्ष्मी चौधरीले बताए ।

“विस्तारै विस्तारै गाउँघरका सबैजना तयारीमा जुटेको देखिन्छ,” उनले भने, “हाम्रो पनि तयारी भइरहेको छ ।” माघीको अवसरमा विभिन्न ठाउँमा माघी मिलन कार्यक्रमसमेत आयोजन गरिन्छ ।

tharu maghi1673182710.jpg

उक्त समुदाय अहिले माघी मिलनको कार्यक्रमको तयारीमा समेत रहेको छ । माघी माघ महिनाभर मनाउने गरिएको बेदकोट नगरपालिकाका प्रदीप रानाले बताए ।

“पुस अन्तिम दिनदेखि पर्व सुरु हुन्छ, पहिलो दिन वर्षभरिको दुःख पीडा बिर्सेर मासु, भातलगायत मीठा परिकार खाएर रमाउने चलन छ,” उनले भने, “ सखिया, लठ्ठी नाच देखाउँदै घर घरमै गएर सानालाई आर्शिवाद दिने र ठूलाबाट आर्शिवाद लिने गरिन्छ ।” 

प्रदिपका अनुसार माघ १ गतेका दिन सबेरै उठेर नजिकैको नदी, तलाउमा नुहाएर पूजापाठ गर्ने प्रचलन छ । यसैगरी एकअर्कालाई भेटघाट गरेर शुभकामना आदानप्रदान गर्नाका साथै ढिक्री, मासुलगायत परिकार खाएर पर्व मनाउने गरिन्छ ।

पर्वको दोस्रो दिन नयाँ वर्ष रहेकाले सबैसँग मीठो बोल्ने, खराब आचरण त्याग्नेलगायतको शुभकार्य सुरुवात गर्ने प्रचलन थारु समुदायमा छ। माघ पर्वको तेस्रो अर्थात् अन्तिम दिन घरपरिवार र गाउँ समाजमा ‘खोज्नीबोज्नी’ गर्ने गरिन्छ । यसै दिन गाउँको नेतृत्व गर्नका लागि भलमन्सा चयन पनि गरिन्छ ।

धार्मिक र सामाजिक महत्व बोकेको माघी थारू समुदायका मुक्तकमैयाका लागि मुक्तिको पर्व पनि हो । माघी मनाउन विदेश रहेका व्यक्ति पनि घर फर्कने गर्छन् ।

माघ ठूलो र खुशीको पर्व रहेकाले बस्तीमा नाचगान गरेर मनाउने गरिएको लालझाडी गाउँपालिकाका लोकेन्द्र चौधरीले बताए ।

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  १७:५९
##tharu #tharudance
प्रतिक्रिया दिनुहोस्
थप समाज
चाड उपभोक्ताको कि व्यवसायीको ? 
चाड उपभोक्ताको कि व्यवसायीको ?  बिहीबार, असोज १५, २०८३
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
पशुपतिमा पितृ पक्ष सुरु
पशुपतिमा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्