Top Navigation
Main Navigation
शुक्रबार, भदौ २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, भदौ २७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • नेपाल ब्युटिसियन संघको आपत्ति
नेपाल ब्युटिसियन संघको आपत्ति
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, साउन ८, २०८०

​काठमाडौं । नेपाल ब्युटिसियन संघले अध्यागमन विभागमा कार्यरत शाखा अधिकृत बन्दना कर्णले व्युटिसियन पेशामाथि नै आँच आउने कार्य गरेको भन्दै आपत्ति जनाएको छ ।

सुष्मा महराले चाबहिलस्थित् केएल टावरमा सञ्चालन गरेको फेसियल हाउसमा सेवा लिन आएकी शाखा अधिकृत कर्णले आफूहरुको पेशा तथा व्यवसायमाथि नै आँच आउने गम्भीर आरोप लगाएको भन्दै संघले आपत्ति जनाएको हो।

शाखा अधिकृत कर्णले फेसियल हाउसमा राखिएको सिसी क्यामेराले आफ्नो व्यक्तिगत गोपनियतामाथि आँच आएको भनी महानगरीय प्रहरी बृत गौशलामा उजुरी दिएको र उक्त उजुरीमा आवश्यक अनुसन्धान भई सहमति भइसकेको रिपोर्टर्स क्लवमा आयोजित प्रेस सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ।

सहमतिपछि पनि शाखा अधिकृत कर्णले आफ्नो पदीय दुरूपयोग गरी प्रहरी प्रशासनलाई प्रभावमा पारेर सुष्मा महरालाई फेरि झुठा मुद्दा लगाउन जोडबल गरिरहेको महासंघको आरोप छ।

Nepal Oil Corporation

‘मन्त्रालय मातहतको कर्मचारी भएको नाताले आफ्नो पदीय दुरूपयोग गरी गृह मन्त्रालय, गृहसचिव तथा महानगरीय प्रहरी परिसर, टेकुलाईसमेत आफ्नो प्रभावमा पारी एकपल्ट सहमति गरेको विषयमा हाम्रो यस संघका आजीवन सदस्य सुष्मा महराज्यूलाई पुनः झुठा मुद्दा लगाई प्रहरीमार्फत तत्कालै प्रक्राउ गरी गैरकानुनी रूपमा थुनामा राख्नका लागि जोडबल गरिआएको कुरा जानकारी हुन आएकाले यस गैरकानुनी कार्यप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ,’–संघकी महासचिव शशि शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

शाखा अधिकृत कर्णले सुनियोजित रूपमा दुःख, हैरानी दिई पेशा तथा व्यवसाय नै बन्द गराउनका लागि राज्य शक्तिको दुरूपयोग गरेको संघको आरोप छ। संघले शाखा अधिकृत कर्णको यस्तो कार्य अविलम्ब रोकी उनलाई कारबाहीको माग गरेको छ।

‘निज बन्दना कर्णले गरेको यस्तो गैरकानूनी क्रियाकलापलाई अविलम्ब रोकी कानुन हातमा लिनेलाई तत्कालै निलम्वन गरी पदीय आचरणको दुरूपयोगको कार्यमा कानुनबमोजिम हदैसम्मको कारबाही गर्न तथा हाम्रो यस संघमा आवद्द रहनु भएका सदस्यहरुलाई सहज रुपमा सम्मानपूर्वक पेशा व्यवसाय संचालन गर्न आवश्यक वातावरण बनाईदिनुहुन सम्बन्धित् सरोकारवाला पक्षहरुसमक्ष संघ जोडदार माग गर्दछ,’– विज्ञप्तिमा थप भनिएको छ ।

फेसियल हाउसकी सञ्चालिका महराले सेवा लिन आएकी बन्दना कर्णले पैसा तिरेर निस्कने बेलामा उल्टो लाञ्छना लगाएको बताईन्। कर्णले सिंगो व्यवसाय र पेशाप्रति नै लाञ्छना लगाएको उनको भनाई छ । उनले आफूले गल्ती गरेको खण्डमा सजायका लागि तयार रहेको बताईन्।

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी केन्द्रीय उपाध्यक्ष एवं नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) काठमाडौं जिल्ला अध्यक्ष गंगा नकर्मीले पेशामाथि नै आँच आउने काम भएको भन्दै आपत्ति जनाईन् ।

नेपाल व्युटिसियन संघकी निवर्तमान अध्यक्ष भगवती खड्काले आफ्नो पेशा(व्यवसायमाथि भएको आक्रमणमका विरुद्ध गत ३ गतेदेखि निरन्तर रुपमा लागिराखेको भएपनि कुनै ठाउँबाट सहयोग पाउन नसकेको बताईन् । उनले आफूहरुको पेशा व्यवसायमाथि राज्यले सम्मान गर्न नसकेको बताईन् ।

नेपाल ब्युटिसियन संघ शाखा अधिकृत कर्णको उक्त कार्यविरुद्ध भोलि मंगलबारबाट चरणबद्ध आन्दोलनमा उत्रिने भएको छ। भोलि विहान ११ बजे संघले माईतीघर मण्डलामा विरोध तथा धर्ना कार्यक्रम राखेको निवर्तमान अध्यक्ष खड्काले बताईन्।

SUSHMA MAHARA 11690206619.jpg

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १९:०८
प्रतिक्रिया दिनुहोस्
थप समाज
अनिश्चितकालीन कर्फ्यू आदेश जारी
अनिश्चितकालीन कर्फ्यू आदेश जारी मंगलबार, भदौ २४, २०८२
मिसेस नेपाल वर्ल्ड-२०२५ को प्रतिस्पर्धामा ३० महिला छनाैट
मिसेस नेपाल वर्ल्ड-२०२५ को प्रतिस्पर्धामा ३० महिला छनाैट शनिबार, भदौ २१, २०८२
धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार
धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार बुधबार, भदौ १८, २०८२
उदयपुरका विद्यालयहरूमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण
उदयपुरका विद्यालयहरूमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण शनिबार, भदौ ७, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भगवान श्रीकृष्णको पूजाआराधना
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भगवान श्रीकृष्णको पूजाआराधना शनिबार, साउन ३२, २०८२
मिसेस नेपाल वर्ल्ड-२०२५ का लागि आवेदन खुल्ला
मिसेस नेपाल वर्ल्ड-२०२५ का लागि आवेदन खुल्ला मंगलबार, साउन २८, २०८२
जनताको विपदको साथी || नेपाल रेडक्रस सोसाइटी कागेश्वर मनोहरा उपशाखा भद्रवास आलापोट
जनताको विपदको साथी || नेपाल रेडक्रस सोसाइटी कागेश्वर मनोहरा उपशाखा भद्रवास आलापोट शनिबार, साउन २५, २०८२
जनैपूर्णिमा जात्राकाे दृष्य
जनैपूर्णिमा जात्राकाे दृष्य शनिबार, साउन २५, २०८२
आज रक्षाबन्धन अर्थात जनै पूर्णिमा पर्व मनाइँदै
आज रक्षाबन्धन अर्थात जनै पूर्णिमा पर्व मनाइँदै शनिबार, साउन २५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ आजको जेन-जी प्रदर्शनकारीकाे मृत्यु र कति घाइते भए ?
  • नंः ३ मिसेस नेपाल वर्ल्ड-२०२५ को प्रतिस्पर्धामा ३० महिला छनाैट
  • नंः ४ Gen-Z जनविद्रोह अन्तिम चरणमा प्रवेश
  • नंः ५ काठमाण्डूको इन्द्रजात्रा
विचार
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   प्रज्ज्वल घिमिरे
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  NamiNews- नामीन्यूज
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     NamiNews- नामीन्यूज
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्