Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
Multimedia
  • Home
  • Multimedia
  • कम्युनिष्टहरूको एउटै केन्द्र आवश्यक छ :  प्रधानमन्त्री दाहाल
कम्युनिष्टहरूको एउटै केन्द्र आवश्यक छ :  प्रधानमन्त्री दाहाल
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, माघ ६, २०७९
Api Himal

काठमाडाै । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका सच्चा कम्युनिष्टको एउटै केन्द्र बनाउन आवश्यक रहेको बताएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नेकपा (बहुमत) का नेता धमेन्द्र बास्तोलाको नेतृत्वमा आएको टोलीसँगको छलफलमा प्रधानमन्त्रीले उक्त कुरा बताएको हो । 

प्रधानमन्त्री दाहाल भने, “संविधानमा समाजवाद उन्मुख नेपालको व्यवस्था सामान्य अर्थमा लेखिएको होइन । नेपाली विशेषताको समाजवादी बाटोका बारेमा अहिले पनि बहस चलिरहेको छ । नेपालका सबै कम्युनिष्ट पार्टीबीच यस विषयमा छलफल सुरू भएको छ । तपाईंहरूको रचनात्मक भूमिका रहने अपेक्षा छ ।”

भेटमा नेकपा (बहुमत) का नेताहरूले प्रधानमन्त्री दाहालसमक्ष राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित विभिन्न माग प्रस्तुत गरेका थिए ।

Nepal Oil Corporation

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले ध्यानाकर्षण गराएकोमा बास्तोला नेतृत्वको टोलीलाई धन्यवाद दिँदै सरकारको न्यूनतम साझा कार्यक्रममा ज्ञापनपत्रमा उठाइएका अधिकांश विषय समेटिएको बताए ।

प्रधानमन्त्री दाहालले भने, “राष्ट्रिय पुँजीको संरक्षण गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि सरकार प्रतिबद्ध छ । अहिलेको परिस्थितिमा कसरी अधिकतम काम गर्न सकिन्छ भन्नेमा चनाखो छु ।”

उनले जनयुद्ध, थारु, मधेसलगायत विभिन्न आन्दोलन र सङ्घर्षका क्रममा जेलमा रहेका बन्दीहरू रिहाइका विषयमा सरकार गम्भीर रहेको बताए। यसअघि नै अध्यादेशमार्फत् विधेयक ल्याउने भनिएकोमा संसद् सञ्चालन भएकाले यो विषयमा अब संसदबाट नै विधेयक पास गर्ने उनको भनाइ छ ।

सो अवसरमा नेकपा (बहुमत)का नेता बास्तोलाले बन्दी अवस्थामा रहेका नेता कार्यकर्ताको रिहाइ, जनजीविकाका सवालमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।

प्रधानमन्त्री दाहालले ज्ञापनपत्रका उल्लेख भएका अधिकांश विषयको सम्बोधनका लागि सरकारको तर्फबाट आवश्यक पहल गर्ने विश्वास दिलाएको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  २०:०३
##pushpakamaldahal #prachanda #pmprachanda
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप Multimedia
भृकुटीमण्डपमा शुरु भयाे मह मेला
भृकुटीमण्डपमा शुरु भयाे मह मेला शनिबार, जेठ २५, २०८२
अहिलेको समितिको मोडल फेलिएर छ : सांसद माधव सापकोटा
अहिलेको समितिको मोडल फेलिएर छ : सांसद माधव सापकोटा आइतबार, वैशाख १४, २०८२
तीनकुने घटनाको रहस्य खुल्यो, रक्शी चोर्ने पनि नेताकै छोरा
तीनकुने घटनाको रहस्य खुल्यो, रक्शी चोर्ने पनि नेताकै छोरा आइतबार, वैशाख १४, २०८२
रानीपोखरीकाे बालगोपालेश्वर मन्दिरमा भाइटीका
रानीपोखरीकाे बालगोपालेश्वर मन्दिरमा भाइटीका आइतबार, कात्तिक १८, २०८१
नेपाल सम्वतलाई दिनचर्यामा बदल्नुपर्छ : उपमेयर डङ्गोल
नेपाल सम्वतलाई दिनचर्यामा बदल्नुपर्छ : उपमेयर डङ्गोल शनिबार, कात्तिक १७, २०८१
नेपाल संवत् ११४५ नयाँ वर्ष कार्यक्रम
नेपाल संवत् ११४५ नयाँ वर्ष कार्यक्रम शनिबार, कात्तिक १७, २०८१
तिहारमा फूलको व्यापार
तिहारमा फूलको व्यापार शुक्रबार, कात्तिक १६, २०८१
काग तिहार : कागको प्रतिमामा पूजा
काग तिहार : कागको प्रतिमामा पूजा बुधबार, कात्तिक १४, २०८१
नेकपा (माओवादी केन्द्र) को खबरदारी जुलुस ‪
नेकपा (माओवादी केन्द्र) को खबरदारी जुलुस ‪ शनिबार, कात्तिक १०, २०८१
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्