Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असार ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
बिहीबार, असार ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • नेपाल ब्युटिसियन संघको आपत्ति
नेपाल ब्युटिसियन संघको आपत्ति
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, साउन ८, २०८०

​काठमाडौं । नेपाल ब्युटिसियन संघले अध्यागमन विभागमा कार्यरत शाखा अधिकृत बन्दना कर्णले व्युटिसियन पेशामाथि नै आँच आउने कार्य गरेको भन्दै आपत्ति जनाएको छ ।

सुष्मा महराले चाबहिलस्थित् केएल टावरमा सञ्चालन गरेको फेसियल हाउसमा सेवा लिन आएकी शाखा अधिकृत कर्णले आफूहरुको पेशा तथा व्यवसायमाथि नै आँच आउने गम्भीर आरोप लगाएको भन्दै संघले आपत्ति जनाएको हो।

शाखा अधिकृत कर्णले फेसियल हाउसमा राखिएको सिसी क्यामेराले आफ्नो व्यक्तिगत गोपनियतामाथि आँच आएको भनी महानगरीय प्रहरी बृत गौशलामा उजुरी दिएको र उक्त उजुरीमा आवश्यक अनुसन्धान भई सहमति भइसकेको रिपोर्टर्स क्लवमा आयोजित प्रेस सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ।

सहमतिपछि पनि शाखा अधिकृत कर्णले आफ्नो पदीय दुरूपयोग गरी प्रहरी प्रशासनलाई प्रभावमा पारेर सुष्मा महरालाई फेरि झुठा मुद्दा लगाउन जोडबल गरिरहेको महासंघको आरोप छ।

‘मन्त्रालय मातहतको कर्मचारी भएको नाताले आफ्नो पदीय दुरूपयोग गरी गृह मन्त्रालय, गृहसचिव तथा महानगरीय प्रहरी परिसर, टेकुलाईसमेत आफ्नो प्रभावमा पारी एकपल्ट सहमति गरेको विषयमा हाम्रो यस संघका आजीवन सदस्य सुष्मा महराज्यूलाई पुनः झुठा मुद्दा लगाई प्रहरीमार्फत तत्कालै प्रक्राउ गरी गैरकानुनी रूपमा थुनामा राख्नका लागि जोडबल गरिआएको कुरा जानकारी हुन आएकाले यस गैरकानुनी कार्यप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ,’–संघकी महासचिव शशि शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

शाखा अधिकृत कर्णले सुनियोजित रूपमा दुःख, हैरानी दिई पेशा तथा व्यवसाय नै बन्द गराउनका लागि राज्य शक्तिको दुरूपयोग गरेको संघको आरोप छ। संघले शाखा अधिकृत कर्णको यस्तो कार्य अविलम्ब रोकी उनलाई कारबाहीको माग गरेको छ।

‘निज बन्दना कर्णले गरेको यस्तो गैरकानूनी क्रियाकलापलाई अविलम्ब रोकी कानुन हातमा लिनेलाई तत्कालै निलम्वन गरी पदीय आचरणको दुरूपयोगको कार्यमा कानुनबमोजिम हदैसम्मको कारबाही गर्न तथा हाम्रो यस संघमा आवद्द रहनु भएका सदस्यहरुलाई सहज रुपमा सम्मानपूर्वक पेशा व्यवसाय संचालन गर्न आवश्यक वातावरण बनाईदिनुहुन सम्बन्धित् सरोकारवाला पक्षहरुसमक्ष संघ जोडदार माग गर्दछ,’– विज्ञप्तिमा थप भनिएको छ ।

फेसियल हाउसकी सञ्चालिका महराले सेवा लिन आएकी बन्दना कर्णले पैसा तिरेर निस्कने बेलामा उल्टो लाञ्छना लगाएको बताईन्। कर्णले सिंगो व्यवसाय र पेशाप्रति नै लाञ्छना लगाएको उनको भनाई छ । उनले आफूले गल्ती गरेको खण्डमा सजायका लागि तयार रहेको बताईन्।

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी केन्द्रीय उपाध्यक्ष एवं नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) काठमाडौं जिल्ला अध्यक्ष गंगा नकर्मीले पेशामाथि नै आँच आउने काम भएको भन्दै आपत्ति जनाईन् ।

नेपाल व्युटिसियन संघकी निवर्तमान अध्यक्ष भगवती खड्काले आफ्नो पेशा(व्यवसायमाथि भएको आक्रमणमका विरुद्ध गत ३ गतेदेखि निरन्तर रुपमा लागिराखेको भएपनि कुनै ठाउँबाट सहयोग पाउन नसकेको बताईन् । उनले आफूहरुको पेशा व्यवसायमाथि राज्यले सम्मान गर्न नसकेको बताईन् ।

नेपाल ब्युटिसियन संघ शाखा अधिकृत कर्णको उक्त कार्यविरुद्ध भोलि मंगलबारबाट चरणबद्ध आन्दोलनमा उत्रिने भएको छ। भोलि विहान ११ बजे संघले माईतीघर मण्डलामा विरोध तथा धर्ना कार्यक्रम राखेको निवर्तमान अध्यक्ष खड्काले बताईन्।

SUSHMA MAHARA 11690206619.jpg

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १९:०८
प्रतिक्रिया दिनुहोस्
थप समाज
नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान बुधबार, असार १०, २०८३
पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट सोमबार, असार ८, २०८३
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा आइतबार, जेठ ३१, २०८३
डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि कोशी प्रदेश युवा सम्मेलन–२०२६ सुरु
डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि कोशी प्रदेश युवा सम्मेलन–२०२६ सुरु शुक्रबार, जेठ २९, २०८३
जिल्ला अस्पताल उदयपुरमा एक्स-रे सेवा बन्द
जिल्ला अस्पताल उदयपुरमा एक्स-रे सेवा बन्द बुधबार, जेठ २७, २०८३
उदयपुरमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, सवार घाइते
उदयपुरमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, सवार घाइते मंगलबार, जेठ १९, २०८३
कटारीमा रित्तो गाग्री बोकेर मेयरको घर पुगे स्थानीय, दबाबपछि दमकलबाट पानी वितरण
कटारीमा रित्तो गाग्री बोकेर मेयरको घर पुगे स्थानीय, दबाबपछि दमकलबाट पानी वितरण सोमबार, जेठ १८, २०८३
स्थानीय इतिहासको राष्ट्रिय विमर्श : कौशल चेम्जोङका दुई कृति
स्थानीय इतिहासको राष्ट्रिय विमर्श : कौशल चेम्जोङका दुई कृति आइतबार, जेठ १७, २०८३
कटारीकाे त्रिवेणी नमूना माविको विद्यालय व्यवस्थापन समितिमा मणिराज दाहाल पुनः अध्यक्षमा सर्वसम्मत चयन
कटारीकाे त्रिवेणी नमूना माविको विद्यालय व्यवस्थापन समितिमा मणिराज दाहाल पुनः अध्यक्षमा सर्वसम्मत चयन शनिबार, जेठ १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
  • नंः ४ फिफा विश्वकप २०२६: खेल, नाफा र साम्राज्यवादी राजनीति
  • नंः ५ नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्