Top Navigation
Main Navigation
शुक्रबार, फागुन १५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शुक्रबार, फागुन १५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • खोटाङमा चाम्लिङ राईहरूको भाषिक सम्मेलन
खोटाङमा चाम्लिङ राईहरूको भाषिक सम्मेलन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, फागुन २१, २०७९

खोटाङ । देशभरका चाम्लिङ राईहरूको भाषिक सम्मेलन खोटाङमा सुरु भएको छ ।

चाम्लिङ राईहरूको भाषा तथा संस्काररसंस्कृति संरक्षण, सम्वर्द्धन र विकास गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मास्थित शुभम फाउन्डेसनमा तीनदिने सम्मेलन सुरु गरिएको हो ।

नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य एवं प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले उद्घाटन गरेको सम्मेलनमा डा तारामणि राई, प्राज्ञ जयकुमार राई, मुन्दुम अध्येता भोगिराज चाम्लिङ र किराँत राई चाम्लिङ खाम्बातिमका अध्यक्ष युवराज राईले चाम्लिङ भाषासम्बन्धी कार्यपत्र पेस गरेको छ।

सम्मेलनमा सहभागी देशभरका चाम्लिङ राईहरूबीच समूह विभाजन गरेर विज्ञबाट प्रस्तुत भएका कार्यपत्रमाथि छलफल सुरु गरिएको खाम्बातिमका महासविच तेजकुमार राईले जानकारी दिरे ।

सामूहिक छलफलपछि चाम्लिङ राईहरूले प्रयोग गर्दै आएका भाषासम्बन्धी एउटै धारणा बनाउने कार्ययोजनासमेत रहेको खाम्बातिमले जनाएको छ । सम्मेलनमा खाम्बातिमका महासचिव राईबाट चाम्लिङ राईहरूको साङ्गठनिक प्रतिवेदनसमेत प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

सम्मेलन उद्घाटन समारोहमा किराँत राई चाम्लिङ खाम्बातिम केन्द्रीय कार्यसमितिले प्रकाशन गरेको स्मारिकासमेत विमोचन गरिएको छ ।

किराँत राई चाम्लिङ भाषी र सांस्कृतिक पक्ष, चाम्लिङ मातृभाषा शिक्षणका सन्दर्भ, भाषामा यसका अनुकूलन र प्रयोग, चाम्लिङ राईहरूको सामै र सामे र पाछा, राई जातिका मौलिक संस्कृति, चाम्लिङ विवाह तथा मृत्यु संस्कार, चाम्लिङ राईहरूको भाषा तथा संस्कार÷संस्कृति संरक्षण एवं सम्वर्द्धनलगायतका विषय समेटिएको स्मारिका विमोचन गरिएको हो ।

सम्मेलन उद्घाटन समारोहमा खोटाङ जिल्लाबाट निर्वाचित जनप्रतिनिधि, नछुङ (धामी), मुन्दुमीलगायतलाई सम्मानसमेत गरिएको छ ।

सम्मेलनमा कोशी प्रदेशका पूर्वमन्त्रीसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य पासाङ, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, उपप्रमुख सुरेशकुमार तामाङ, कृषिविज्ञ मदन राई, चाम्लिङ राई खाम्बातिमका सल्लाहकार मणिकुमार राईलगायतले भाषा तथा संस्काररसंस्कृतिसम्बन्धी आ-आफ्नो धारणा राखेका थिए ।

चाम्लिङ राईको उद्गमस्थल खोटाङ जिल्लाका विभिन्न विद्यालयमा चाम्लिङ राई भाषाको पाठ्यक्रम पठनरपाठन हुँदै आएको छ । चाम्लिङ राईहरूको बाहुल्य रहेका अन्य ठाउँमा सञ्चालित विद्यालयहरूमा चाम्लिङ भाषामा निर्मित पाठ्यक्रम लागू गर्न जनप्रतिनिधिहरूसँग समन्वय गर्ने विषयमा समेत कार्यक्रम बनाइने जनाइएको छ ।

सम्मेलन समापनपछि जिल्लास्थित किराँत ऐतिहासिक स्थलहरू तुवाचुङ–जायाजुम, मझुवागढी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पास्थित साकेला थानलगायतका ठाउँहरूको अवलोकन भ्रमण गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ ।

हलेसी तुवाचुङ नगरपालिकामा अवस्थित त्रि-धार्मिकस्थल हलेसी नजिकै पर्ने तुवाचुङ-जायाजुमलाई किराँत राईहरूको उद्गमस्थल मानिन्छ ।

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  २१:२८
##chamlingrai #khotang
प्रतिक्रिया दिनुहोस्
थप समाज
माझी-मुसहर बस्तीमा चुनावको अत्तोपत्तो छैन
माझी-मुसहर बस्तीमा चुनावको अत्तोपत्तो छैन बिहीबार, फागुन १४, २०८२
हिउँले ढाक्यो मतदान केन्द्र जाने बाटाे
हिउँले ढाक्यो मतदान केन्द्र जाने बाटाे बिहीबार, फागुन १४, २०८२
कविता : गाउँ-शहर
कविता : गाउँ-शहर सोमबार, फागुन ११, २०८२
अब उपरान्त घण्टी बनाउन त के हल्लाउनै निषेध
अब उपरान्त घण्टी बनाउन त के हल्लाउनै निषेध आइतबार, फागुन १०, २०८२
मरेको लासलाई गाेजी नभएकाे कपडाले किन बेरिन्छ ? पहेँलो कपडाले किन बेरिन्छ ?, पैसा किन छरिन्छ ?
मरेको लासलाई गाेजी नभएकाे कपडाले किन बेरिन्छ ? पहेँलो कपडाले किन बेरिन्छ ?, पैसा किन छरिन्छ ? शनिबार, फागुन ९, २०८२
सिक्किम र झापाबीचको अमर-प्रेम
सिक्किम र झापाबीचको अमर-प्रेम शनिबार, फागुन ९, २०८२
आज ७६औँ प्रजातन्त्र दिवस
आज ७६औँ प्रजातन्त्र दिवस बिहीबार, फागुन ७, २०८२
२०८३ सालको पात्रो सार्वजनिक: दसैँ र तिहार कहिले ?
२०८३ सालको पात्रो सार्वजनिक: दसैँ र तिहार कहिले ? आइतबार, फागुन ३, २०८२
आज महाशिवरात्रि पर्व मनाइँदै, पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजा
आज महाशिवरात्रि पर्व मनाइँदै, पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजा आइतबार, फागुन ३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ वैदेशिक रोजगारीले जन्माएको प्रश्न
  • नंः २ श्रीसूर्योदय आधारभूत विद्यालयले मनायो ४३ औँ वार्षिकोत्सव
  • नंः ३ बुद्ध एयरमा क्रिटिकल इरर हुँदा उडानमा ढिलाइ, यात्रुमा असहज
  • नंः ४ कविता : गाउँ-शहर
  • नंः ५ मरेको लासलाई गाेजी नभएकाे कपडाले किन बेरिन्छ ? पहेँलो कपडाले किन बेरिन्छ ?, पैसा किन छरिन्छ ?
विचार
वैदेशिक रोजगारीले जन्माएको प्रश्न
वैदेशिक रोजगारीले जन्माएको प्रश्न प्रज्ज्वल घिमिरे
सम्पदाहरू जल्दै गर्दा दुखेको मन
सम्पदाहरू जल्दै गर्दा दुखेको मन शारदा बजगाईँ
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्