एक केस्रा
सुनौलो धर्का
पुर्णेको दिन आकाशमा
उदाएको दिन
जेठोले गाऊँ छोड्यो।
उस्ले खेल्दै गरेको
गुलेली र मट्याङ्ग्राहरु
त्यही छेऊमै छ,
जुन वरडाँडाको नजिकैबाट
जेठोले देखेको थियो
सुनौलो धर्का।।
त्यो दिनदेखि
वरडाँडालाई
पुर्णेको दिन मनपरेन !
जेठोले
फर्किएर गाऊँ हेरेन,
भुईँमा छोडिएको
मट्याङ्ग्राहरुसँङ्ग खेलेन,
पर्खिरहेको वरडाँडा सम्झिएन !
बा, सम्झ्यो कि ?
फर्किएरै नहेरि जाँदा
आँशु पो लुकाएर गयो कि ?
बिचरा जेठो
जसरी गयो
जता गयो।।
सम्झिएर गयो
बिर्सिएर गयो..!
जे होस, जेठोले
वरडाँडा छोड्यो..!
-वेदना राई
प्रकाशित मिति: शनिबार, असार ३०, २०८० ११:३७