Top Navigation
Main Navigation
सोमबार, वैशाख २९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, वैशाख २९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • छाङ्गरु विओपी : सशस्त्रको भवन ९ महिनामा भुइँतला मात्रै
छाङ्गरु विओपी : सशस्त्रको भवन ९ महिनामा भुइँतला मात्रै
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, जेठ २६, २०७८
Api Himal

दार्चुला । वि.सं. २०७७ असोज ९ मा निवर्तमान गृहमन्त्री रामबहादुर थापाले व्यासको छाङ्गरुमा सशस्त्र प्रहरीको भवन निर्माण शिलान्यास गरेको थियो । 

भारतले धार्चुला हुँदै कैलाश मानसरोवर जोड्न भन्दै नेपाली भूगोल लिपुलेक हुँदै सडक निर्माणको उद्घाटन गरेपछि सरकारले वैशाख ३१ गते व्यासमा सीमा सुरक्षार्थ सशस्त्र प्रहरी राख्ने निर्णय गरेको थियो । 

शुरुमा बोर्डर आउट पोष्ट राखेर राज्यले सीमा सुरक्षामा सरकार गम्भीर बनेको देखाएको हो । बोर्डर आउट पोष्ट राखिएको ३ महिनापछि असार २८ गते मन्त्रिपरिषद्को निर्णयअनुसार छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म स्थापना गर्ने निर्णय ग¥यो । 

सोही निर्णयअनुसार सदरमुकाम खलङ्गामा रहेको सशस्त्र प्रहरी बल नं ५० गुल्म छाङ्गरुमा स्थानान्तरण गरियो भने खलङ्गामा सशस्त्र प्रहरी बल नं ४४ गण स्थापना भयो ।

Nepal Oil Corporation

छाङ्गरुमा गुल्म नै स्थापना भएपछि सरकारले सशस्त्र प्रहरीलाई बाह्रैमास राख्ने निर्णय ग¥यो । सोही अनुसार एक वर्षभित्रै सशस्त्र प्रहरीको भवन निर्माण हुने भनियो । 

निर्माण व्यवसायी सुरेश चन्दले २ महिनाभित्र भुइँतलाका २० कोठा र १ वर्षभित्र सुविधा सम्पन्न ४० कोठे भवन निर्माण गर्ने बताए । तर निर्माण शुरु गरिएको ९ महिनासम्म व्यासमा सशस्त्र प्रहरीको जग मात्रै हालिएको छ । 

अहिले भवनको भुइँतलाको पिल्लरसम्म निर्माण पुगेको छ, व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहराले भने, “त्यो पनि चारैतिरबाट बनेको छैन । कूल १० करोड लागतमा भवन निर्माण भइरहेको छ।” 

सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा जारी गरेपछि सशस्त्र प्रहरीलाई बाह्रै महिना त्यहाँ राखिएको हो ।

व्यासमा सशस्त्र गएको एक वर्षभन्दा बढी हुँदा पनि सशस्त्र प्रहरी अहिले भाडाको घरमा बस्दै आएका छन् । भवन अभावले अहिले पनि जनशक्ति व्यवस्थापन गर्न समस्या भएको सुरक्षाकर्मी बताउँछन् । 

भवन निर्माण अझै पनि ढिलाइ भइरहेको छ । सशस्त्र प्रहरीका अनुसार यही गतिमा हो भने भवन निर्माण अझै एक वर्ष बढी लाग्न सक्छ । 

त्रिदेशीय सीमाक्षेत्र तिङ्करमा सशस्त्र प्रहरीको बिओपी निर्माणको काम अहिलेसम्म शुरु हुन सकेको छैन । असार मसान्तभित्रै निर्माण सक्ने गरी सम्झौता भएको बिओपी निर्माणको काम अझै शुरु भएको छैन । 

व्यास गाउँपालिका–१ को तिङ्कर गाउँभन्दा माथिको छायालेकमा सशस्त्र प्रहरीको बिओपी बनाउने तयारी गरिएको हो । 

चीनसँगको सीमा क्षेत्रको निगरानी गर्न सरकारले तिङ्करमा पनि सशस्त्र राख्न लागेको तर भवन दुवै ठाउँमा निर्माणमा ढिलाइ हुँदा यहाँ बस्ने सशस्त्र प्रहरीको मनोबल बढ्न नसकेको सुरक्षाकर्मी स्वयं बताउँछन् ।
    
तिङ्करमा ६ महिनाभित्रै प्रिफ्याबको एङ्गलसहितको भवन निर्माण गर्ने सम्झौता हो । तर यो आर्थिक वर्षमा त्यो ठाउँमा भवन बन्ने सम्भावना छैन ।

सरकारले तिङ्करमा बोर्डर आउट पोष्ट बनाउनका लागि एक करोड बजेटमा ठेक्का सम्झौता गरेको थियो । दुवै ठाउँका भवन निर्माणमा निर्माण व्यवसायीले चासो दिएको छैन ।

निर्माण व्यवयासीले भवन निर्माणमा चासो नदिँदा दुवै ठाउँमा ढिलाइ भएको हो । “एउटा चिसो मौसम भाडाकै भवनमा आगो तापेर काटियो, एक सुरक्षाकर्मीले भने, “अर्को चिसोयाम आउँदासम्म भवन निर्माण हुने अवस्था देखिँदैन ।” 

गत कात्तिक यता यो ठाउँमा उच्चपदस्थले समेत भ्रमण गरेका छैनन् । शुरुमा खाद्यान्न लगायतका सामग्री सबै हेलिकोप्टरमार्फत ढुवानी गरियो । कात्तिकपछि हेलिकोप्टर आउनै छोडेको छ । 

केही दिनअघि नेपाल प्रहरीको खाद्यान्न र बन्दोबस्ती हेलिकोप्टरमार्फत ढुवानी भयो, हाम्रो लागि अझै सरकारले हेरेको छैन । अहिलेसम्म भारतबाट खाद्यान्न ढुवानी गरेर खानुपर्ने बाध्यता छ । 

सरकारी उदासीनताले हामीलाई यो क्षेत्रमा काम गर्न निकै समस्या हुन थालेको छ । अहिले व्यासमा रहेका सशस्त्र प्रहरीले व्यवहारिक रूपमा भारतबाटै खाद्यान्न ढुवानी गरेर खानुपर्ने अवस्था छ । 

यसैबीच प्रहरीले चिसोयाम कम हुँदै गएपछि आफ्नो क्षेत्रभित्र नियमित गस्ती गर्न थालेको छ । केही दिनअघि कालापानी नजीकैको क्षेत्रमा गस्तीमा निस्किएको सशस्त्र प्रहरी बुधबार तिङ्कर गाउँ पुगेको छ । 

छाङ्गरुबाट तिङ्कर पुग्न ४ घण्टा बढी समय लाग्छ । “नियमित गस्तीमा गएका हौँ”, अर्का सुरक्षाकर्मीले भने, “गाउँभन्दा माथि अहिले जाँदैनौँ । असारतिर नेपाल चीन सीमा बोर्डरसम्म जान्छौँ ।” 

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १७:०३
##ChhangruDarchula
प्रतिक्रिया दिनुहोस्
थप समाज
कवि तथा गीतकार अलका मल्लको युगीन आवाजको कम्पन
कवि तथा गीतकार अलका मल्लको युगीन आवाजको कम्पन सोमबार, वैशाख २९, २०८२
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा बिहीबार, वैशाख २५, २०८२
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध
विमानस्थलकै अगाडि गीतबाटै धर्ना विराेध बिहीबार, वैशाख २५, २०८२
प्रखर वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालकाे निधन
प्रखर वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालकाे निधन मंगलबार, वैशाख २३, २०८२
अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न
अन्तर्राष्ट्रिय नेल सेमिनार सम्पन्न मंगलबार, वैशाख २३, २०८२
कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन
कालिकाेटमा बन्ने भयाे ५ करोडको सबस्टेसन शनिबार, वैशाख २०, २०८२
ललितपुरमा शुरु भयाे जात्रा
ललितपुरमा शुरु भयाे जात्रा शनिबार, वैशाख २०, २०८२
मुस्ताङमा वर्षाले फुल्न लागेको स्याउका बोटमा असर
मुस्ताङमा वर्षाले फुल्न लागेको स्याउका बोटमा असर बुधबार, वैशाख १७, २०८२
उदयपुरमा चट्याङले घर जल्दा पाँच लाख बढीको क्षति
उदयपुरमा चट्याङले घर जल्दा पाँच लाख बढीको क्षति सोमबार, वैशाख १५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ शुभ–बिबाह गीतमा अनुपम स्वरको रानी गायिका देविका बन्दनाको छलाङ
  • नंः २ बरिष्ठ कलाकार प्रेमलाल श्रेष्ठ क्यानमा सर्वसम्मत अध्यक्ष ।। श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति ।।
  • नंः ३ संस्कार र संस्कृतिमा मायाको बहार ।। अन्तीया झँगः ब्वयकाः बोलको गीत सार्वजनिक ।। युगल मायाजोडीको कौतुहलता र मायाप्रेम।।।
  • नंः ४ चौहान परिवार शान्ति, सम्मान र सुरक्षाको खोजीमा
  • नंः ५ जन्मेदेखि मृत्युसम्म करैकर ! जनताले के का लागि तिर्ने कर ?
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्