Top Navigation
  • Contact
Main Navigation
मंगलबार, भदौ १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, भदौ १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • भरतपुर महानगरपालिकाले मनायो अन्तर्राष्ट्रिय युवा दिवस
भरतपुर महानगरपालिकाले मनायो अन्तर्राष्ट्रिय युवा दिवस (भिडियाे सहित)
रासस
रासस शनिबार, साउन २७, २०८०

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सिर्जना र क्षमता राष्ट्रका पक्षमा प्रयोग गर्न युवालाई अपिल गरेको छ।

चितवनको भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय युवा दिवस, २०२३ का अवसरमा आयोजना गरेको सप्ताहव्यापी समापन कार्यक्रममा प्रधानमन्त्री दाहालले स्वदेश र विदेशमा रहेका लाखौँ युवालाई देशभित्रै विकास निर्माणका कार्यमा जुटन आग्रह गरेको हो।

प्रधानमन्त्री दाहालले आउने दिनमा नेपालले कोल्टे फेर्दै जाने र विकासले गति लिने विश्वास व्यक्त गर्दै उनले भने, “नेपालमा हर हालतमा सुशासन, बेथिति र भ्रष्टाचारको अन्त्य हुनैपर्छ, तल परेको समुदायलाई माथि ल्याउने कार्यक्रम ल्याउनुपर्छ।”

youth day 20231691837795.jpg

नेपाली युवाभित्र अन्तरनीहित सिर्जनात्मक क्षमता र प्रतिभालाई देशको आर्थिक विकास र समृद्धिका निम्ति कसरी सदुपयोग गर्ने भन्नेमा आफ्नो ध्यान गएको उनले बताएका हुन् । प्रधानमन्त्री दाहालले भने, “प्रधानमन्त्रीको हैसियतमा केही दिनदेखि लगातार नै विदेशमा जाने युवा श्रमिकको हकहितको संरक्षण कसरी गर्ने भन्ने विषयमा लागिरहेको छु।”

आफूले युवाका निम्ति योगदानमा आधारित सुरक्षा कार्यक्रम घोषणा गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यसमा आजसम्म आउँदा झन्डै तीन लाख विदेशमा रहेका श्रमिक आबद्ध भइसकेको जानकारी आफूलाई प्राप्त भएको बताए।

विदेश जाने युवालाई सुरक्षित र सम्मानजनक कामका अवसरका लागि कसरी वातावरण निर्माण गर्ने भन्ने चुनौती रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो। प्रधानमन्त्री दाहालले भने, “जबसम्म देशभित्र नै युवाका निम्ति उपयुक्त रोजगारीको वातावरण बन्दैन, तबसम्म युवा पलायनको स्थिति रोकिँदैन।” प्रधानमन्त्रीको हैसियतले आफ्नो ध्यान रणनीतिक गृहकार्य गर्दै ठूला विकासका परियोजना कसरी देशभित्र विकास गर्ने भन्नेतर्फ केन्द्रित रहेको उनले बताए।

भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफ्नो गम्भीर कुराकानी भएको उल्लेख गर्दै उनले प्राकृतिक खेती या उत्पादन वृद्धि गर्ने सबै प्रविधिको सदुपयोग र सहकार्य गर्नेबारेमा केही समझदारी बनेको बताए ।

प्रधानमन्त्री दाहालले भने, “मैले नेपालकोतर्फबाट एउट टोली छिट्टै भारत पठाउँदैछु । कृषि उत्पादन वृद्धि गर्नका निम्ति र सहकार्यका निम्ति।” नेपालमा मल कारखाना निर्माण गर्नेबारे सैद्धान्तिक सहमति गरेको उनले जानकारी दिए।

अहिले भारत र बङ्गलादेशसँग जलविद्युत्का सम्बन्धमा सहमति भएको प्रधानमन्त्री दाहालले बताउँदै उनले भने, “छिट्टै काठमाडौँमा विशेष समारोहसहित घोषणा गर्दैछौँ ।” आफू इटाली जाँदा रोममा बङ्गलादेशका प्रधानमन्त्रीसँग कुरा हुँदा पनि नेपालको विद्युत् र कृषिका क्षेत्रमा लगानी गर्नसक्ने सम्भावनाबारे कुराकानी भएको उनले बताए ।

प्रधानमन्त्री दाहालले भने, “पहिलो पटक नेपालको इतिहासमा भारतको बाटो हुँदै बङ्गलादेशमा विद्युत् व्यापार गर्ने सहमति भएको छ।” आफू छिट्टै चीन भ्रमणमा जान लागेको उल्लेख गर्दै उनले चीन सरकार नेपालमा कृषि, पशुपालनसँगै ठूला आयोजनामा सहयोग गर्ने मनसायमा रहेको उनको भनाइ थियो । त्यसका साथै भौतिक पूर्वाधार र विद्युत्का क्षेत्रमा पनि केही नयाँ सहमति र समझदारी हुने स्थिति रहेको उनले बताए ।

“हामीले जसरी भारतसँग क्रस बोडर ट्रान्समिटर लाइन बनाएर विद्युत् हामीलाई चाहिने उताबाट ल्याउने र धेरै हुँदा उता दिने भन्ने बनाएका छौँ। अब चीनसँग पनि रसुवा नाकाबाट क्रसबोडर ट्रान्समिटर लाइन बनाउने कुरामा सहमति हुनेछ”, प्रधानमन्त्री दाहालले भने, “चीन भ्रमणको समयमा त्यसमा हस्ताक्षर हुने विश्वास छ ।”

आफू छिट्टै संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जान लागेको प्रधानमन्त्री दाहालले बताउँदै उनले भने, “त्यतिबेला पनि नेपालको कृषि, उद्योग, पर्यटन व्यवसायको विकासका निम्ती नै हाम्रो ध्यान केन्द्रित हुनेछ ।” अहिले ठूलाठूला परियोजनामध्ये बूढीगण्डकीदेखि कर्णाली चिसापानीलाई अगाडि बढाउनेबारेमा पनि सरकारले ठोस निर्णय गर्ने उनले बताए।

एउटै परियोजनाबाट १० हजार मेगावाट बिजुली उत्पादन गर्न सकियो भने ग्याम चेन्जर हुन्छ । उनले भने, “नेपालको अर्थतन्त्रमा ठूलो क्रान्ति ल्याउने परियोजना हुन सक्छ ।” बूढीगण्डकीको प्रक्रिया सुरु गर्न कार्यालयको उद्घाटन र अब छिट्टै शिलान्यास गर्ने र त्यसलाई पनि अघि बढाउने योजना रहेको प्रधानमन्त्री दाहालले  बताए ।

सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको नारालाई मुख्य नारा बनाएर काम कारबाही अघि बढाएको उनले बताए। सुशासन मात्रै नभएर जनताका प्रत्यक्ष सरोकारका विषयलाई सहजीकरण गर्न पनि सरकारका तर्फबाट लगातार प्रयास भइरहेको उनले उल्लेख गरे।

प्रधानमन्त्री र सबै मन्त्रीको बीचमा कार्य सम्पादनको सम्झौता गरिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले हरेक महिना प्रधानमन्त्रीसामु कार्यप्रगति प्रस्तुत गर्नैपर्ने बनाइएको बताउँदै उनले भने, “यी सबै पहलले परिणाम दिन थाल्ने छन्। बिस्तारै युवाका निम्ति देशभित्रै वातावरण बनाउने छ ।”

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले युवाका लागि महानगरपालिकाले विभिन्न काम गरेको उल्लेख गर्दै स्वदेशमै युवाले रोजगार पाउने अवस्थाको सिर्जना गर्न सबै लाग्नुपर्ने बताए ।

उपप्रमुख चित्रसेन अधिकारीले महानगरपालिकाले सप्ताहव्यापी कार्यक्रम गरेर युवामा ऊर्जा थपेको बताए भने सोही अवसरमा थारु, तामाङ, मगर र बोटे संस्कृति झल्किने नाचगान प्रस्तुत गरिएको थियो । सप्ताहव्यापी कार्यक्रमका उत्कृष्टलाई पुरस्कृतसमेत गरिएको थियो।

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १६:२८
##pushpakamaldahal #prachanda
प्रतिक्रिया दिनुहोस्
थप समाज
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण मंगलबार, भदौ १६, २०८३
शंकर ग्रुपले गरे ४ करोड सहयोग
शंकर ग्रुपले गरे ४ करोड सहयोग मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढीले क्षति पुर्याएको ढुङ्गेक्षेत्रको बाटो खुल्यो
भोटेकोशी बाढीले क्षति पुर्याएको ढुङ्गेक्षेत्रको बाटो खुल्यो मंगलबार, भदौ १६, २०८३
महाविपत्तिमा एकता अपरिहार्य
महाविपत्तिमा एकता अपरिहार्य बिहीबार, भदौ ११, २०८३
रसुवागढी–भोटेकोशी बाढीले देशैलाई रुवाए
रसुवागढी–भोटेकोशी बाढीले देशैलाई रुवाए बुधबार, भदौ १०, २०८३
कानुन कडा, बालिका किन असुरक्षित ?
कानुन कडा, बालिका किन असुरक्षित ? मंगलबार, भदौ ९, २०८३
तिशा शाक्यले चुमिन् १९औँ मिस नेवाः नेपाल उपाधि
तिशा शाक्यले चुमिन् १९औँ मिस नेवाः नेपाल उपाधि आइतबार, भदौ ७, २०८३
फोटो प्रदर्शनीमा घुइँचो
फोटो प्रदर्शनीमा घुइँचो बिहीबार, भदौ ४, २०८३
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए मंगलबार, साउन २६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
  • नंः २ विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
  • नंः ३ प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
  • नंः ४ प्राध्यापक, लेक्चरर र नर्ससहित इन्जिनियरहरूकाे आवेदन माग
  • नंः ५ नामी साप्ताहिक
विचार
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति प्रज्ज्वल घिमिरे
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन NamiNews- नामीन्यूज
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्