Top Navigation
Main Navigation
शुक्रबार, साउन ३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, साउन ३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • डिक्लेरेसन अफ पिस एण्ड सेसेसन अफ वारको स्मरण
डिक्लेरेसन अफ पिस एण्ड सेसेसन अफ वारको स्मरण
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, चैत १२, २०७९

काठमाडौ । अन्तर्राष्ट्रिय शान्ति गैर सरकारी संगठन, हेभेन्ली कल्चर वल्ड पिस रिस्टोरेशन अफ लाइट (एचडब्लुपीएल) ले डिक्लेरेसन अफ पिस एण्ड सेसेसन अफ वार (डीपीसीडब्ल्यू) को सातौं वार्षिक समारोह सम्पन्न भएकाे छ । 

 'संस्थागत शान्तिस् विश्वास निर्माण गर्न सञ्चार सुदृढ गर्दै' भन्ने नारा अन्तर्गत नेपालमा सम्पन्न भएकाे यस वार्षिक समारोहमा कानुन विज्ञ, सञ्चारमाध्यम र शैक्षिक संस्था जस्ता विभिन्न क्षेत्रका अगुवाहरुले मार्च १४ र मार्च १८ का दिन अनलाइन र अफलाइन रुपमा सहभागिता जनाएका थिए ।

HWPL Chairman Lee Man-hee Gives Speech1679826870.jpg

यस्तैगरी मार्च १४ देखि १९ सम्म अफ्रिका, युरोप, उत्तर अमेरिका र एशियाका ४१ देशहरूमा आयोजना गरी समापन भइसकेकाे छ।

Nepal Oil Corporation

बृहत् विश्वव्यापी शान्ति निर्माण सहयोगको लागि उपकरणको रूपमा 'डिक्लेरेसन अफ पिस एण्ड सेसेसन अफ वार (डीपीसीडब्ल्यू) को जगको साथ, राजनीति, कानुन विज्ञ र धर्म, शिक्षा, मिडिया, महिला र युवा क्षेत्रका ७ हजार व्यक्तिहरू सहभागी थिए । जहाँ सहभागीहरूले द्वन्द्व रोकथाम, मध्यस्थता, र शान्तिलाई विश्वव्यापी संस्कृति र मानकको रूपमा संस्थागत गर्न समाधानका मुद्दाहरूमाथि छलफल गरेका थिए ।

धारा १० र ३८ उपधाराहरु समावेश भएको यो घोषणाले संयुक्त राष्ट्र संघको स्थापनाका लागि आधारको रूपमा काम गरेको भावनालाई पुनर्स्थापित गर्न र विश्वव्यापी समुदायको विश्वव्यापी मूल्यमान्यताको प्रवर्द्धन गरी दिगो शान्ति हासिल गर्ने उद्देश्य राखेको छ। 

WHPL participants in Nepal1679827542.jpg

डीपीसीडब्ल्यूले युद्ध नहोस्, राष्ट्र र समाज बीचको शान्ति, मैत्री सम्बन्ध, समृद्धि, खुशीको सन्देश समेटेको छ, यो सरल सन्देश हो र सबै यस सन्देशसँग जोडिन सक्छन्, डीपीसीडब्ल्यूको मस्यौदा तयार गर्ने, ढाका विश्वविद्यालय अन्तर्राष्ट्रिय कानूनका अध्यक्ष प्रा डा मोहम्मद नजरुल इस्लामले  मार्च १४ मा भएको कार्यक्रममा आफ्नो प्रगति प्रतिवेदन प्रस्तुतिकाे क्रममा भारतीय बार परिसंघका अध्यक्ष प्रवीण पारेखले सम्बन्ध विच्छेद र अविश्वास हटाउन र संयुक्त राष्ट्र संघमा डीपीसीडब्ल्यूको परिचयलाई साकार पार्नका लागि भएको प्रगतिका प्रमुख गतिविधिहरू प्रस्तुत गरेका थिए।

"एचडब्लुपीएलले कानून शान्ति परियोजना, वार्प कार्यालय, र शान्ति शिक्षा जस्ता गतिविधिहरू मार्फत विश्वभरका युवा, महिला र नागरिक समाजसँग एकतामा विश्वास र सञ्चारलाई सुदृढ गर्दै आएको छ" उनले भने।

सहिष्णुता र समझदारीलाई सहज बनाउन धार्मिक अगुवाहरूबीच संवादको आवश्यकतामा जोड दिँदै  कोरियाली बौद्धधर्मको येओरे अर्डरका उपाध्यक्ष म्योङ आनले भने, “अहिले विश्वव्यापी गाउँमा धेरै द्वन्द्व, उत्पीडन र धर्महरू बीचको द्वन्द्व भइरहेको छ। यो असहिष्णुता र संचारको कमी को कारण हो। यद्यपि, धेरै धार्मिक मानिसहरू धर्मशास्त्रसँग छलफल गर्न आए भने के हुन्छरु शान्तिको संसार आउनु यो केवल केहि समयको कुरा हुनेछ।”

कार्यक्रममा, युक्रेनमा शान्तिको वकालत गर्ने कार्य योजना तयार गरिएको थियो । एक सय भन्दा बढी देशका सहभागीहरूले युक्रेनमा रूसी आक्रमणलाई अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घनको रूपमा निन्दा गर्न र रूसी राष्ट्रपति पुटिनलाई युक्रेन क्षेत्रबाट पूर्ण रूपमा फिर्ता लिन माग गर्न 'शान्ति पत्रहरू' लेखेका थिए ।

Peace Letter Activity1679827419.jpg

'रुसीहरूको भावी पुस्ताले तपाईंलाई र यो युद्धलाई कहिल्यै नमेटिने र लाजमर्दो इतिहासको रूपमा सम्झनेछन्, र तपाईं अनगिन्ती निर्दोष जीवनको बलिदानको लागि जिम्मेवार व्यक्तिको रूपमा इतिहासमा छोडिनेछ,' पत्रमा भनिएको छ।

नेपालकाे बानेश्वर स्थित युनियन हाउसमा सात समूहहरु भेला भएर 'शान्ति पत्र' लेख्ने कार्य भएका थिए । यी पत्रहरू सङ्कलन गरी युक्रेनमा पठाइनेछ, जहाँ शान्ति स्मारक खडा गरिनेछ।

मन्तव्यको क्रममा, एचडब्लुपीएलका अध्यक्ष ली म्यान-हीले जोड दिँदै भनेका थिए, "शान्ति एक्लै हासिल गर्न सकिँदैन। सबैजना एक भएर बस्न सकेमा युद्ध वा द्वन्द्व हुँदैन । छिमेकीलाई आफूलाई जस्तै प्रेम गर भन्ने भनाइ अनुसार जब आपसमा प्रेम हुन्छ युद्ध हटेर जान्छ। हालको अन्तर्राष्ट्रिय कानूनले युद्ध रोक्न सक्दैन। संयुक्त राष्ट्र संघको स्थायी सदस्य रुसले युद्ध छेड्यो। डीपीसीडब्ल्यूलाई युद्ध उन्मूलन गर्न निष्क्रिय अन्तर्राष्ट्रिय कानून नवीकरण गर्न पेश गरिएको थियो । अहिले शान्ति प्राप्त गर्ने समय हो। जसरी (केहि) बनाउनु पर्दा मानिसहरूले सिक्छन्, त्यसरी नै शान्ति सिर्जना गर्न घर र विद्यालयमा शान्ति सिकाउनुपर्छ। मान्छेको मन बदलियो भने राम्रो संसार बन्ने छ। विश्वका सबैजना शान्तिका सन्देशवाहक बनुन्।"
 

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १६:१९
प्रतिक्रिया दिनुहोस्
थप समाज
मौसम पूर्वानुमान: आज चार प्रदेशमा अत्यधिक वर्षाकाे सम्भावना
मौसम पूर्वानुमान: आज चार प्रदेशमा अत्यधिक वर्षाकाे सम्भावना शुक्रबार, साउन ३, २०८२
धरानका लागि लेउती खोलाबाट खानेपानी र सुरुङमार्ग ल्याउने : मुख्यमन्त्री कार्की
धरानका लागि लेउती खोलाबाट खानेपानी र सुरुङमार्ग ल्याउने : मुख्यमन्त्री कार्की शुक्रबार, साउन ३, २०८२
उदयपुरका साहित्यकार घिमिरेले ल्याए पहिलो पुस्तक ‘बलिदानका कथाहरू’
उदयपुरका साहित्यकार घिमिरेले ल्याए पहिलो पुस्तक ‘बलिदानका कथाहरू’ बुधबार, साउन १, २०८२
मुक्तिनाथ मन्दिरमा तिर्थालुलाई सुविधै सुविधा
मुक्तिनाथ मन्दिरमा तिर्थालुलाई सुविधै सुविधा बुधबार, साउन १, २०८२
काेहलपुरबाट १५ तोला सुन र सात लाख ८७ हजार नगदसहित ६ जना पक्राउ 
काेहलपुरबाट १५ तोला सुन र सात लाख ८७ हजार नगदसहित ६ जना पक्राउ  बुधबार, साउन १, २०८२
पाँच प्रदेशमा आज भारि वर्षाकाे पूर्वानुमान
पाँच प्रदेशमा आज भारि वर्षाकाे पूर्वानुमान बुधबार, साउन १, २०८२
बिक्रम भक्त जोशी ।। एउटै कृतिवाट व्यापक चर्चामा आएका नेपाली लेखक ।।
बिक्रम भक्त जोशी ।। एउटै कृतिवाट व्यापक चर्चामा आएका नेपाली लेखक ।। आइतबार, असार २९, २०८२
बीस वर्षमा विहे गर्नु, तीस वर्षमा तीन बच्चा जन्माउनु
बीस वर्षमा विहे गर्नु, तीस वर्षमा तीन बच्चा जन्माउनु शुक्रबार, असार २७, २०८२
उदयपुरकाे बेलकामा मोटरसाईकल दुर्घटनामा परी एककाे मृत्यु
उदयपुरकाे बेलकामा मोटरसाईकल दुर्घटनामा परी एककाे मृत्यु बिहीबार, असार २६, २०८२
लाेकप्रिय समाचार
  • नंः १ मेरो कार्यकालमा आमूल परिवर्तन हुन्छ, त म भन्दिन, तर सकारात्मक परिवर्तनहरु भएको देख्न सक्नुहुनेछ : नगर प्रमुख श्रेष्ठ
  • नंः २ बिक्रम भक्त जोशी ।। एउटै कृतिवाट व्यापक चर्चामा आएका नेपाली लेखक ।।
  • नंः ३ उदयपुरका साहित्यकार घिमिरेले ल्याए पहिलो पुस्तक ‘बलिदानका कथाहरू’
  • नंः ४ ईमेज च्यानलको व्यवस्थापनमा परिवर्तन 
  • नंः ५ नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त आवद्ध
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्