Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • अस्तित्वविहिन बन्दै राणाकालीन दरवार संरचना
अस्तित्वविहिन बन्दै राणाकालीन दरवार संरचना
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, जेठ १०, २०८०

काठमाडौ । ललितपुरको जावलाखेलमा जुद्ध शमशेरले उनका कान्छा छोरा नारायण शमशेरका लागि निर्माण गरिएको राणाकालीन दरबार संरचना नारायण भवन जीर्ण बन्दै गएको छ ।

विसं २०७२ को भूकम्पपछि जीर्ण बन्दै गएको उक्त भवनमा अहिले बोटबिरुवा उम्रेका छन् । अबको दिनमा नारायण भवनको भविष्य के हुने हो कसैलाई थाहा छैन ।

भूकम्पका कारण राणाकालीन दरबार संरचना नारायण भवनको पूर्वतिरको भाग पूरै भत्केको छ । छाना भत्किन लागेको छ। पीपल, उत्तिसलगायतका बिरुवा उम्रेर र भवनको अस्तित्व हराउँदै गइरहेको छ । ऐतिहासिक दरबार संरचनाको पुनःनिर्माणको लागि कुनै पनि जिम्मेवारी निकायबाट पहल भएको छैन ।

narayan bhawan lalitpur1684945098.jpg

पुनःनिर्माणका लागि पुरातात्विक विभाग र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई पत्राचार गरेको तर ऐतिहासिक दरबार संरचना नारायण भवन निर्माणका लागि पहल नगरेको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका व्यवस्थापन अधिकृत उदय खनालले दुखेसो पोखे ।

“नारायण भवन एउटा ऐतिहासिक भवन हो । यसको संरक्षण गर्ने राज्यको जिम्मेवारी हो तर राज्यले ऐतिहासिक संरचणाको संरक्षण र पुनःनिर्माणका लागि चासो देखाएको छैन”, उनले भने, “यस्ता प्रकारका ऐतिहासिक संरचना आफ्नै आँखा अगाडि भत्किएको देख्दा दुःख लाग्छ ।”

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका एक कर्मचारीका अनुसार, नारायण भवनमा विसं २०५१ देखि महिला विकास प्रशिक्षण केन्द्रको कार्यालय त्यहाँ रहेको थियो ।

महिला विकास प्रशिक्षन केन्द्रकोे कार्यालय त्यहाँबाट अर्को ठाउँमा सरेपछि राष्ट्रिय पञ्जीकरण विभागको कार्यालयल त्यहाँ थियो । विसं २०७२ को भूकम्पले ऐतिहासिक दरबार संरचनामा क्षति पुर्याएपछि राष्ट्रिय राष्ट्रिय पञ्जीकरण विभाग त्यहाँबाट अर्को ठाउँमा सर्न बाध्य भएको थियो ।

राणाकालीन दरबार संरचना नारायण भवनअन्तर्गतको १६ रोपनी १४ आनामा फैलिएको जग्गा हाल स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको स्वामित्वमा छ । नारायण भवन, स्टिल टावर र त्यहाँ छेवमै रहेको नर्सरीलाई स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले भाडामा दिएको छ।

विसं २०७६ चैत ५ गतेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयअनुसार स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको स्वामित्वमा रहेको महिला विकास प्रशिक्षण केन्द्रको भवन, चमेना गृह र प्रशिक्षण हल तालिम परियोजनका लागि मात्र प्रदेश सुशासन केन्द्रलाई हस्तान्तरण गरेको सूचना अधिकारी कृष्णप्रसाद भट्टराईले जानकारी दिए ।

उनले भने, “बागमती प्रदेश सञ्चार रजिष्टारको कार्यालय पनि रहेको छ तर त्यो विषयमा हामीलाई जानकारी छैन” “कुनै समय आफू कार्यरत रहेको ऐतिहासिक भवन दिनप्रतिदिन जीर्ण हुँदै गएकामा दुःख लाग्छ”, एक कर्मचारीले भने, “त्यहाँ धेरै महँगा काठ थिए । महँगा सामान पनि थिए तर उचित संरक्षण नगर्नुले ती सबै हराउँदै गइरहेका छन्। राज्यले यस्ता इतिहास बोकेका दरबार संरचनालाई संरक्षण तथा पुनःनिर्माणको पहल गर्नुपर्ने हो तर भूकम्प गएको दशक बित्न लाग्यो अझै पहल भएको छैन।”

दिनप्रतिदिन जीर्ण हुँदै गएको राणाकालीन दरबार संरचना भत्किँदै गएको छ । घाँसले छोपिँदै गएको छ । संरक्षण नभएको कारण त्यहाँका काठ र अन्य सामान विस्तारै चोरी हुँदै गएका छन् ।

अस्तित्व हराउँदै गएको छ। सरकारले ऐतिहासिका संरचनाको पुनःनिर्माणका लागि पहल अझै गर्न सकिरहेको अवस्था छैन। हाल स्थानीय विकास प्रशिक्षण प्रतिष्ठा नारायण भवन पुनःनिर्माणको प्रतिक्षामा छ ।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १९:४९
प्रतिक्रिया दिनुहोस्
थप समाज
चाड उपभोक्ताको कि व्यवसायीको ? 
चाड उपभोक्ताको कि व्यवसायीको ?  बिहीबार, असोज १५, २०८३
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
पशुपतिमा पितृ पक्ष सुरु
पशुपतिमा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
  • नंः ५ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्