काठमाडौ । आज सार्वजनिक सूचना जारी गरी नेपाल सरकारले यही असार १४ गते इदका अवसरमा सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयले सार्वजनिक सूचना जारी गरी असार १४ गते बकर इद (ईद उल अजहा) पर्व भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्धारा जारी उक्त सूचनाका अनुसार नेपाल राजपत्रमा प्रकाशित गत चैत २ को सूचनाअनुसार इस्लाम धर्मावलम्बिको पर्व बकर इद ९ईद उल अजहा० भएकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८० १५:११