Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, साउन २९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, साउन २९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • तीन दशकपछि कुश्मामा बसपार्क निर्माण 
तीन दशकपछि कुश्मामा बसपार्क निर्माण 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, माघ ५, २०७९

पर्वत । सडक सञ्जालसित जोडिएको तीन दशकपछि पर्वतको सदरमुकाम कुश्मा बजारमा आधुनिक बसपार्क निर्माण थालिएको छ ।

कुश्मा नगरपालिका–६ बान्द्रेविडी चौरमा बसपार्क निर्माण गर्न थालिएको हो । विसं २०४८ मा पोखरा–बागलुङ सडक विस्तार भए पनि अहिलेसम्म बसपार्क नहुँदा यात्रु तथा सवारी चालक समस्यामा थिए ।

सघन सहरी तथा भवन निर्माण कार्यालय बागलुङमार्फत ठेक्का सम्झौता गरी बसपार्क निर्माण सुरु भएको हो । रु ७ करोड १० लाख ३० हजारको लागतमा बसपार्क निर्माण गर्न लागिएको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए ।

भवन निर्माणको जिम्मा स्याङ्जाको विजय सिद्धबाबा निर्माण सेवा कम्पनीले पाएको छ । गत कात्तिकमा ठेक्का सम्झौता भएको योजनाको अवधि आगामी असोज मसान्तसम्म छ ।

करिब १२ रोपनी १२ आना क्षेत्रफलमा बसपार्क निर्माण हुने निर्माण कम्पनीले जनाएको छ । बसपार्कमा फरक फरक प्रकृतिका सवारी साधन फरक फरक स्थानमा पार्किङको व्यवस्था गरिने छ ।

कम्पनीका प्रबन्धक सविन श्रेष्ठका अनुसार ठेक्का सम्झौताको अवधि ११ महिना मात्र बाँकी रहेकाले अहिले निर्माणको काम धमाधम भइरहेको छ ।

वर्षायाम अगावै धेरैजसो काम गर्ने गरी जनशक्ति परिचालन गरिएको छ । भिरालो जमिन भएकाले दुई तहमा सवारी साधन पार्किङको व्यवस्था मिलाइएको छ ।

बसपार्कसँगै दुई तले भवनसहित टिकट काउण्टर र प्रतीक्षालय निर्माण हुनेछ । यसअघि सिटीहलसहितको बसपार्क निर्माणका लागि कुश्मा नगरपालिकाले डिपीआर तयार पारिसकेको थियो ।

कुश्मामा लामो समयदेखि चर्चामा आएको बसपार्क निर्माणले अब गति लिएको छ । कुश्माबजार विस्तार हुँदै गइरहेको, भित्री र बाहिरी चक्रपथ निर्माण भइरहेको, पर्यटकीयस्थल थपिँदै गएकोले कुश्मा आधुनिक सहरको रुपमा विकास हुन थालेको जोशीले बताए ।

कुश्मा नगरपालिका–६ का वडाध्यक्ष ईश्वर गिरीले बसपार्क निर्माणका लागि यसअघि पनि धेरै पटक पहल भए पनि सबै पहल खेर गएको स्मरण गर्दै अब भने बसपार्क निर्माणको काम बीचमै नरोकिने दाबी गरे ।

कुश्मावासीको लामो समयदेखिको बसपार्कको सपना पूरा हुने गिरीले बताए । बसपार्क तीन तल्लाको निर्माण हुने गरि डिपीआर तयार भए पनि अहिले भने दुई तलाको मात्र हुने भएको छ ।

सदरमुकाम कुश्माबजारबाट दिनहुँ काठमाडौँ, पोखरा, सुनौली, विराटनगर, नेपालगञ्ज, भैरहवा, काँकडभित्तालगायतका सहरमा सार्वजनिक सवारी साधन छुटने गर्छन् तर जिल्लामा भित्रिएका र बास बस्नुपर्ने सवारी साधन भने सुरक्षित ढङ्गले पार्किङ गर्न पाएका छैनन् ।

कुश्माबजार हुँदै दैनिक हजारौंको सङ्ख्यामा सवारी साधन बागलुङ, रुकुम, म्याग्दी, मुस्ताङ जाने गर्दछन् । व्यवस्थित बसपार्क नहुँदा सडकमै पार्किङ गर्ने, बजारभित्र अव्यवस्थितरुपमा सवारी साधन राख्दा दुर्घटनाको जोखिमसमेत बढ्दै गएको छ ।

अबको एक वर्षमा बसपार्क निर्माण सम्पन्न भएपछि कुश्माबजारको ट्राफिक व्यवस्थापनमा समेत सहज हुने ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन न्यूरेले बताए ।

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  ०९:१२
##kushma #parbat
प्रतिक्रिया दिनुहोस्
थप समाज
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए मंगलबार, साउन २६, २०८३
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार सोमबार, साउन २५, २०८३
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम आइतबार, साउन २४, २०८३
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग आइतबार, साउन २४, २०८३
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता शनिबार, साउन २३, २०८३
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
अमरसिंह थापा स्मृति दिवस
अमरसिंह थापा स्मृति दिवस शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विश्वासको संकटमा नेपालको राजनीति
  • नंः ३ सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
  • नंः ४ पत्रकार श्रेष्ठ पक्राउमा उपसभामुख ठाकुरको स्टाटस : जिब्रोमा ‘राक्षस’, पदीय मर्यादा खै ?
  • नंः ५ आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्