काडमाडाै । अन्तर्राष्ट्रिय संस्था ग्लोबल पिस चेनले “योंग प्रोफेसनल फेलोसिप“ कार्यक्रमको छैठो संस्करण नेपालमा आयोजना गर्ने भएको छ।
काठमाडौमा आयोजित विशेष समारोहकाबीच ग्लोबल पिस चेन कातर्फबाट नेपाल प्रमुख शिवांग दत्त र नेपाल युवा परिषदका अध्यक्ष सरोज बानियाले समझदारी पत्रमा हस्ताक्षर गरेकाे हाे ।

अमेरिका, फ्रान्स, युरोप लगायात ४० भन्दा बढी देशका १ सय जना युवाहरुको उपस्थितिमा ३ दिवसीय कार्यक्रम काठमामा जुलाई २७ देखि ३० तारिखसम्म आयोजना हुनेछ ।
सो कार्यक्रममा विश्वको विकासको लागि युवाको भूमिका, स्थानीय खानाको महत्व, पर्यटन प्रबर्धन जस्ता विषयमा केन्द्रित रही ३ दिन छलफल हुने दत्तले बताएका छन्।

कार्यक्रममा विभिन्न देशका कुटनीतिक प्रतिनिधि, नेपालका उच्चपदस्थ अधिकारीहरुको समेत सहभागिता रहने ग्लोबल पिस चेनका नेपाल प्रमुख दत्तले जानकारी दिए दिए ।
ग्लोबल पिस चेन ले शान्ति र मानवाधिकारको क्षेत्रमा काम गर्दै आएको छ । यस संस्थाले टर्की, दुबई, थाइल्याण्ड, माल्दिभ्स, केन्या लगायात विभिन्न मुलुकहरुमा शान्ति सम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रमहरु आयोजना गरिसकेको छन्।
प्रकाशित मिति: शनिबार, असार २, २०८० १९:२६