काठमाडौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधन भएको छ।
थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा दाहालको आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको प्रधानमन्त्री दाहालका निजी चिकित्सक प्रा डा युवराज शर्माले जानकारी दिएको हो ।
दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ थिए । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो। दाहाल माओवादी केन्द्रको सल्लाहकार थिए।
उनको पार्थिव शरीर श्रदाञ्जलिका लागि ११ देखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिनेछ भने दिउँसो २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिनेछ।
प्रकाशित मिति: बुधबार, असार २७, २०८० १२:००