katari Municipality
x
Top Navigation
  • Contact
Main Navigation
मंगलबार, असार २३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, असार २३, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • बाँकेका वन उपभोक्तामा खुशीयाली
बाँकेका वन उपभोक्तामा खुशीयाली
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, जेठ २१, २०८०
कटारी

जानकी । बाँकेको सामुदायिक वनले वन सम्वर्द्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन प्रणालीअन्तर्गत वन पैदावार सङ्कलन गरेका छन्।

सव डिभिजन वन कार्यालय बाँकेको मातहतमा रहेको ती वनबाट लामो समयपछि वन पैदावार सङ्कलन गर्न पाउँदा उपभोक्ता खुसी भएका हुन्।

शम्शेरगञ्ज सव डिभिजन वन कार्यालय ओभरीको मातहतमा रहेको राप्तिसोनारी-८ स्थित त्रिशक्ति सामुदायिक वन उपभोक्ता समितिले १७ हजार चार सय ४१ क्युफिट वन पैदावार सङ्कलन गरेको छ ।

यसअन्तर्गत पाँच हजार ७ सय ५८ क्युफिट आन्तरिकरुपमा उपभोक्तालाई वितरण गरेको छ । दुई सय १९ जना उपभोक्ता रहेको उक्त वन समुहले ४ वर्षपछि रुख कटान गरेको अध्यक्ष उमा बस्नेतले बताए । 

त्यसैगरी राप्तीसोनारी–२ कोटही देवी युवा प्रगति वन समुहले १५ हजार सात सय ६६ वन पैदावार सङ्कलन गरेको छ। अध्यक्ष तुल्सीराम भण्डारीका अनुसार चार वर्षपछि कटान गरिएको वन पैदावारमा तीन हजार तीन सय उपभोक्तालाई काठ वितरण गरिएको छ।

चार सय ५१ हेक्टर क्षेत्रफलमा रहेको उक्त वन समुहलाई तीन सय १६ घरधुरीले उपभोग गर्दै आएका छन् । विशेष गरेर सामाजिक कार्यमा लगानी गर्दै आएको सो समुहले स्थानीय लक्ष्मी माविलाई १ लाख सहयोग गरेको छ ।

अन्य स्थानीय विद्यालयमा शिक्षकको व्यवस्थापन गर्नुका साथै विद्यार्थीलाई छात्रवृद्धि उपलब्ध गराउँदै आएको छ । सोही पालिकाअन्तर्गत वडा-२ माथेबास जनमुखी वन समुहले पनि वन पैदावार गरेको छ । यसमा दुई सय ९७ रुख कटान गरेको छ।

एक सय १० ढलापडाको व्यवस्थापन गरेको छ । दुई हजार सालको रुख कटान गरेको छ । गत चैतबाट सुरु गरिएको वन कटान गरिएको काठ लिलाम प्रक्रियामा रहने अध्यक्ष टोपबहादुर खड्काले बताए। 

विसं २०५८ मा दर्ता भएको वनमा सुरुमा बाउबाजेले अन्न उठाएर परम्परातग शैलीमा वन संरक्षण गरेको जनाउँदै उनले वैज्ञानिक वनको अवधारणा आएपछि वनको उत्पादन तथा उत्पादकत्व बढाउने कार्यक्रम लागू गरिएको र सोही कार्यक्रमबाट उत्पादन भएको वन पैदावार नै अहिले आम्दानीको प्रमुख स्रोत भएको बताए । चार सय ३४ दशमलव ३४ क्षेत्रफलमा रहेको उक्त वन समुहमा एक सय ७५ जना उपभोक्ता छन् ।

शम्शेरगञ्ज सव डिभिजन वन कार्यालय ओभरीका प्रमुख सुशील सुवेदीका अनुसार हालसम्म एक लाख ९४ हजार ६ सय ७१ दशमलव ६१ क्युफिट काठ र ६ सय ६३ दशमलव ९१ चट्टान दाउरा घारगद्दी गरिएको छ ।

पच्चीस प्रतिशत वन पैदावार आपूर्ति समितिलाई छुट्टाएर बाँकी लिलामी प्रक्रियामा रहेको उनले जानकारी दिए । उनका अनुसार उक्त सव डिभिजन वन कार्यालयको मातहतमा १९ सामुदायिक वन, एउटा धार्मिक वन र सरकारद्वारा व्यवस्थित चकला वनसहित २१ वन रहेका छन्।

उन्नाइस वटामध्ये ११ वनमा वन सम्वद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन पद्धतिबाट वन व्यवस्थापन भइरहेको प्रमुख सुवेदीले बताए। त्यसैगरी सात  सामुदायिक वनमा ढलापडा सङ्कलनलगायत अन्य संरक्षणको काम भइरहेका छन् ।

समय अभावका कारण यसपालि सरकारद्वारा व्यवस्थित गरिएको वनमा उक्त कार्य योजनाको तयारी अन्तिम चरणमा भइरहेको पनि उनले जानकारी दिए।

बाँके जिल्लामा कूल १३ सामुदायिक वनमा वन सम्वर्द्धन प्रणालिमा आधारित दिगो वन व्यवस्थापन प्रणालीअनुसार हालसम्म सो सङ्कलनबाट कटान, मुछान र ढुवानीबाट करिब ६० हजारलाई रोजगारी सिर्जना भएको र चार  वन प्राविधिकले रोजगारी पाएको प्रमुख सुवेदीले बताए।

उनका अनुसार विगत तीन वर्षदेखि काठदाउरा नपाएका उपभोक्तालाई वन पैदावारको माग पूर्ति हुँदा उपभोक्ता खुसी भएका छन्। जिल्ला डिभिजन वन कार्यालय, बाँकेका सहायक वन अधिकृत गणेश खड्काका अनुसार स्थानीयरुपमा रोजगारी सिर्जना गर्ने, वनको उत्पादन र उत्पादकत्व बढाउने लक्ष्य छ ।

वैज्ञानिक वन व्यवस्थापन सुरु भएको वनमा स्थानीय सुकेका, ढलेका, रोगी तथा बूढा पुराना तथा उमेर पुगेका रुख कटान गर्ने, कटान भएको क्षेत्रमा पुनरुत्पादनलाई हुर्काउने तथा बढाउने कार्यक्रम लागू गर्दा वनको उत्पादन र उत्पादकत्व बढने उनले बताए।

यस वन व्यवस्थाबाट काठ दाउरा सहज उपलब्ध भई वन पैदावारको आपूर्ति निरन्तर र सहज हुने, जैविक विविधता संरक्षण एवं वनको हैसियतमा सुधार आउने, समूहमा हुने आम्दानीले स्थानीय विकासमा टेवा पुग्ने, स्थानीयस्तरमा रोजगारी सिर्जना हुने र राज्यलाई राजस्व प्राप्त भई प्रादेशिक तथा राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुग्ने विश्वास लिएको उल्लेख गर्दै सहायक वन अधिकृत खड्काले सो वन व्यस्थापनबाट वनको सघन व्यवस्थापन हुने बताए।

विसं २०७३ मा बँकेका १७ सामुदायिक वनमा लागू भएको दिगो विकासमा आधारित वैज्ञानिक वन व्यवस्थापन अहिले १३ सामुदायिक वनमा मात्र लागू भएको छ। जिल्ला वन कार्यालय, बाँकेका अनुसार वैज्ञानिक वन व्यवस्थापनको काम राप्तीसोनारी गाउँपालिकामा मात्रै लागू छ ।

वन प्राविधिक श्याम भण्डारीका अनुसार वन व्यवस्थापन गरेपछि त्यसको अनुगमन गर्नुपर्छ त्यसमा अध्ययन अनुसन्धान हुनुपर्छ अरु ठाउँको वन व्यवस्थापन हेरेर आफ्नो ठाउँमा त्यो लागू गर्न सकिँदैन । ठाउँ भौगोलिक अवस्था त्यहा पायने प्रजाति विशेष आफ्नो आवश्यकता विशेष त्यसको व्यवस्थपन गर्नुपर्छ ।

“दिगो वन व्यवस्थापनको मुख्य पाटो भन्नु नै रुख काट्नु हो । निश्चित उमेरको  रुख काटनु त्यसको ठाउँमा नया बोट बिरुवालाई संरक्षण गर्ने वन व्यवस्थापनको मुख्य उद्देश्य हो”, उनले भने, “यसले वन सम्वर्द्धन प्रणाली लागू गर्ने हो । वैज्ञानिक औजार विधि लागू गर्ने त्यसबाट दिगो वन बनाउनु र  पारिस्थिकीय सेवा पउनु यसको उद्देश्य हो ।” बाँकेमा डिभिजन वन कार्यालयको मातहतमा छ वटा सव डिभिजन वन कार्यालय छन् ।

यसैबीच, वैज्ञानिक वन व्यवस्थापनका नाममा घना जङ्गलमा भएका काँचा रुख व्यापक मात्रामा फँडानी गरिएको र वन विनास तीव्ररुपमा भएको जनाउँदै यस अगाडिको सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरेको थियो।

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  ०८:३५
##banke
कटारी
प्रतिक्रिया दिनुहोस्
कटारी
थप समाज
पाँच विद्यालयका पाँच विद्यार्थीहरुलाई महालक्ष्मी छात्रवृत्ति 
पाँच विद्यालयका पाँच विद्यार्थीहरुलाई महालक्ष्मी छात्रवृत्ति  शुक्रबार, असार १९, २०८३
स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य
स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य बुधबार, असार १७, २०८३
१६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम
१६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम बुधबार, असार १७, २०८३
कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन
कुमारी मन्दिरमा १ लाख बत्ती प्रज्वलन मंगलबार, असार १६, २०८३
यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू
यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू सोमबार, असार १५, २०८३
अण्डमान एण्ड निकोबार द्वीपसमूहको स्मरणीय यात्रा
अण्डमान एण्ड निकोबार द्वीपसमूहको स्मरणीय यात्रा शनिबार, असार १३, २०८३
नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान बुधबार, असार १०, २०८३
पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट सोमबार, असार ८, २०८३
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा आइतबार, जेठ ३१, २०८३
Satyakala Rai
लाेकप्रिय समाचार
  • नंः १ १६ विद्यालयलाई उछिन्दै गुरुङचौरी नमूना मावि विज्ञान प्रदर्शनीमा प्रथम
  • नंः २ स्कूले झोलाभित्र बोकेको सुनौलो भविष्य
  • नंः ३ बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ?
  • नंः ४ यिनै हुन् उदयपुरका पर्यटकीय गन्तव्यहरूको सम्भावना, चुनौती र प्रवर्द्धनका अवसरहरू
  • नंः ५ कम्युनिस्ट एकता: पार्टी होइन, विचार जोड्ने समय
विचार
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य शारदा बजगाईँ
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्