Top Navigation
  • Contact
Main Navigation
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असोज १२, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • राम्दी पुल जीर्ण बन्दै जाँदा हजारौं मानिस मर्कामा
राम्दी पुल जीर्ण बन्दै जाँदा हजारौं मानिस मर्कामा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, जेठ १५, २०७८

गण्डकी र लुम्बिनी प्रदेश जोड्ने सिद्धार्थ राजमार्ग सडक खण्डको कालीगण्डकी नदीमा निर्माण गरिएको राम्दी पुल जीर्ण हुँदा आवतजावतमा जोखिम बढेको छ। 

सिद्धार्थ राजमार्गको स्याङ्जा र पाल्पा जिल्लालाई जोडेर कालीगण्डकी माथि निर्माण गरिएको सो पुल जीर्ण बन्दै जाँदा हजारौं मानिस मर्कामा परेका हुन्। 

भारत सरकारको सहयोगमा वि.सं. २०२२ बाट सिद्धार्थ राजमार्गको निर्माण कार्य शुरु भएसँगै २०२८ सालबाट सञ्चालनमा आएको सो पुल दिन प्रतिदिन जीर्ण बन्दै जाँदा सिङ्गो गण्डकी प्रदेशका ११ जिल्लावासी मर्कामा परेका छन्। 

निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आएको लामो समय बितिसक्दा पनि मर्मतसम्भार हुन नसक्दा पुल थप जीर्ण बन्दै गएको हो। 

राम्दी पुलको भारबहन क्षमता कमी भएकाले १० टन भन्दा बढीका मालबहाक सवारीसाधनलाई आवतजावतमा रोक लगाइएकाले छ। ती सवारीसाधनले ढुवानीको लागि वैकल्पिक बाटो अपनाउनुपर्ने भएकाले ढुवानी शुल्क बढी लाग्ने भएकाले यस क्षेत्रका उपभोक्ता मर्कामा परेका छन्। 

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष शोभाकान्त पौडेलले राम्दी पुलका कारण व्यापारी व्यवसायीका साथै उपभोक्ता मर्कामा परेको बताए । 

पुलको स्तर वृद्धिका लागि पटकपटक कुरा उठाएपनि अहिलेसम्म कार्यान्वयन नहुँदा जोखिम बढ्दै गएको उनको भनाइ छ।  

पुतलीबजार नगरपालिका-३ का समाजसेवी अनन्तकुमार श्रेष्ठले राम्दी पुलको भारबहान क्षमता कमी हुँदा बुटवलबाट स्याङ्जा ल्याउनुपर्ने सामान नारायणगढ, मुग्लिन, पोखरा हुँदै घुमाएर वैकल्पिक बाटोको प्रयोग गरेर ल्याउनु पर्दा ढुवानी समयका साथै खर्च समेत बढी लाग्ने भएकाले उपभोक्ता मर्कामा परेको बताए ।  

कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले सरकारले राम्दी पुलको लागि गत वर्ष नै बजेट छुट्याएको र सड्क विभागले निर्माणसम्बन्धी प्रक्रिया अगाडि बढाएको जानकारी दिएका छन् । 

सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख मुकुन्द अधिकारीले आगामी आर्थिक वर्षदेखि पुलको मर्मत कार्य गरिनुका साथै सोही स्थानमा अर्को नयाँ पुल निर्माण कार्य अगाडि बढाइने जानकारी दिए ।  

प्रकाशित मिति: शनिबार, जेठ १५, २०७८  २०:२७
##RamdiPul
प्रतिक्रिया दिनुहोस्
थप समाज
पशुपतिनामा पितृ पक्ष सुरु
पशुपतिनामा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ? आइतबार, भदौ २८, २०८३
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग
एमपीआईएको बाढीपहिरो प्रभावितलाई ३१ लाख सहयोग शुक्रबार, भदौ २६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
  • नंः ५ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्