Top Navigation
Main Navigation
शनिबार, पुस १९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, पुस १९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माणलाई प्राथमिकताकासाथ अघि बढाइने मन्त्री बस्नेतकाे भनाई (भिडियाे सहित)
स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माणलाई प्राथमिकताकासाथ अघि बढाइने मन्त्री बस्नेतकाे भनाई (भिडियाे सहित)
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, साउन २०, २०८०

भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको मानवीय संवेदनासित जोडिएका स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माणलाई प्राथमिकताकासाथ अघि बढाइने बताएको छ ।

भक्तपुर चाँगुनारायण नगरपालिका‍-१ मा प्रस्तावित वीर अस्पताल निर्माणस्थलको अवलोकन तथा अन्तर्क्रियामा उनले अस्पताल पूर्वाधार निर्माणका लागि गर्न पर्ने जग्गाको सीमाङ्कन, तारबार, संरक्षण, पहुँच मार्गलगायतका कार्य यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिएको हो।

मन्त्री बस्नेतले भने, “कतिपय योजना राम्रा हुँदाहुँदै काम हुन नसकेका उदाहरण थुप्रै छन्, स्थानीयवासीको रोजगारी, सुविधा र समृद्धि जोडिएको यहाँ वैदेशिक सहयोगमा देशकै नमूना अस्पताल बन्दैछ, अस्पताल निर्माणलाई अघि बढाउन सबैको समन्वय र सहयोग होस्।”

यहाँस्थित पाँच सय ७० रोपनी सरकारी जग्गामा एक हजारदेखि एक हजार पाँच सय शय्याको अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्ने भनी सरकारले विसं २०७३ मा निर्णय गरेको थियो ।

उक्त स्थानमा अस्पताल निर्माणका लागि सरकारले चीनसँग अनुरोध गरेकामा केही वर्षअघि चिनियाँ टोलीले त्यस क्षेत्रमा सम्भव्यता अध्ययनसमेत गरेको थियो।

अध्ययन टोलीले त्यस बेला जग्गा समथर नभएको तथा बाटो, पानी र विद्युतकाे पहुँचको विषयमा केही प्रश्न उठाएको थियो। सरकारले प्रधानमन्त्रीको आगामी भ्रमणका अवसरमा चीनसँग उक्त अस्पताल निर्माणका लागि अनुरोध गर्ने तयारी गरिरहेको बुझिएको छ।

मन्त्री बस्नेतले भने, “प्रधानमन्त्रीको चीन भ्रमणअघि नै अहिले यहाँ हामीले गर्नुपर्ने प्रारम्भिक कार्य पूरा होस् । कूटनीतिक माध्यमबाट यो आयोजनालाई अघि बढाउनुपर्छ । मौकामा सदुपयोग गर्न सकिएन भने दाताको सहयोग अन्यत्र जान सक्छ।”

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जनताको स्वास्थ्यसँग जोडिएको मुलुककै ठूलो गौरवको आयोजनालाई सरकारले प्राथमिकतामा राखेकाले अब निर्माण हुन्छ भन्नेमा ढुक्क भएको बताए ।

उनले भने, “विकल्प खोज्नपर्छ कि भन्ने चिन्ता हराएको छ, जग्गाको सीमाङ्कन, सडक विस्तार र पूर्वाधार निर्माणका लागि आवश्यक अन्य कुनै विषयमा समस्या छैन, दाताबाट हुन सकेन भने पनि अस्पताल निर्माणलाई अब सरकारले आफैँले भने पनि अघि बढाउनुपर्छ।”

सो अवसरमा प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा डा भूपेन्द्रकुमार बस्नेत, प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, अर्थ मन्त्रालयका सहसचिव कृष्ण नेपाल, सडक विभागका महानिर्देशक मेघराज मरासिनी, भवन विभागका महानिर्देशक मचाकाजी महर्जन तथा  जिल्ला नापी कार्यालय र विद्युत् कार्यालयका प्रमुखले आआफ्ना कार्यालयले गर्नुपर्ने जिम्मेवारी र प्रगति विवरण प्रस्तुत गरे।

उनीहरूले राष्ट्रिय गौरवको अस्पताल निर्माणका लागि स्थानीयवासीलगायत सबैको सहयोग र समन्वय रहेको तथा भक्तपुरकै मुहार फेरिने भएकाले कहिले निर्माण हुन्छ भनेर आतुरका साथ प्रतीक्षा गरिरहेको बताए ।

उक्त अस्पतालका लागि सल्लाघारीदेखि दुवाकोट, खड्काडील र मुलपानी सडक १२ देखि १४ मिटर चौडाइका दुई प्याकेजमा पहुँच मार्ग निर्माणका लागि ठेक्का लागेर काम अघि बढिरहेको जानकारी दिएका थिए।

मुलुककै स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार ल्याई प्रगति हासिल गर्ने हेतुले अघि सारिएको अस्पताल निर्माणमा स्थानीय, जनप्रतिनिधि सरोकार निकाय सबैको सहयोग र समन्वयको खाँचो औँल्याउँदै अन्तर्क्रियामा सहभागी वक्ताले विकास र समृद्धि सबै पक्षको सहयोगमा जोड दिएको थियो ।

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १९:३९
##minister #mohanbahadurbasnet #changunarayan #bhaktapur
प्रतिक्रिया दिनुहोस्
थप समाज
जीवनलाई स्वस्थ, सुन्दर र खुशी तुल्याउने चाबी आफैसँग हुन्छ :
जीवनलाई स्वस्थ, सुन्दर र खुशी तुल्याउने चाबी आफैसँग हुन्छ : शनिबार, पुस १९, २०८२
आज तमु ल्हाेसार पर्व
आज तमु ल्हाेसार पर्व मंगलबार, पुस १५, २०८२
महालक्ष्मी विकास बैंकले कहाँ, कति र कस्ता कार्यहरु गरिरहेका छन्?
महालक्ष्मी विकास बैंकले कहाँ, कति र कस्ता कार्यहरु गरिरहेका छन्? मंगलबार, पुस ८, २०८२
हाम्रो मौलिक परम्परा जोगाउनुपर्छ
हाम्रो मौलिक परम्परा जोगाउनुपर्छ सोमबार, पुस ७, २०८२
बैंकर नारायणदास मानन्धरको निधन
बैंकर नारायणदास मानन्धरको निधन आइतबार, मंसिर २२, २०८२
लुकेका लोकप्रिय कथाहरू लोकार्पित
लुकेका लोकप्रिय कथाहरू लोकार्पित शनिबार, मंसिर २१, २०८२
गीत-गंगा भवन उद्घाटन
गीत-गंगा भवन उद्घाटन शुक्रबार, मंसिर २०, २०८२
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना बिहीबार, मंसिर १९, २०८२
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई....
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई.... शनिबार, मंसिर १४, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ जाडोलाई तह लगाउँने ११ उपाय
  • नंः ३ आज तमु ल्हाेसार पर्व
  • नंः ४ जीवनलाई स्वस्थ, सुन्दर र खुशी तुल्याउने चाबी आफैसँग हुन्छ :
विचार
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्