Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • व्यारेक, हिरासत कक्ष र मेस निर्माण
व्यारेक, हिरासत कक्ष र मेस निर्माण
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, फागुन ३, २०७९

दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँमा व्यारेक भवन, हिरासत कक्ष र मेस भवन निर्माण गरिएको छ ।

प्रहरी प्रधान कार्यालयको आर्थिक लगानीमा प्रहरी कार्यालय प्राङ्गणमा व्यारेक, हिरासत कक्ष र मेस भवन निर्माण गरिएको हो । तीन वटै भवनको आज प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहले उद्घाटन गरेको हो ।

प्रहरी कार्यालयलाई स्रोतसाधन सम्पन्न बनाउने उद्देश्यसहित भवन निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अवदेश विष्टले जानकारी दिए ।

प्रहरीलाई व्यावसायिक र कर्तव्यनिष्ठ बनाउन सुविधासम्पन्न स्रोतसाधन आवश्यक पर्ने बताउँदै प्रहरी उपरिक्षक विष्टले अझैपनि कार्यालयमा भवन अपुग रहेको बताए ।

व्यारेक, मेस र हिरासत कक्ष ३ करोड ४६ लाख ५ हजार १ सय ५६ को लागतमा निर्माण सम्पन्न भएको हो । व्यारेक, मेस र हिरासत कक्ष निर्माणका लागि न्यु ड्रागन सेवासँग विसं २०७६ मङ्सिर ९ गते सम्झौता भएको थियो ।

तीन तले व्यारेक भवनमा प्रहरी हवल्दारदेखि जुनियर अधिकृतसम्मका लागि आवास तथा भान्साको व्यवस्था गरिएको इन्जिनियर प्रहरी नायब उपरिक्षक केविनजङ्ग थापाले जानकारी दिए । प्रहरी कार्यालय परिसरमै १ करोड २६ लाख २२ हजार ६० को लागतमा सिनियर प्रहरी अधिकृत भवन निर्माण गरिएको छ ।

त्यसका लागि विसं २०७७ असार ७ गते सम्झौता भएको थियो । सिनियर प्रहरी अधिकृत भवनमा एक प्रहरी नायब उपरिक्षक र चार प्रहरी निरीक्षकका लागि आवास तथा भान्साको व्यवस्था गरिएको छ ।

एक तले हिरासत कक्षमा महिला तथा पुरुषका लागि ४ हिरासत कक्ष र गार्ड कक्षको व्यवस्था गरिएको छ । व्यारेक तथा मेस सात हजार ३७, हिरासत कक्ष १ हजार ३४ र सिनियर प्रहरी अधिकृत भवन ३ हजार ४५ वर्गफिट क्षेत्रफलमा फैलिएको छ । यसअघिको हिरासत कक्ष जीर्ण हुँदा थुनुवालाई सास्ती थियो ।

सिनियर प्रहरी अधिकृतका लागि छुट्टै आवासको व्यवस्था नहुँदा समस्या हुँदै आएको थियो । अब भवन बनेपछि सहज हुने प्रहरी उपरिक्षक विष्टले बताए । “भाडामा घरमा बस्नुपर्दा केही असहज महशुस हुँदै आएको र अप्ठ्याराहरु थिए, अब सुविधासम्पन्न भवन बनेपछि सहज हुने भयो,” उनले भने ।

यसैबीच भवनको उद्घाटन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक सिंहले प्रहरीले कर्तव्यनिष्ठ र जिम्मेवार भएर सेवा प्रवाह गर्नुपर्ने बताए। स्रोतसाधन अभावमा पनि प्रहरीले पुर्याउँदै आएको सेवा अतुलनीय रहेको भन्दै उनले प्रहरी कार्यालयलाई सुविधासम्पन्न बनाउने प्रहरी प्रधान कार्यालयको नीति रहेको उल्लेख गरे ।

देशभर अझैपनि आठ सय ८० स्थानमा प्रहरीको आफ्नै भवन नरहेको उनको भनाई थियो । गण्डकी प्रदेशमा २ सय ८६ इकाइमध्ये ४३ इकाई भाडाको घरमा सञ्चालित रहेको उनले जानकारी दिए ।

मानव अधिकार संरक्षण गर्दै अपराध न्यूनीकरण गर्नु प्रहरीको दायित्व रहेको बताउँदै सिंहले भने, “नागरिकले सुरक्षित भएको महशुस हुने गरी प्रहरीले सेवा दिनुपर्छ ।” कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले प्रहरीलाई स्रोतसाधन सम्पन्न बनाउन नगरपालिकाको तर्फबाट सहयोग रहने बताए ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सुशासन र शान्ति सुरक्षा कायम गर्ने प्रहरीलाई स्रोतसाधन सम्पन्न बनाउनुपर्ने धारणा राखे।

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १२:५२
##pashupati #shivratri
प्रतिक्रिया दिनुहोस्
थप समाज
चाड उपभोक्ताको कि व्यवसायीको ? 
चाड उपभोक्ताको कि व्यवसायीको ?  बिहीबार, असोज १५, २०८३
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
पशुपतिमा पितृ पक्ष सुरु
पशुपतिमा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
  • नंः ५ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्