Top Navigation
Main Navigation
शनिबार, साउन ४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, साउन ४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • लिच्छवीकालिन विहार स्वयम्भूको अध्ययन सुरु
लिच्छवीकालिन विहार स्वयम्भूको अध्ययन सुरु
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, फागुन १४, २०७९

त्रिशूली । नुवाकोटको विदुर नगरपालिका-२ महामण्डलमा अवस्थित प्रसिद्ध विहार स्वयम्भूरचैत्यको पुरातत्व विभागले अध्ययन सुरु गरेको छ।

प्राप्त ईतिहास अनुसार करीब चौधसय वर्षअघि लिच्छवीकालीन समयमा निर्माण गरिएको उक्त विहार जीर्ण भएसगैँ उत्खनन, अध्ययन, अन्वेषण सहित पुरातात्विक स्वरुपमा पुनर्निर्माणको लागि पुरातत्व विभागले अध्ययन सुरु गरेको हो ।

अध्ययनको लागि बेलायतको दुराम विश्वविद्यालयबाट आएका पुरातत्वविद्ले अत्याधुनिक उपकरणको प्रयोगबाट जमिनमुनि रहेका संरचनाको जानकारी संकलन सुरु गरेको विभागमा प्रवक्ता रामबहादुर कुंवरले जानकारी दिएको छ।

प्रवक्ता कुंवरका अनुसार अहिले देखिएका स्वयम्भूरचैत्यको संरचना निकै पुरानो पाइएको छ । विद्यमान अवस्थामा रहेका संरचनाको पुरातात्विक स्वरुप समेत नमिलेको पाइएकाले जमीनमुनीको भागबाट अध्ययन सुरु भएको हो ।

Nepal Oil Corporation

“अध्ययनको प्रतिवेदन प्राप्त गर्न केही दिन लाग्नेछ ।” प्रवक्ता कुंवरले भने “जमिनमुनीको भागमा पाइएको तथा देखिएका तथ्यको आधारमा अर्को चरण (जमीन माथि) को अध्ययन सुरु हुनेछ ।”

स्वयम्भू (चैत्य) को अध्ययनको लागी शनिबार यहाँ आएको बेलायतको दुराम विश्वविद्यालयका दुई सदस्य पुरातत्वविद्ले अत्याधुनिक उपकरणको सहायताले संकलन गर्नुपर्ने विवरण लिएर आइतबार फर्किएका छन् ।

स्वयम्भू (चैत्य)को अहिलेको अहिलेको अवस्था

छरिएका ढुङ्गाका स–साना चैत्यहरूको बीचमा फराकिलो पीठको बीचमा थप अर्को (पूर्णता पाउन बाँकी रहेको) मूल चैत्य अवस्थित छ ।

चैत्यको पूर्वी मोहडामा दायाँ–बायाँ दुईवटा सिंहको मूर्ति राखेर प्रवेशद्धार बनाइएको छ भने चैत्यको अगाडि बायाँ भागमा गणेशको मूर्ति देखिएकाले त्यसको दायाँ भागमा भैरवको मूर्ति नहुनुले जमिनमुनीको उत्खननको आवश्यकता पहिचानको लागी नगरपालिकाले अनुरोध गरेर अध्ययनको माग गरेको विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले बताए ।

उनका अनुसार यत्रतत्र (पुरातात्विक संरचना अनुसार नमिलेको अवस्थामा) गणेश, भीमसेन, गरुडासन विष्णु, सरस्वती लगायतका मूर्तिहरु पाइएका छन् ।

मूल स्तूप र यसको आसपासमा पुरातात्विक संरचना अनुसार भैरव लगायतका मूर्ति हुनुपर्ने स्थानको संरचना खलबलिएको पाइएकाले उत्खननको लागी गरिएको अध्ययनको प्रतिवेदनले थप तथ्य बाहिर आउने आशा छ ।

"चैत्यस्थलको चारै दिशामा टुटेफुटेका पुरातात्विक वस्तु तथा निर्माणका संरचनाहरू यत्रतत्र देख्न पाइन्छ ।” नगरप्रमुख श्रेष्ठले भने, “लामो ईतिहास, ऐतिहासिक संरचना र सँस्कृतिको भरिपूर्ण रहेको विहारलाई लिच्छवीकालदेखि शाहकालसम्मको विभिन्न तथ्यसंग जोडेर गरिएको प्रचारहरु अहिलेसम्म यथार्थमा प्रश्न उठेकाले भ्रम हटाउन अध्ययन थालिएको हो।”

विदुर नगरपालिका-२ मा अवस्थित साततले दरबार नेपाल एकीकरणको समयमा नुवाकोट माथि बिजयी भएपश्चात पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएको हो । सोही दरबारको परिसरको उत्तरतर्फ मल्लकालीन तलेजु (तुलजा) भवानीको मन्दिर रहेको छ ।

उक्त मन्दिरको उत्तरतर्फमा अवस्थित यहाँको विहार–स्वयम्भू (चैत्य) सहितका धार्मिक, ऐतिहासिक तथा पुरातात्विक संरचनाहरु भने लिच्छवीकालीन रहेको विभिन्न तथ्य र शिललेखमा उल्लेख गरिएको भए पनि एकीन रुपमा कुन समयमा के प्रयोजनको लागि निर्माण गरिएको थियो भन्ने थाहा नभएकाले अहिले गरिएको अध्ययनलाई महत्वको रुपमा लिएको नुवाकोट दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुनप्रसाद फुँयालले बताए।

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १९:०५
##trisuli #swayambhu #vihar
प्रतिक्रिया दिनुहोस्
थप समाज
मौसम पूर्वानुमान: आज चार प्रदेशमा अत्यधिक वर्षाकाे सम्भावना
मौसम पूर्वानुमान: आज चार प्रदेशमा अत्यधिक वर्षाकाे सम्भावना शुक्रबार, साउन ३, २०८२
धरानका लागि लेउती खोलाबाट खानेपानी र सुरुङमार्ग ल्याउने : मुख्यमन्त्री कार्की
धरानका लागि लेउती खोलाबाट खानेपानी र सुरुङमार्ग ल्याउने : मुख्यमन्त्री कार्की शुक्रबार, साउन ३, २०८२
उदयपुरका साहित्यकार घिमिरेले ल्याए पहिलो पुस्तक ‘बलिदानका कथाहरू’
उदयपुरका साहित्यकार घिमिरेले ल्याए पहिलो पुस्तक ‘बलिदानका कथाहरू’ बुधबार, साउन १, २०८२
मुक्तिनाथ मन्दिरमा तिर्थालुलाई सुविधै सुविधा
मुक्तिनाथ मन्दिरमा तिर्थालुलाई सुविधै सुविधा बुधबार, साउन १, २०८२
काेहलपुरबाट १५ तोला सुन र सात लाख ८७ हजार नगदसहित ६ जना पक्राउ 
काेहलपुरबाट १५ तोला सुन र सात लाख ८७ हजार नगदसहित ६ जना पक्राउ  बुधबार, साउन १, २०८२
पाँच प्रदेशमा आज भारि वर्षाकाे पूर्वानुमान
पाँच प्रदेशमा आज भारि वर्षाकाे पूर्वानुमान बुधबार, साउन १, २०८२
बिक्रम भक्त जोशी ।। एउटै कृतिवाट व्यापक चर्चामा आएका नेपाली लेखक ।।
बिक्रम भक्त जोशी ।। एउटै कृतिवाट व्यापक चर्चामा आएका नेपाली लेखक ।। आइतबार, असार २९, २०८२
बीस वर्षमा विहे गर्नु, तीस वर्षमा तीन बच्चा जन्माउनु
बीस वर्षमा विहे गर्नु, तीस वर्षमा तीन बच्चा जन्माउनु शुक्रबार, असार २७, २०८२
उदयपुरकाे बेलकामा मोटरसाईकल दुर्घटनामा परी एककाे मृत्यु
उदयपुरकाे बेलकामा मोटरसाईकल दुर्घटनामा परी एककाे मृत्यु बिहीबार, असार २६, २०८२
लाेकप्रिय समाचार
  • नंः १ उदयपुरका साहित्यकार घिमिरेले ल्याए पहिलो पुस्तक ‘बलिदानका कथाहरू’
  • नंः २ बिक्रम भक्त जोशी ।। एउटै कृतिवाट व्यापक चर्चामा आएका नेपाली लेखक ।।
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ संघीयताको यो आठ वर्षमा गाउँघरमा आमूल परिवर्तन भएको छ : अध्यक्ष विरेन्द्रकुमार मगर
  • नंः ५ मुक्तिनाथ मन्दिरमा तिर्थालुलाई सुविधै सुविधा
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्