Top Navigation
Main Navigation
मंगलबार, वैशाख ३०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, वैशाख ३०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सरकार असारदेखि नयाँ भर्ना गर्ने, शिक्षक महासङ्घ पर सार्ने
सरकार असारदेखि नयाँ भर्ना गर्ने, शिक्षक महासङ्घ पर सार्ने
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, जेठ २३, २०७८
Api Himal

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले आउँदो असार १ गतेदेखि वैकल्पिक माध्यमबाट नयाँ शैक्षिकसत्र शुरु गर्न निर्देशन दिएको छ । 

शिक्षामन्त्री श्रेष्ठले विद्यालय शिक्षाको एक मुख्य पक्ष शिक्षक समुदायले हतार नगर्न आग्रह गरेको हो। 
 
असार १ गतेबाट नयाँ भर्ना प्रक्रिया र कक्षा सञ्चालन शुरु गर्न आग्रह गर्दै त्यसका लागि कार्यक्रम तर्जुमा गर्न मन्त्रालयका उच्च कर्मचारीलाई शिक्षामन्त्री श्रेष्ठले निर्देशन दिएका हुन् । 

कोभिड–१९ का कारण चालु शैक्षिकसत्र जेठसम्म लम्ब्याइएपछि नयाँ सत्र असार १ गतेदेखि हुने पूर्व निर्धारण गरिएकामा यस वर्षको दोस्रो लहरको कोरोना रोकथामका लागि अधिकांश जिल्लामा निषेधाज्ञा जारी छ । 

वैकल्पिक माध्यमबाट सम्भव नभएका स्थानमा कसरी कक्षा सञ्चालन गर्ने भन्ने अन्याैल भने कायमै छ । 

Nepal Oil Corporation

विद्यालय शिक्षा सञ्चालनको अधिकार स्थानीय तहको भएकाले कक्षा सञ्चालनको मिति आफू अनुकूल हुन सक्ने भएपनि राष्ट्रियरुपमा कुन मितिदेखि शैक्षिकसत्र गणना गर्ने भन्ने केन्द्र सरकारले तय गर्दै आएको छ । 

नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले चालु शैक्षिकसत्रमा कात्तिकदेखि मात्रै सामुदायिक विद्यालयमा राम्रोसँग पढाइ शुरु भएकाले कोर्ष पूरा गरी, वार्षिक परीक्षा र परीक्षाफल प्रकाशनपछि नयाँ भर्ना गर्दा साउन–भदौ पुग्ने सक्ने भएकाले सो अनुसार गर्न सरकारलाई आग्रह गरेका थिए । 

अध्यक्ष थापाले भने, ‘‘स्थितिको समग्र विश्लेषण विना हतारहतार असारदेखि कक्षा सञ्चालन गर्नुले निजी विद्यालयलाई मात्रै प्रोत्साहन हुन्छ। सबै सामुदायिक विद्यालयमा वैकल्पिक माध्यमको पढाए प्रभावकारी नभएको पक्षलाई पनि भुल्न हुँदैन।’’ 

विद्यालय शिक्षामा ८० प्रतिशत हिस्सा सामुदायिक विद्यालयको छ । हरेक वैशाखमा शुरु भई चैतमा सकिने शैक्षिकसत्रलाई यस वर्ष कोभिड–१९ का कारण प्रभावित २ महिना थप गरेर व्यवस्थापन गर्न लागिएको हो । 

विद्यमान शिक्षा नियमावलीमा वर्षमा २२० दिन विद्यालय खुल्नु पर्ने १९२ दिन पढाइ हुनुपर्ने व्यवस्था भएकामा कोरोना महामारीपछि विद्यालय पूर्ववत् सञ्चालन हुन नसक्दा सञ्चार तथा सूचना प्रविधिको सहायतामा वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरण भएका बेला पाठ्यक्रम समायोजन गरी सिकाइ निरन्तरता गरिएको छ । 

कोरनोको जोखिम घट्दै गएको र लामो सयम वैकल्पिक माध्यममा शिक्षा दिँदा सिकाइ गुणस्तरमा नकारात्मक असर पर्न सक्ने भएकाले पछिल्लो समयमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी विद्यालय सञ्चालनको क्रम शुरु भएको छ ।

जाडो विदा समेत नदिइ कक्षा सञ्चालन भएकाले शैक्षिकसत्र व्यवस्थापनमा यसले सकारात्मक प्रभाव पार्ने देखिएको छ । 

कोरोना महामारीका कारण एक स्थानका विद्यालयमा भर्ना भएका विद्यार्थी अन्यत्र बसेर अध्ययन गरिरहेको स्थितिमा माध्यमिक शिक्षा परीक्षा कक्षा १० मा स्थानान्तरण गर्न पनि नियमावली बाधक भएकाले बाधा अड्काउ फुकाइने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । 

यसअघि २०७२ मा गएको विनासकारी भूकम्पका समयमा अति प्रभावित १४ जिल्लाका कक्षा १० का विद्यार्थीलाई स्थानान्तरण गराई परीक्षा दिलाइएको थियो । 

सरकारले वैकल्पिक प्रणालीको सिकाइलाई शैक्षिकसत्रमा गणना गराउने गरी गत भदौ १९ गते  ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७’ जारी गरेको थियो । 

कोरोना महामारीको जोखिम बढिरहेकाले विद्यालय खुल्न नसकेको स्थिति र अन्य प्राकृति विपत्तिमा पनि यस प्रकारको वैकल्पिक सिकाइलाई मान्यता दिने गरी निर्देशिका जारी भएको हो ।

यो निर्देशिकासँगै चालु शैक्षिकसत्रमा विद्यार्थी अभिलेखीकरण ९भर्ना०, तथ्याङ्क सङ्कलन, निजी विद्यालयमा स्थानीय तहले तोकेबमोजिमको शुल्क लिन, पाठ्यभार संकुचन गरी मूल्याङ्कनको विधि लागू गर्न स्थानीय तह र सम्बन्धित विद्यालयलाई सहज हुनेछ। 

सो अघि शिक्षा ऐन, नवौ संशोधन (२०२८) को दफा १९ ‘क’ को अधिकार प्रयोग गरी गत जेठ १८ गते ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी भई गत असार १ गतेदेखि वैकल्पिक प्रणालीको सिकाइ अनिवार्य कार्यान्वयन गरिएको थियो।

यसैबीच, शिक्षा मन्त्रालय अन्तर्गत आगामी आर्थिक वर्ष २०७८/२०७९ को बजेट कार्यान्वयनका लागि कार्ययोजना बनाउन निर्देशन दिँदै मन्त्री श्रेष्ठले परिणाम देखिने गरी सबै काम अघि बढाउन विभागीय प्रमुखलाई आज निर्देशन दिएको थियो। 

बजेटमा समेटिएको विषयलाई तत्काल कार्यान्वयनका लागि कार्यविधि योजना तयार गर्न ढिला गर्न नहुने स्पष्ट गर्दै उनले आगामी साउन १ गतेदेखि बजेट कार्यान्वयका विषयमा कुनै कसर बाँकी नराख्न भन्दै कार्यान्वयनमा हुनेगरी काम अघि बढाउन निर्देशन दिए। 

कार्यक्रममा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले वैकल्पिक सिकाइ कार्यविधि कर्यान्वयन गरी कक्षा सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गर्नुपर्ने बताए । आगामी आर्थिक वर्षको बजेटमा देशभरका १ हजार ५ सय विद्यालय र क्याम्पस पुनःनिर्माण गर्ने सरकारको योजना छ । 

यस्तै विद्यार्थीलाई ल्यापटप उपलब्ध गराउने, सहुलियत दरमा २५ लाखसम्म ऋण दिने, कक्षा ९ सम्म रङ्गीन पाठ्यपुस्तक उपलब्ध गराउने लगायतका कार्य बजेटमा समावेश छन् ।

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १९:०९
##Ministry of Education
प्रतिक्रिया दिनुहोस्
थप समाज
अवैध चुरे उत्खननमा अख्तियारले थाल्यो छानबिन
अवैध चुरे उत्खननमा अख्तियारले थाल्यो छानबिन सोमबार, वैशाख २९, २०८२
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला सोमबार, वैशाख २९, २०८२
गुल्मीकाे रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान
गुल्मीकाे रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान सोमबार, वैशाख २९, २०८२
कैलालीमा मोटरसाइकलको ठक्करबाट एककाे मृत्यु
कैलालीमा मोटरसाइकलको ठक्करबाट एककाे मृत्यु सोमबार, वैशाख २९, २०८२
कञ्चनपुरमा चार निर्माणधीन ‘पक्की पुल’ अलपत्र
कञ्चनपुरमा चार निर्माणधीन ‘पक्की पुल’ अलपत्र सोमबार, वैशाख २९, २०८२
कवि तथा गीतकार अलका मल्लको युगीन आवाजको कम्पन
कवि तथा गीतकार अलका मल्लको युगीन आवाजको कम्पन सोमबार, वैशाख २९, २०८२
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा बिहीबार, वैशाख २५, २०८२
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध बिहीबार, वैशाख २५, २०८२
प्रखर वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालकाे निधन
प्रखर वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालकाे निधन मंगलबार, वैशाख २३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ बरिष्ठ कलाकार प्रेमलाल श्रेष्ठ क्यानमा सर्वसम्मत अध्यक्ष ।। श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति ।।
  • नंः २ शुभ–बिबाह गीतमा अनुपम स्वरको रानी गायिका देविका बन्दनाको छलाङ
  • नंः ३ संस्कार र संस्कृतिमा मायाको बहार ।। अन्तीया झँगः ब्वयकाः बोलको गीत सार्वजनिक ।। युगल मायाजोडीको कौतुहलता र मायाप्रेम।।।
  • नंः ४ कवि तथा गीतकार अलका मल्लको युगीन आवाजको कम्पन
  • नंः ५ चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्