Top Navigation
Main Navigation
शुक्रबार, पुस ४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शुक्रबार, पुस ४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • राम्दी पुल जीर्ण बन्दै जाँदा हजारौं मानिस मर्कामा
राम्दी पुल जीर्ण बन्दै जाँदा हजारौं मानिस मर्कामा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, जेठ १५, २०७८

गण्डकी र लुम्बिनी प्रदेश जोड्ने सिद्धार्थ राजमार्ग सडक खण्डको कालीगण्डकी नदीमा निर्माण गरिएको राम्दी पुल जीर्ण हुँदा आवतजावतमा जोखिम बढेको छ। 

सिद्धार्थ राजमार्गको स्याङ्जा र पाल्पा जिल्लालाई जोडेर कालीगण्डकी माथि निर्माण गरिएको सो पुल जीर्ण बन्दै जाँदा हजारौं मानिस मर्कामा परेका हुन्। 

भारत सरकारको सहयोगमा वि.सं. २०२२ बाट सिद्धार्थ राजमार्गको निर्माण कार्य शुरु भएसँगै २०२८ सालबाट सञ्चालनमा आएको सो पुल दिन प्रतिदिन जीर्ण बन्दै जाँदा सिङ्गो गण्डकी प्रदेशका ११ जिल्लावासी मर्कामा परेका छन्। 

निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आएको लामो समय बितिसक्दा पनि मर्मतसम्भार हुन नसक्दा पुल थप जीर्ण बन्दै गएको हो। 

राम्दी पुलको भारबहन क्षमता कमी भएकाले १० टन भन्दा बढीका मालबहाक सवारीसाधनलाई आवतजावतमा रोक लगाइएकाले छ। ती सवारीसाधनले ढुवानीको लागि वैकल्पिक बाटो अपनाउनुपर्ने भएकाले ढुवानी शुल्क बढी लाग्ने भएकाले यस क्षेत्रका उपभोक्ता मर्कामा परेका छन्। 

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष शोभाकान्त पौडेलले राम्दी पुलका कारण व्यापारी व्यवसायीका साथै उपभोक्ता मर्कामा परेको बताए । 

पुलको स्तर वृद्धिका लागि पटकपटक कुरा उठाएपनि अहिलेसम्म कार्यान्वयन नहुँदा जोखिम बढ्दै गएको उनको भनाइ छ।  

पुतलीबजार नगरपालिका-३ का समाजसेवी अनन्तकुमार श्रेष्ठले राम्दी पुलको भारबहान क्षमता कमी हुँदा बुटवलबाट स्याङ्जा ल्याउनुपर्ने सामान नारायणगढ, मुग्लिन, पोखरा हुँदै घुमाएर वैकल्पिक बाटोको प्रयोग गरेर ल्याउनु पर्दा ढुवानी समयका साथै खर्च समेत बढी लाग्ने भएकाले उपभोक्ता मर्कामा परेको बताए ।  

कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले सरकारले राम्दी पुलको लागि गत वर्ष नै बजेट छुट्याएको र सड्क विभागले निर्माणसम्बन्धी प्रक्रिया अगाडि बढाएको जानकारी दिएका छन् । 

सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख मुकुन्द अधिकारीले आगामी आर्थिक वर्षदेखि पुलको मर्मत कार्य गरिनुका साथै सोही स्थानमा अर्को नयाँ पुल निर्माण कार्य अगाडि बढाइने जानकारी दिए ।  

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  २०:२७
##RamdiPul
प्रतिक्रिया दिनुहोस्
थप समाज
बैंकर नारायणदास मानन्धरको निधन
बैंकर नारायणदास मानन्धरको निधन आइतबार, मंसिर २२, २०८२
लुकेका लोकप्रिय कथाहरू लोकार्पित
लुकेका लोकप्रिय कथाहरू लोकार्पित शनिबार, मंसिर २१, २०८२
गीत-गंगा भवन उद्घाटन
गीत-गंगा भवन उद्घाटन शुक्रबार, मंसिर २०, २०८२
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना बिहीबार, मंसिर १९, २०८२
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई....
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई.... शनिबार, मंसिर १४, २०८२
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम बुधबार, मंसिर ११, २०८२
फिल्म निर्माता दिलिप पौडेलको निधन
फिल्म निर्माता दिलिप पौडेलको निधन बिहीबार, मंसिर ५, २०८२
रक्षा पन्तले चुमिन् मिसेस नेपाल वर्ल्ड-२०२५ को उपाधि
रक्षा पन्तले चुमिन् मिसेस नेपाल वर्ल्ड-२०२५ को उपाधि आइतबार, मंसिर १, २०८२
पृथ्वीबाटै लोप हुने सम्भावना
पृथ्वीबाटै लोप हुने सम्भावना शनिबार, कात्तिक ३०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ विपी राजमार्ग तिब्र गतिमा विस्तार हुँदै
  • नंः ३ श्रद्धा श्रेष्ठ मन्त्री पदमा नियुक्त, आजै पद बहाली
  • नंः ४ मन्त्रीपरिषद् विस्तार : चार मन्त्रीले लिए सपथ
  • नंः ५ होमस्टेले बन्दीपुरे महिलाको फेरियो दैनिकी
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्