खाँदबारी । सङ्खुवासभाको भोटखोला-४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु भएको छ।
दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिएको हो। हेलिकोप्टरमा सवार चार जना गम्भीर घाइते भएको उनले बताए ।
आज दिउँसो १ः१० बजे भोटखोला गाउँपालिका-४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ।
मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रुपमा काम गर्दै आएको थियो ।
दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर गम्भीर घाइते भएको छ ।
उनीहरुलाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८० १६:४४