पढाउन छोडेर राजनीति गरी कस्तो ब्यबस्था ल्याएछन् !
अनि तिनै शिक्षक मध्ये छट्टु जति राजनीतिमा आएछन् !!
पालै-पालो सत्तामा पुगी बेथिति र अनियमितता थुपारेछन् !
अनियमितता र भ्रष्टाचार गरि देशको ढुकुटी हेर रित्ताएछन् !!
आन्दोलन र हड्ताल गर्ने बाँकी शिक्षकहरु रिटायर्ड भएछन् !
के सुनिदै छ-तिनै शिक्षकहरुले पेन्सन समयमा नपाउने भएछन् !!
हिजो उफ्रि-उफ्रि देशमा हेर यिनीहरुले कस्तो व्यवस्था लेराएछन् !
जहाँतहीँ व्यभिचारी भ्रष्टाचारीहरुको जमातले घेरा हालेछन् !!
रिटायर्ड राष्ट्र सेवकको पेन्सन दिन नसक्ने अबस्थामा पुगेछन् !
लोकतन्त्रमा देशको ढुकुटी हेर यिनीहरुले कसरी रित्याएछन् !!

- सनत कुमार थापा
(धापाखेल, ललितपुर, नेपाल ।)
प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८० १८:५७