Top Navigation
Main Navigation
शनिबार, फागुन १६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, फागुन १६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • दही चिउरा खाएर असार १५ अर्थात धान दिवस मनाइँदै
दही चिउरा खाएर असार १५ अर्थात धान दिवस मनाइँदै
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, असार १५, २०८०

काठमाडौ । आज धान दिवस मनाइँदै छ। विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ।

Asar 15-161656472183.jpg

‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् ।

यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन्।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ। शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ ।

यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ। गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेको थियो भनिन्छ ।

आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ।

पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रुप लिएको छ। यसरी असार १५ गते नेपाली समाजमा धान दिवस राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  ०९:२२
##asar15 #sushmaashikari #dahichiura
प्रतिक्रिया दिनुहोस्
थप समाज
नेपाल र भुटान वीचको प्रेमील अधुरो यात्रा
नेपाल र भुटान वीचको प्रेमील अधुरो यात्रा शनिबार, फागुन १६, २०८२
माझी-मुसहर बस्तीमा चुनावको अत्तोपत्तो छैन
माझी-मुसहर बस्तीमा चुनावको अत्तोपत्तो छैन बिहीबार, फागुन १४, २०८२
हिउँले ढाक्यो मतदान केन्द्र जाने बाटाे
हिउँले ढाक्यो मतदान केन्द्र जाने बाटाे बिहीबार, फागुन १४, २०८२
कविता : गाउँ-शहर
कविता : गाउँ-शहर सोमबार, फागुन ११, २०८२
अब उपरान्त घण्टी बनाउन त के हल्लाउनै निषेध
अब उपरान्त घण्टी बनाउन त के हल्लाउनै निषेध आइतबार, फागुन १०, २०८२
मरेको लासलाई गाेजी नभएकाे कपडाले किन बेरिन्छ ? पहेँलो कपडाले किन बेरिन्छ ?, पैसा किन छरिन्छ ?
मरेको लासलाई गाेजी नभएकाे कपडाले किन बेरिन्छ ? पहेँलो कपडाले किन बेरिन्छ ?, पैसा किन छरिन्छ ? शनिबार, फागुन ९, २०८२
सिक्किम र झापाबीचको अमर-प्रेम
सिक्किम र झापाबीचको अमर-प्रेम शनिबार, फागुन ९, २०८२
आज ७६औँ प्रजातन्त्र दिवस
आज ७६औँ प्रजातन्त्र दिवस बिहीबार, फागुन ७, २०८२
२०८३ सालको पात्रो सार्वजनिक: दसैँ र तिहार कहिले ?
२०८३ सालको पात्रो सार्वजनिक: दसैँ र तिहार कहिले ? आइतबार, फागुन ३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ वैदेशिक रोजगारीले जन्माएको प्रश्न
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ कविता : गाउँ-शहर
  • नंः ४ मरेको लासलाई गाेजी नभएकाे कपडाले किन बेरिन्छ ? पहेँलो कपडाले किन बेरिन्छ ?, पैसा किन छरिन्छ ?
  • नंः ५ अब उपरान्त घण्टी बनाउन त के हल्लाउनै निषेध
विचार
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि :  समृद्धिका भरोसा 
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि : समृद्धिका भरोसा  शारदा बजगाईँ
वैदेशिक रोजगारीले जन्माएको प्रश्न
वैदेशिक रोजगारीले जन्माएको प्रश्न प्रज्ज्वल घिमिरे
सम्पदाहरू जल्दै गर्दा दुखेको मन
सम्पदाहरू जल्दै गर्दा दुखेको मन शारदा बजगाईँ
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्