Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असोज ३०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, असोज ३०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सर्लाहीको हरिपुर्वा नगरपालिका दुई महिनादेखि तालाबन्दी
सर्लाहीको हरिपुर्वा नगरपालिका दुई महिनादेखि तालाबन्दी
रासस
रासस शनिबार, जेठ २७, २०८०
Haripurwa Municipality Sarlahi

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका कार्यालयमा तालाबन्दी भएको करिब दुई महिना भयो ।

नगरका जनप्रतिनिधिबीच राजनीतिक आग्रह पूर्वाग्रह रहेका कारण लागेको लालबन्दी खुलाउने प्रयास कसैले नगर्दा नगरको विकास निर्माणको काम प्रभावित भएको छ ।

नगरपालिकमा राजनीतिक विवादका कारण प्रमुख प्रशासकीय अधिकृत नगरपालिका आउन नमान्नु हरिपुर्वा नगरपालिकाका लागि कुनै अनौठो कुरा होइन । दुई महिनाको अवधिमा चार जना प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर आए पनि कोही नबसेका नगर प्रमुख विनोद साहले जानकारी दिए।

उनका अनुसार स्थानीय तहको दोस्रो निर्वाचनमार्फत नगरपालिकामा नयाँ जनप्रतिनिधि आएको भएको पनि एक वर्ष पूरा भएको छ तर आन्तरिक विवादका कारण नगरको विकासको काम ठप्पजस्तै छ ।

राजनीतिक द्वन्द्वका कारण हरिपुर्वा नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को नगरसभा नै ढिलो भयो । गत मङ्सिरमा नगरसभा भए पनि विकासको काम अघि बढ्न नसकेको नगर प्रमुख साहले बताए ।

हरिपुर्वा नगरपालिकाका लागि कार्यालय सहयोगी भर्ना, नगरपालिकाको भवन निर्माण गर्ने स्थान, प्रहरीचौकी निर्माणजस्ता कुरामा जनप्रतिनिधि र राजनीतिक दलहरुबीच कुरा नमिल्दा नगरपालिकाको कार्यालयमा तालाबन्दीको अवस्था आएको स्थानीय युवा वीरेन्द्रप्रसाद अधिकारीले बताए ।

नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (माओवादी केन्द्र) सहितका पार्टीले एक सर्वदलीय सङ्घर्ष समिति नै बनाएर नगरपालिकाको आफ्नै जमिनमा कार्यालय भवन बनाउनुपर्ने, प्रहरीचौकीका लागि खरिद गरेकै जमिनमा भवन बनाउनु पर्नेलगायतका ९ माग राखेर आन्दोलन गरेको  सर्वदलीय सङ्घर्ष समितिका संयोजक विकाउ यादवले बताए ।

उनका अनुसार माग पूरा गर्न नगरपालिकाले चासो नदिएपछि सङ्घर्ष समितिले नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको हो ।

गत चैत १५ गतेदेखि नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको सङ्घर्ष समितिका संयोजक यादवले बताए । उनका अनुसार नगरपालिकाको भवन मन्दिरको जमिनमा बनाउन खोजेपछि विवाद बढेको हो ।

आर्थिक वर्षको अन्त्य हुनै लागेको र यो समयमा विकासको काम धमाधम गर्नुपर्नेमा नगरपालिकाको कार्यालयमा तालाबन्दी भएपछि विकास निर्माणको काम ठप्प भएको छ ।

चैत १५ गते प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने सरुवा भएपछि चैत २२ गते उपसचिव ध्रुवराज आचार्यलाई हरिपुर्वा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मन्त्रालयमा पठाएको भए पनि उनी आएन ।

त्यसपछि शाखा अधिकृत शम्भुप्रसाद यादवलाई वैशाख १४ गते प्रमुख प्रशासकीय अधिकृतमा पठाएर उनी वैशाख १७ गते हाजिर भएको एक घण्टामै सरुवा भए।

त्यसयता रिक्त रहेको सो पदमा वैशाख २४ गते सरकारले निमेष मिश्रलाई सरुवा गर्यो तर उनी विवादका कारण आएन। नगरपालिकामा तालाबन्दी जारी रहेको र हाजिर हुने अवस्था नभएकाले नआएको मिश्रले बताए ।

त्यसपछि जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको समन्वयमा नगरपालिकाको तालाबन्दी खुलाउने प्रयास गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले पटकपटक तालाबन्दी खुलाउने प्रयास गरेको भए पनि सहमति नजुट्दा नगरपालिकमा  लागेको तालाबन्दी जारी रहेको छ ।

ताला खोल्न आफूहरू तयार रहेको भए पनि नगर प्रमुख साहसहितका मानिसको अनावश्यक अडानका कारण त्यो असम्भव भएको सङ्र्घष समितका सदस्य योगनारायण रायले बताए ।

उनका अनुसार सङ्घर्ष समितिले राखेका माग पूरा गर्ने लिखित प्रतिबद्धता गर्न नगर प्रमुख साह तयार नभएपछि सहमति नजुटेको हो।

यता, नगरप्रमुख साहले नगरको विकासका लागि आफू लागि परे पनि सङ्घर्ष समितिले अवरोध गरेर काम गर्न नदिएको आरोप लगाए। उनका अनुसार कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ताबाहेक अन्य कुनै पनि काम भएको छैन।

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १०:१७
##haripurwamunicipality #sarlahi
प्रतिक्रिया दिनुहोस्
थप समाज
ऐतिहासिक सम्पदाको सरसफाई
ऐतिहासिक सम्पदाको सरसफाई बिहीबार, असोज २९, २०८३
परदेशमा रहेका उदयपुरेले बनाइदिए दलमायाको घर
परदेशमा रहेका उदयपुरेले बनाइदिए दलमायाको घर बिहीबार, असोज २९, २०८३
'द ग्ल्याम नाइट' मा विवाहित सुन्दरीहरु
'द ग्ल्याम नाइट' मा विवाहित सुन्दरीहरु मंगलबार, असोज २७, २०८३
चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ
चौनपामा मुसहरलाई दसैँ खर्च, सानो सहयोग, ठूलो अर्थ मंगलबार, असोज २७, २०८३
यसरी उर्लियाे बुढीगण्डकी
यसरी उर्लियाे बुढीगण्डकी आइतबार, असोज २५, २०८३
आस्था, आत्मीयता र सामाजिक रूपान्तरणको पर्व ‘दसैँ’
आस्था, आत्मीयता र सामाजिक रूपान्तरणको पर्व ‘दसैँ’ आइतबार, असोज २५, २०८३
जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
जसले कर्मलाई सधैँ निष्ठा सम्झियो...  शनिबार, असोज २४, २०८३
जेन–जीको आवरणमा अपराधलाई उन्मुक्तिः  भोलिको अराजकताको बीउ
जेन–जीको आवरणमा अपराधलाई उन्मुक्तिः  भोलिको अराजकताको बीउ मंगलबार, असोज २०, २०८३
त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय
त्रियुगा प्रज्ञा प्रतिष्ठानको पहिलो बैठक : विभाग गठनदेखि वार्षिक कार्यक्रमसम्मको योजना तय आइतबार, असोज १८, २०८३
लाेकप्रिय समाचार
  • नंः १ जसले कर्मलाई सधैँ निष्ठा सम्झियो... 
  • नंः २ ललितपुर उद्योग वाणिज्य महासंघमा रोकेश अवालेको उम्मेदवारी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ सफ्टनेपद्वारा प्रतिपादित 'खेलरो' एपमा नेपाली क्रिकेट
  • नंः ५ दम्भ होइन, धैर्य र मधुरता प्रिय
विचार
दम्भ होइन, धैर्य र मधुरता प्रिय
दम्भ होइन, धैर्य र मधुरता प्रिय शारदा बजगाईँ
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा
बहुमतको संसद् छाडेर सरकार फेरि अध्यादेशको बाटोमा विदुर कटुवाल
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ?
स्थानीय सरकारः जनताको सरकार कि जागिर खाने थलो ? विदुर कटुवाल
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्