Top Navigation
Main Navigation
सोमबार, फागुन ४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, फागुन ४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • छाङ्गरु विओपी : सशस्त्रको भवन ९ महिनामा भुइँतला मात्रै
छाङ्गरु विओपी : सशस्त्रको भवन ९ महिनामा भुइँतला मात्रै
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, जेठ २६, २०७८

दार्चुला । वि.सं. २०७७ असोज ९ मा निवर्तमान गृहमन्त्री रामबहादुर थापाले व्यासको छाङ्गरुमा सशस्त्र प्रहरीको भवन निर्माण शिलान्यास गरेको थियो । 

भारतले धार्चुला हुँदै कैलाश मानसरोवर जोड्न भन्दै नेपाली भूगोल लिपुलेक हुँदै सडक निर्माणको उद्घाटन गरेपछि सरकारले वैशाख ३१ गते व्यासमा सीमा सुरक्षार्थ सशस्त्र प्रहरी राख्ने निर्णय गरेको थियो । 

शुरुमा बोर्डर आउट पोष्ट राखेर राज्यले सीमा सुरक्षामा सरकार गम्भीर बनेको देखाएको हो । बोर्डर आउट पोष्ट राखिएको ३ महिनापछि असार २८ गते मन्त्रिपरिषद्को निर्णयअनुसार छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म स्थापना गर्ने निर्णय ग¥यो । 

सोही निर्णयअनुसार सदरमुकाम खलङ्गामा रहेको सशस्त्र प्रहरी बल नं ५० गुल्म छाङ्गरुमा स्थानान्तरण गरियो भने खलङ्गामा सशस्त्र प्रहरी बल नं ४४ गण स्थापना भयो ।

छाङ्गरुमा गुल्म नै स्थापना भएपछि सरकारले सशस्त्र प्रहरीलाई बाह्रैमास राख्ने निर्णय ग¥यो । सोही अनुसार एक वर्षभित्रै सशस्त्र प्रहरीको भवन निर्माण हुने भनियो । 

निर्माण व्यवसायी सुरेश चन्दले २ महिनाभित्र भुइँतलाका २० कोठा र १ वर्षभित्र सुविधा सम्पन्न ४० कोठे भवन निर्माण गर्ने बताए । तर निर्माण शुरु गरिएको ९ महिनासम्म व्यासमा सशस्त्र प्रहरीको जग मात्रै हालिएको छ । 

अहिले भवनको भुइँतलाको पिल्लरसम्म निर्माण पुगेको छ, व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहराले भने, “त्यो पनि चारैतिरबाट बनेको छैन । कूल १० करोड लागतमा भवन निर्माण भइरहेको छ।” 

सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा जारी गरेपछि सशस्त्र प्रहरीलाई बाह्रै महिना त्यहाँ राखिएको हो ।

व्यासमा सशस्त्र गएको एक वर्षभन्दा बढी हुँदा पनि सशस्त्र प्रहरी अहिले भाडाको घरमा बस्दै आएका छन् । भवन अभावले अहिले पनि जनशक्ति व्यवस्थापन गर्न समस्या भएको सुरक्षाकर्मी बताउँछन् । 

भवन निर्माण अझै पनि ढिलाइ भइरहेको छ । सशस्त्र प्रहरीका अनुसार यही गतिमा हो भने भवन निर्माण अझै एक वर्ष बढी लाग्न सक्छ । 

त्रिदेशीय सीमाक्षेत्र तिङ्करमा सशस्त्र प्रहरीको बिओपी निर्माणको काम अहिलेसम्म शुरु हुन सकेको छैन । असार मसान्तभित्रै निर्माण सक्ने गरी सम्झौता भएको बिओपी निर्माणको काम अझै शुरु भएको छैन । 

व्यास गाउँपालिका–१ को तिङ्कर गाउँभन्दा माथिको छायालेकमा सशस्त्र प्रहरीको बिओपी बनाउने तयारी गरिएको हो । 

चीनसँगको सीमा क्षेत्रको निगरानी गर्न सरकारले तिङ्करमा पनि सशस्त्र राख्न लागेको तर भवन दुवै ठाउँमा निर्माणमा ढिलाइ हुँदा यहाँ बस्ने सशस्त्र प्रहरीको मनोबल बढ्न नसकेको सुरक्षाकर्मी स्वयं बताउँछन् ।
    
तिङ्करमा ६ महिनाभित्रै प्रिफ्याबको एङ्गलसहितको भवन निर्माण गर्ने सम्झौता हो । तर यो आर्थिक वर्षमा त्यो ठाउँमा भवन बन्ने सम्भावना छैन ।

सरकारले तिङ्करमा बोर्डर आउट पोष्ट बनाउनका लागि एक करोड बजेटमा ठेक्का सम्झौता गरेको थियो । दुवै ठाउँका भवन निर्माणमा निर्माण व्यवसायीले चासो दिएको छैन ।

निर्माण व्यवयासीले भवन निर्माणमा चासो नदिँदा दुवै ठाउँमा ढिलाइ भएको हो । “एउटा चिसो मौसम भाडाकै भवनमा आगो तापेर काटियो, एक सुरक्षाकर्मीले भने, “अर्को चिसोयाम आउँदासम्म भवन निर्माण हुने अवस्था देखिँदैन ।” 

गत कात्तिक यता यो ठाउँमा उच्चपदस्थले समेत भ्रमण गरेका छैनन् । शुरुमा खाद्यान्न लगायतका सामग्री सबै हेलिकोप्टरमार्फत ढुवानी गरियो । कात्तिकपछि हेलिकोप्टर आउनै छोडेको छ । 

केही दिनअघि नेपाल प्रहरीको खाद्यान्न र बन्दोबस्ती हेलिकोप्टरमार्फत ढुवानी भयो, हाम्रो लागि अझै सरकारले हेरेको छैन । अहिलेसम्म भारतबाट खाद्यान्न ढुवानी गरेर खानुपर्ने बाध्यता छ । 

सरकारी उदासीनताले हामीलाई यो क्षेत्रमा काम गर्न निकै समस्या हुन थालेको छ । अहिले व्यासमा रहेका सशस्त्र प्रहरीले व्यवहारिक रूपमा भारतबाटै खाद्यान्न ढुवानी गरेर खानुपर्ने अवस्था छ । 

यसैबीच प्रहरीले चिसोयाम कम हुँदै गएपछि आफ्नो क्षेत्रभित्र नियमित गस्ती गर्न थालेको छ । केही दिनअघि कालापानी नजीकैको क्षेत्रमा गस्तीमा निस्किएको सशस्त्र प्रहरी बुधबार तिङ्कर गाउँ पुगेको छ । 

छाङ्गरुबाट तिङ्कर पुग्न ४ घण्टा बढी समय लाग्छ । “नियमित गस्तीमा गएका हौँ”, अर्का सुरक्षाकर्मीले भने, “गाउँभन्दा माथि अहिले जाँदैनौँ । असारतिर नेपाल चीन सीमा बोर्डरसम्म जान्छौँ ।” 

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १७:०३
##ChhangruDarchula
प्रतिक्रिया दिनुहोस्
थप समाज
२०८३ सालको पात्रो सार्वजनिक: दसैँ र तिहार कहिले ?
२०८३ सालको पात्रो सार्वजनिक: दसैँ र तिहार कहिले ? आइतबार, फागुन ३, २०८२
आज महाशिवरात्रि पर्व मनाइँदै, पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजा
आज महाशिवरात्रि पर्व मनाइँदै, पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजा आइतबार, फागुन ३, २०८२
आज देशभर २६३औँ सेना दिवस मनाइँदै
आज देशभर २६३औँ सेना दिवस मनाइँदै आइतबार, फागुन ३, २०८२
आम्दानीको स्रोत बन्दै अटोरिक्सा
आम्दानीको स्रोत बन्दै अटोरिक्सा आइतबार, फागुन ३, २०८२
प्रेम कहिलेकाहीँ साथमा रहँदैन, तर आशीर्वाद बनेर जीवनभर साथ दिन्छ
प्रेम कहिलेकाहीँ साथमा रहँदैन, तर आशीर्वाद बनेर जीवनभर साथ दिन्छ शनिबार, फागुन २, २०८२
सफलता अन्तिम गन्तव्य होइन, निरन्तर यात्रा मात्र हो
सफलता अन्तिम गन्तव्य होइन, निरन्तर यात्रा मात्र हो शनिबार, फागुन २, २०८२
स्वास्थ्य बिमाबापत एक लाख बराबरको उपचार सेवा यथावत् हुने
स्वास्थ्य बिमाबापत एक लाख बराबरको उपचार सेवा यथावत् हुने बिहीबार, माघ ३०, २०८२
राप्ती नदीमा २० घडियाल छाडियो, चितवनमा संरक्षण प्रयास तीव्र
राप्ती नदीमा २० घडियाल छाडियो, चितवनमा संरक्षण प्रयास तीव्र बिहीबार, माघ ३०, २०८२
महाशिवरात्रि नजिकिँदै पशुपति क्षेत्रमा सरसफाइ र व्यवस्थापन तयारी तीव्र
महाशिवरात्रि नजिकिँदै पशुपति क्षेत्रमा सरसफाइ र व्यवस्थापन तयारी तीव्र बिहीबार, माघ ३०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ सम्पदाहरू जल्दै गर्दा दुखेको मन
  • नंः २ खाेटाङ र उदयपुर जाेड्ने  सुनकोशीको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज सञ्चालन
  • नंः ३ प्रतिनिधिसभा निर्वाचन: फागुन ३ देखि १७ गतेसम्म देशभर मतदाता शिक्षा स्वयंसेवक परिचालन गर्दै आयाेग
  • नंः ४ सफलता अन्तिम गन्तव्य होइन, निरन्तर यात्रा मात्र हो
  • नंः ५ नामी साप्ताहिक
विचार
सम्पदाहरू जल्दै गर्दा दुखेको मन
सम्पदाहरू जल्दै गर्दा दुखेको मन शारदा बजगाईँ
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्