टेकेन्द्र बोहरा, बझाङ । बझाङ जिल्लाको केदारस्यू गाउँपालिकाको कार्यपालिका बैठकमा वडाअध्यक्ष माथि अभद्र व्यवहार भएको छ।
पालिकाकाे बुधबार बसेकोे कार्यपालिका वैठकमा केदारस्यू गाउँपालिका-६ का वडाअध्यक्ष विजय धामीमाथि अभद्र व्यवहार भएको हो।
कार्यपालिका बैठक विकास निर्माण सम्बन्धि सकारात्मक तथा सहि सुझाव राख्दा गाँउपालिका अध्यक्ष गणेश बोहरा, उपाध्यक्ष मनिषा धामी र प्रवक्ता तस्बीर विकले बैठक चलिरहेकै वेला आफूमाथि गाली वेईज्जत गरी आफ्नो मोवाइल समेत खोसेको वडाअध्यक्ष धामीले बताए।
पालिकाको कृषि, भेटेनरी, महिला, दलित तथा अपाङ्गको लक्षित बजेटमा पालिका अध्यक्ष गणेश बोहरा उपाध्यक्ष मनिषा धामी तस्विर विकले आफ्ना पार्टीका निकट कार्यकर्ताहरुलाई मनपरी ढङ्गले रकम वितरण गरेको वारे आवाज उठाउँदा आफूमाथि जिम्मेवार व्यक्तिले अभद्र व्यवहार गरी मोवाईल समेत खोसेको वडा अध्यक्ष धामीको भनाइ छ ।
बैठकमा एक बर्ष कार्यकालको अनुभव र विकास निर्माण सम्बन्धि सम्पूर्ण जनप्रतिनिधिहरु तथा सरोकारवालाहरुसँग छलफल गरेको थियो।
बुधवार पालिकामा भएको घटनावारे गाउँपालिका अध्यक्ष गणेश बोहरासँग कुरा बुझ्न खोज्दा बोहराले मोवाईल फोनको आगमन कल बन्द गरेका छन् भने गाँउपालिका प्रवक्ता तस्विर विकले मोवाईल नै बन्द गरेका छन् ।
त्यस्तै पालिकाका प्रमुख प्रशासकिय अधिकृत पदमराज जोशीलाई बुझ्दा आफू बाटोमा भएकाले यसबारे पछी बोल्छु भन्दै पन्छिएका थिए।
वडाअध्यक्ष धामीले गाउँपालिकाको विकास निर्माण वडाका गतिविधि वैठकमा हुने गरेका कामहरु लगाएत पालिका बैठकमा भएका निर्णयहरु जनस्तरसम्म सूचना प्रभाव गर्दै आएका थिए ।
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८० १२:४२