काठमाडौ । लुम्बिनी विकास कोष र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा गत बैसाख १० गतेदेखि जेठ २० गतेसम्म भएको घुमौ लुम्बिनी टिकटक च्यालेन्ज प्रतियोगिता २०२३ सम्पन्न भएको छ ।
भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र यसको सेरोफेरोमा रहेका संस्कृति, पर्यटन, भेषभुषा लगायतका सबै कुरा समेटर लुम्बिनीको महत्व झल्काउने गरी छोटो समयमा धेरै व्यक्तिहरुमाझ पुग्ने उद्देष्यकासाथ आयोजना गरिएको प्रतियोगिताका विजेताहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय सुदन किरातीद्वारा पुरस्कार प्रदान गरी सम्पन्न गरिएको हाे।

नेपाल पर्यटन बोर्डको हलमा सम्पन्न पुरस्कार वितरण समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री माननीय शुशिला श्रीपाली ठकुरीले आफ्नो मन्तब्यमा लुम्बिनी राष्ट्रको अमूल्य हिरा भएको तर यसको बिश्वसामु फैलाउन नसकेको कुरा स्वीकार गर्दै प्रतियोगितामा भाग लिने सबैलाई बिशेष धन्यबाद तथा बधाई दिएका थिए।
त्यस्तै, कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी डा धनन्जय रेग्मीले अहिलेको जमाना टिकटकको भएकोले यस प्रतियोगिताले लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेमा आफू विश्वस्त भएको बताएका थिए ।

लुम्बिनी विकास कोषका सदस्य सचिब सानुराजा शाक्यले टिकटकको छोटो-छोटो भिडियोबाट धेरै जानकारी पाउने युगमा आफू धेरै बोल्न नचाहने बताउदै सम्पूर्ण बिजेता र सहभागीहरुलाई लुम्बिनीको महत्वको बिषयमा २ करोड भन्दा धेरै व्यक्तिको माझ एकै पटक पूर्याउन महत्वपूर्ण भूमिका खेलेकोमा धन्यबाद दिँदै यस प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गराएकोमा इरु टेक प्रा लि लाई अझ बिशेष धन्यबाद प्रदान गरेका थिए ।
प्रतियोगिताको महत्व, उपलब्धि र बिजेता छनौटको प्रक्रिया लगायतका बिषयमा बिजय बराकोटीले विस्तारमा जानकारी गराएका कार्यक्रममा माननीय मन्त्री सुदन किरातीले आफ्नो छोटो मन्तब्य राख्दै आयोजक संस्था, प्रतियोगितामा सहभागी प्रतियोगीहरु र आयोजना सम्पन्न गराउँने जिम्मा पाएका इरुटेक लगायत सबैलाई धन्यबाद दिँएका थिए।
साथै घुमौ लुम्बिनी टिकटक च्यालेन्ज प्रतियोगिता २०२३ प्रभावकारी रुपमा सम्पन्न भएकोमा आफू सन्तुष्ट रहेको र बिजेता साथीहरुलाई पुरस्कार राशीबाट सम्पानकासाथ हौसला बृद्दी गर्न सकेकोमा आफू हर्षित रहेको मन्त्री राईले वताएका थिए।
प्रकाशित मिति: मंगलबार, असार ५, २०८० ०९:१२