काठमाडौ । नेपाल महिला एकता समाजको आयोजनामा विभिन्न समुदायका २० जना बालबालिकाहरुबिच चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।
आयोजित चित्रकला प्रतियोगितामा सहभागी विद्यार्थीहरुले क्लाइमेट जस्टिसलाई मूल विषय बनाएर चित्र कोरेका थिए। उक्त चित्रकला प्रतियोगितामा आशिर्या देसारले प्रथम स्थान हासिल गरेकी छन् ।

त्यस्तैगरी, प्राप्ति कुँवर दोस्रो र युजला महर्जनले तेस्रो स्थान हासिल गरेकी छन् भने अरुण बिके र आर्यन पहरीले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्।
चित्रकला प्रतियोगितामा सफल सबै प्रतियोगीहरुलाई विशेष पुरस्कार प्रदान गरि सम्मान गरिएको थियो । बाल बालिकाहरुलाई सानैदेखि प्रोत्साहन दिदै जाने हो भने भविष्यमा कुनै अप्ठ्यारो नपर्ने आयोजक संस्थाका कार्यक्रम अधिकृत अप्सरा तिमल्सिनाले बताइन्।
चित्रकला प्रतियोगिता पहिलो पटक सहभागी अरुण बिकेले भने, "यस पुरस्कारले निकै हौसला बढाएको छ ।"

त्यस्तैगरी प्रतियोगितामा प्रथम भएकी आशिर्या देसारले भनिन्, "मलाई चित्र कोर्न मन पर्छ। धेरै प्रतियोगितामा भाग लिएछु। प्रोग्रामले अझ ज्ञान दिने र मेहनेत गर्न प्रोत्साहन मिल्नेछ ।"
नेपाल महिला एकता समाजले बालबालिका लक्षित कार्यक्रम प्रत्येक वर्ष गर्दै आइरहेको क्लाइमेट जस्टिसका क्याम्पेनेर मनिका लामाले नामीन्यूज डटकमलाई बताइन्।

प्रकाशित मिति: शनिबार, असार २, २०८० २०:२१