Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, असोज १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • युवाले नै नेपालको रुपान्तरण गर्ने हो : अर्थमन्त्री डा महत
युवाले नै नेपालको रुपान्तरण गर्ने हो : अर्थमन्त्री डा महत (भिडियाे सहित)
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, साउन २७, २०८०

ललितपुर । अर्थमन्त्री डा प्रकाशशरण महतले युवाले नै नेपालको रुपान्तरण गर्ने विश्वास व्यक्त गरेको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा संस्था सञ्जाल नेपाल (आयोन) द्वारा ललितपुरमा आज आयोजित कार्यक्रममा उहाँले नेपालको आर्थिक विकास र रुपान्तरणमा युवाको महत्त्वपूर्ण भूमिका रहेको बताएको हो।

“युवाले नै नेपालको रुपान्तरण गर्ने हो। विदेशमा सबै कुरा हुन्छ भन्ने सोचेर विदेश जाने मात्रै धारणा र सोच नबनाउनुस्, विदेशमाभन्दा नेपालमा नै धेरै काम गर्न सकिन्छ, नेपालमा धेरै कुरा गर्न बाँकी छ, कहाँ अवसर छ भनेर सुक्ष्म दृष्टिबाट सोचेर अवसर खोज्नुस्,“ अर्थमन्त्री डा महतले भने, “युवालाई विदेशिनबाट रोक्ने कसरी भन्ने अहिले महत्त्वपूर्ण बनेको छ। युवामा भएका क्षमता, योग्यता, सम्भावनालाई यही सदुपयोग गर्नु आवश्यक छ । अध्ययनका लागि विदेश जानुभयो भने पनि फर्कनु होला।”

नेपाली युवाले सफ्टवेयर बनाएर एक्सपोर्ट गरिरहेको बताउँदै डा महतले नेपालमा सूचना र प्रविधिका क्षेत्रमा काम गर्ने धेरै अवसर र सम्भावना रहेको तर्क इङ्गीत गर्दै उनले बजेटमा युवा उद्यमशीलाका लागि एक अर्ब रकम छुट्याएको बताउँदै युवालाई युवा स्वरोजगार कोष, मन्त्रालयमार्फत प्रस्ताव पेस गर्नसक्ने बताए ।

युवा उद्यमीलाई तीन प्रतिशत व्याजमा ऋण पाउने व्यवस्था रहेको बताउँदै डा महतले आयोनलाई सहजकर्ताको भूमिका निर्वाह गर्न आग्रह गरेका हुन्।

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले नेपालमा सन् २००४ देखि दिवस मनाउने परिपाटी सुरु भएको बताउँदै चौबिसौँ अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदा वार्षिक छदेखि ७ लाख युवा विदेशिने गरेको तथ्याङ्क रहेको बताउँदै उनले सरकारलाई उद्यमशीलताका लागि कार्यक्रम ल्याउन र सोहीअनुसार युवाका लागि आवश्यक बजेट व्यवस्थापन गर्न आग्रह गरे।

कार्यक्रममा ९२ वटा युवा संस्था आबद्ध रहेको युवा संस्था सञ्जाल नेपाल (आयोन)का तर्फबाट अध्यक्ष विकल राईले युवाका आवश्यकतालाई ध्यानमा राखेर तयार पारिएको मागपत्र हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १८:३१
##youthday #prakashsharanmahat
प्रतिक्रिया दिनुहोस्
थप समाज
चाड उपभोक्ताको कि व्यवसायीको ? 
चाड उपभोक्ताको कि व्यवसायीको ?  बिहीबार, असोज १५, २०८३
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो
चाडपर्व लक्षित सुपथमूल्य पसल खुल्यो मंगलबार, असोज १३, २०८३
पशुपतिमा पितृ पक्ष सुरु
पशुपतिमा पितृ पक्ष सुरु सोमबार, असोज १२, २०८३
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे
भक्तपुरमा पाँचौं पटक जिब्रो छेडे आइतबार, असोज ११, २०८३
कविता : अकालमै नआओस् मृत्यु 
कविता : अकालमै नआओस् मृत्यु  शनिबार, असोज १०, २०८३
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग आइतबार, असोज ४, २०८३
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग बुधबार, भदौ ३१, २०८३
हरितालिका तीज-२०८३ काे राैनकता
हरितालिका तीज-२०८३ काे राैनकता सोमबार, भदौ २९, २०८३
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै 
प्राकृतिक विपत्तिः नागरिक मरिरहे, सरकार हेरेको हेर्‍यै  सोमबार, भदौ २९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ महाधिवेशन प्रतिनिधिमा मनिष मिश्र सर्वसम्मत चयन
  • नंः ५ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्