बर्दिया । बर्दियाको भुरीगाउँ ठाकुरबाबा नगरपालिका र नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्ला शाखाको आयोजनामा नवौं बृहत् एवम् बर्दिया जिल्लास्तरीय प्रथम महिला विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपालकै सर्वाधिक रक्तदाता एवं हालैमात्र 'रक्तदाता सम्राट' बाट बिभुषित नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यबाट १७५औंं पटकको ऐतिहासिक रक्तदान गरेको हाे ।

उक्त कार्यक्रममा कार्यक्रमका सभापति एवम् ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्सालले नेपालकै सर्वाधिक रक्तदाता एवम् हालै मात्र 'रक्तदाता सम्राट' बाट बिभुषित नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष स्वयंसेवी शतक रक्तदाता कर्माचार्यलाई सम्मान-पत्र प्रदान गरि सार्वजनिक सम्मान गरेको थियोे ।

त्यस्तैगरी नगरपालिकाका उप-प्रमुख बिनाकुमारी भट्टराईले स्वागत गरेको रक्तदान कार्यक्रम समाराेहमा महिला तथा पुरूष गरि जम्मा २ सय ७ जनाले अमुल्य रक्तदान गरेका थिए।
प्रकाशित मिति: बुधबार, साउन १७, २०८० २०:०८