Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असार ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
बिहीबार, असार ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माणलाई प्राथमिकताकासाथ अघि बढाइने मन्त्री बस्नेतकाे भनाई (भिडियाे सहित)
स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माणलाई प्राथमिकताकासाथ अघि बढाइने मन्त्री बस्नेतकाे भनाई (भिडियाे सहित)
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, साउन २०, २०८०

भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको मानवीय संवेदनासित जोडिएका स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माणलाई प्राथमिकताकासाथ अघि बढाइने बताएको छ ।

भक्तपुर चाँगुनारायण नगरपालिका‍-१ मा प्रस्तावित वीर अस्पताल निर्माणस्थलको अवलोकन तथा अन्तर्क्रियामा उनले अस्पताल पूर्वाधार निर्माणका लागि गर्न पर्ने जग्गाको सीमाङ्कन, तारबार, संरक्षण, पहुँच मार्गलगायतका कार्य यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिएको हो।

मन्त्री बस्नेतले भने, “कतिपय योजना राम्रा हुँदाहुँदै काम हुन नसकेका उदाहरण थुप्रै छन्, स्थानीयवासीको रोजगारी, सुविधा र समृद्धि जोडिएको यहाँ वैदेशिक सहयोगमा देशकै नमूना अस्पताल बन्दैछ, अस्पताल निर्माणलाई अघि बढाउन सबैको समन्वय र सहयोग होस्।”

यहाँस्थित पाँच सय ७० रोपनी सरकारी जग्गामा एक हजारदेखि एक हजार पाँच सय शय्याको अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्ने भनी सरकारले विसं २०७३ मा निर्णय गरेको थियो ।

उक्त स्थानमा अस्पताल निर्माणका लागि सरकारले चीनसँग अनुरोध गरेकामा केही वर्षअघि चिनियाँ टोलीले त्यस क्षेत्रमा सम्भव्यता अध्ययनसमेत गरेको थियो।

अध्ययन टोलीले त्यस बेला जग्गा समथर नभएको तथा बाटो, पानी र विद्युतकाे पहुँचको विषयमा केही प्रश्न उठाएको थियो। सरकारले प्रधानमन्त्रीको आगामी भ्रमणका अवसरमा चीनसँग उक्त अस्पताल निर्माणका लागि अनुरोध गर्ने तयारी गरिरहेको बुझिएको छ।

मन्त्री बस्नेतले भने, “प्रधानमन्त्रीको चीन भ्रमणअघि नै अहिले यहाँ हामीले गर्नुपर्ने प्रारम्भिक कार्य पूरा होस् । कूटनीतिक माध्यमबाट यो आयोजनालाई अघि बढाउनुपर्छ । मौकामा सदुपयोग गर्न सकिएन भने दाताको सहयोग अन्यत्र जान सक्छ।”

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जनताको स्वास्थ्यसँग जोडिएको मुलुककै ठूलो गौरवको आयोजनालाई सरकारले प्राथमिकतामा राखेकाले अब निर्माण हुन्छ भन्नेमा ढुक्क भएको बताए ।

उनले भने, “विकल्प खोज्नपर्छ कि भन्ने चिन्ता हराएको छ, जग्गाको सीमाङ्कन, सडक विस्तार र पूर्वाधार निर्माणका लागि आवश्यक अन्य कुनै विषयमा समस्या छैन, दाताबाट हुन सकेन भने पनि अस्पताल निर्माणलाई अब सरकारले आफैँले भने पनि अघि बढाउनुपर्छ।”

सो अवसरमा प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा डा भूपेन्द्रकुमार बस्नेत, प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, अर्थ मन्त्रालयका सहसचिव कृष्ण नेपाल, सडक विभागका महानिर्देशक मेघराज मरासिनी, भवन विभागका महानिर्देशक मचाकाजी महर्जन तथा  जिल्ला नापी कार्यालय र विद्युत् कार्यालयका प्रमुखले आआफ्ना कार्यालयले गर्नुपर्ने जिम्मेवारी र प्रगति विवरण प्रस्तुत गरे।

उनीहरूले राष्ट्रिय गौरवको अस्पताल निर्माणका लागि स्थानीयवासीलगायत सबैको सहयोग र समन्वय रहेको तथा भक्तपुरकै मुहार फेरिने भएकाले कहिले निर्माण हुन्छ भनेर आतुरका साथ प्रतीक्षा गरिरहेको बताए ।

उक्त अस्पतालका लागि सल्लाघारीदेखि दुवाकोट, खड्काडील र मुलपानी सडक १२ देखि १४ मिटर चौडाइका दुई प्याकेजमा पहुँच मार्ग निर्माणका लागि ठेक्का लागेर काम अघि बढिरहेको जानकारी दिएका थिए।

मुलुककै स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार ल्याई प्रगति हासिल गर्ने हेतुले अघि सारिएको अस्पताल निर्माणमा स्थानीय, जनप्रतिनिधि सरोकार निकाय सबैको सहयोग र समन्वयको खाँचो औँल्याउँदै अन्तर्क्रियामा सहभागी वक्ताले विकास र समृद्धि सबै पक्षको सहयोगमा जोड दिएको थियो ।

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १९:३९
##minister #mohanbahadurbasnet #changunarayan #bhaktapur
प्रतिक्रिया दिनुहोस्
थप समाज
नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान बुधबार, असार १०, २०८३
पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट सोमबार, असार ८, २०८३
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा
पाल्पाकाे रम्भा गाउँपालिकाको बहुप्रतीक्षित आधुनिक प्रशासकीय भवन निर्माण तीव्र गतिमा आइतबार, जेठ ३१, २०८३
डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि कोशी प्रदेश युवा सम्मेलन–२०२६ सुरु
डिजिटल नागरिक क्षेत्र सुदृढीकरणका लागि कोशी प्रदेश युवा सम्मेलन–२०२६ सुरु शुक्रबार, जेठ २९, २०८३
जिल्ला अस्पताल उदयपुरमा एक्स-रे सेवा बन्द
जिल्ला अस्पताल उदयपुरमा एक्स-रे सेवा बन्द बुधबार, जेठ २७, २०८३
उदयपुरमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, सवार घाइते
उदयपुरमा  मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, सवार घाइते मंगलबार, जेठ १९, २०८३
कटारीमा रित्तो गाग्री बोकेर मेयरको घर पुगे स्थानीय, दबाबपछि दमकलबाट पानी वितरण
कटारीमा रित्तो गाग्री बोकेर मेयरको घर पुगे स्थानीय, दबाबपछि दमकलबाट पानी वितरण सोमबार, जेठ १८, २०८३
स्थानीय इतिहासको राष्ट्रिय विमर्श : कौशल चेम्जोङका दुई कृति
स्थानीय इतिहासको राष्ट्रिय विमर्श : कौशल चेम्जोङका दुई कृति आइतबार, जेठ १७, २०८३
कटारीकाे त्रिवेणी नमूना माविको विद्यालय व्यवस्थापन समितिमा मणिराज दाहाल पुनः अध्यक्षमा सर्वसम्मत चयन
कटारीकाे त्रिवेणी नमूना माविको विद्यालय व्यवस्थापन समितिमा मणिराज दाहाल पुनः अध्यक्षमा सर्वसम्मत चयन शनिबार, जेठ १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
  • नंः ४ फिफा विश्वकप २०२६: खेल, नाफा र साम्राज्यवादी राजनीति
  • नंः ५ नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्