Top Navigation
Main Navigation
सोमबार, फागुन ११, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, फागुन ११, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • योगाभ्यासका लागि  विश्वभरकै सुन्दर भूमि नेपाल : प्रधानमन्त्री दाहाल
योगाभ्यासका लागि  विश्वभरकै सुन्दर भूमि नेपाल : प्रधानमन्त्री दाहाल
रासस
रासस बुधबार, असार ६, २०८०

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योगाभ्यासका लागि  एक सुन्दर भूमि भएकाले नेपाल योगसम्बन्धी ज्ञान–विज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताका लागि मूल गन्तव्य बन्न सक्ने बताएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयोजनमा आयोजित अन्तर्राष्ट्रिय योग दिवस-२०८० को मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले योग नेपालकै अमूल्य निधि भएको र प्राकृतिक वातावरणको हिसाबले परिकल्पना गरेका योगमाया आयुर्वेद विश्वविद्यालयले भोलिको दिनमा विश्वस्तरीय विश्वविद्यालयका रूपमा आफूलाई स्थापित गर्दै यस क्षेत्रमा प्राज्ञिक नेतृत्व गर्नुपर्नेमा पनि जोड दिएको हो।

“नेपालका तीन सभ्यता शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यता योगको जगमा विकसित भएको पाइन्छ । नेपालको सांस्कृतिक इतिहासलाई खोतल्ने हो भने यहाँका पुराना भवन र सहरको निर्माणमा पनि योगको ज्ञान–विज्ञान एवं वास्तु इन्जिनियरिङको प्रयोग गरिएको देखिन्छ”, उनले भने, “मठमन्दिर र मूर्तिकलामा होस् या चित्रकला, पौभाचित्र ९थान्का० सबैतिर योगको प्रभाव देखिन्छ । ढुङ्गेधारा, कुवा–इनार र राजकुलोको निर्माणमा पनि योगको ज्ञानलाई प्रयोग गरिएको देख्न सकिन्छ । त्यसैले योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति हो ।”

स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र मनोवैज्ञानिकरूपमा सबल बनाउन योगले सहयोग पुर्याउने प्रधानमन्त्री दाहालको भनाइ छ।

शरीरलाई स्वस्थ र फूर्तिलो बनाउने तथा मनलाई स्वच्छ र शान्त बनाउने सर्वोत्तम उपाय योग भएकाले नियमित योगाभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भई कार्यक्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने, अनुशासन र आन्तरिक ऊर्जा प्राप्ति हुने, आत्मज्ञान प्राप्ति र आत्मप्रेरणा हासिल भई काममा प्रभावकारिता आउनेलगायतका सकारात्मक गुणको विकास हुन्छ भन्ने यस क्षेत्रका अनुभवी व्यक्तिको ज्ञान र अनुभवबाट सिक्नुपर्ने उनले जिकिर गरे ।

तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ शरीर, आघातमुक्त चित्त विकासमा योगको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले योग र ध्यानका अभ्यास व्यक्तिगत तहमा पुग्दा त्यसले नसर्ने रोगको रोकथाम, उपचार र पुनःस्थापनाका लागि महत्त्वपूर्ण योगदान गर्ने भएकाले यसलाई व्यापक बनाई सबैलाई स्वस्थ र सुखी बनाउनेतिर कदम चाल्न योगका अभियन्ता र योग गुरूको अहम् भूमिका हुने बताए ।

दिवस मनाइरहँदा योगसम्बन्धी नेपालले गरिरहेको अभ्यासको विश्वव्यापीकरणमा पर्याप्त ध्यान दिएमा नेपालमा योग पर्यटनको विकास गर्न सकिने उनले उल्लेख गरे।

मानव जातिको इतिहास, जीवनवृत्ति र विकासका क्रममा पूर्वीय समाजले बहुआयामिक योगदान गर्दै आएको र चिन्तन, दर्शन, सभ्यता र संस्कृतिका दृष्टिले मात्र नभएर पूर्वी वाङ्मय र जीवनशैलीमा पनि नेपाली त्यति नै वैभवशाली भएकाले यसको व्यवस्थित अध्ययन, अनुसन्धान र व्यवस्थित स्वामित्व लिएर हाम्रो ज्ञान भण्डार र जीवनलाई विश्वव्यापीरूपमा स्थापित गर्न पनि प्रधानमन्त्री दाहालले आग्रह गरे।

कार्यक्रममा शिक्षामन्त्री अशोककुमार राईले योगाभ्यास र अध्ययनलाई विद्यालय तहदेखि नै अपनाउँदै जान नीतिगत र कार्यक्रममिक योजना तर्जुमा गरिएको बताए। उनले प्रदेश र स्थानीय तहलाई पनि दिवस मनाउन आह्वान गरिएको जानकारी दिए।

दिवसका अवसरमा आज बिहान रत्नपार्कको शान्तिबाटिकाबाट प्रभातफेरि सुरु भई कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मूल कार्यक्रम आयोजना गरिएको हो।

संयुक्त राष्ट्रसङ्घको आह्वानअनुसार नेपालमा पनि आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ डिसेम्बर ११ मा दिवस मनाउने प्रस्ताव पारित भई सन् २०१५ जुन २१ तारिखदेखि यो दिवस मनाउन थालिएको हो।

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  ११:२३
##PushpaKamalDahal
प्रतिक्रिया दिनुहोस्
थप समाज
अब उपरान्त घण्टी बनाउन त के हल्लाउनै निषेध
अब उपरान्त घण्टी बनाउन त के हल्लाउनै निषेध आइतबार, फागुन १०, २०८२
मरेको लासलाई गाेजी नभएकाे कपडाले किन बेरिन्छ ? पहेँलो कपडाले किन बेरिन्छ ?, पैसा किन छरिन्छ ?
मरेको लासलाई गाेजी नभएकाे कपडाले किन बेरिन्छ ? पहेँलो कपडाले किन बेरिन्छ ?, पैसा किन छरिन्छ ? शनिबार, फागुन ९, २०८२
सिक्किम र झापाबीचको अमर-प्रेम
सिक्किम र झापाबीचको अमर-प्रेम शनिबार, फागुन ९, २०८२
आज ७६औँ प्रजातन्त्र दिवस
आज ७६औँ प्रजातन्त्र दिवस बिहीबार, फागुन ७, २०८२
२०८३ सालको पात्रो सार्वजनिक: दसैँ र तिहार कहिले ?
२०८३ सालको पात्रो सार्वजनिक: दसैँ र तिहार कहिले ? आइतबार, फागुन ३, २०८२
आज महाशिवरात्रि पर्व मनाइँदै, पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजा
आज महाशिवरात्रि पर्व मनाइँदै, पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजा आइतबार, फागुन ३, २०८२
आज देशभर २६३औँ सेना दिवस मनाइँदै
आज देशभर २६३औँ सेना दिवस मनाइँदै आइतबार, फागुन ३, २०८२
आम्दानीको स्रोत बन्दै अटोरिक्सा
आम्दानीको स्रोत बन्दै अटोरिक्सा आइतबार, फागुन ३, २०८२
प्रेम कहिलेकाहीँ साथमा रहँदैन, तर आशीर्वाद बनेर जीवनभर साथ दिन्छ
प्रेम कहिलेकाहीँ साथमा रहँदैन, तर आशीर्वाद बनेर जीवनभर साथ दिन्छ शनिबार, फागुन २, २०८२
लाेकप्रिय समाचार
  • नंः १ सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक
  • नंः २ श्रीसूर्योदय आधारभूत विद्यालयले मनायो ४३ औँ वार्षिकोत्सव
  • नंः ३ वैदेशिक रोजगारीले जन्माएको प्रश्न
  • नंः ४ बुद्ध एयरमा क्रिटिकल इरर हुँदा उडानमा ढिलाइ, यात्रुमा असहज
  • नंः ५ नामी साप्ताहिक
विचार
वैदेशिक रोजगारीले जन्माएको प्रश्न
वैदेशिक रोजगारीले जन्माएको प्रश्न प्रज्ज्वल घिमिरे
सम्पदाहरू जल्दै गर्दा दुखेको मन
सम्पदाहरू जल्दै गर्दा दुखेको मन शारदा बजगाईँ
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्