Top Navigation
Main Navigation
मंगलबार, असार ३१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, असार ३१, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • सामाजिक सद्भाव खल्बल्याउनेविरुद्ध सचेत रहनुपर्छ : उपप्रधान एवं रक्षामन्त्री खड्का
सामाजिक सद्भाव खल्बल्याउनेविरुद्ध सचेत रहनुपर्छ : उपप्रधान एवं रक्षामन्त्री खड्का
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, भदौ ८, २०८०

भक्तपुर । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले केही समययता विभिन्न बाहनामा मिलेर बसेको नेपाली समाजको सामाजिक सद्भाव खल्बल्याउने गलत प्रवृत्ति देखा परेको भन्दै यस्तो प्रवृत्तिबाट सबै सचेत रहनुपर्ने बताएको छ।

चाँगुनारायण नगरपालिका-५ को नवनिर्मित वडा कार्यालय भवन र स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले देशलाई सामाजिक एवं राष्ट्रिय एकताको एउटै सुत्रमा बाँधेर अगाडि लैजानु जरुरी रहेको स्पष्ट पारेको हो।

सदियौँदेखि देशमा विभिन्न भूगोल र समाजमा विभिन्न जातजाति, भाषाभाषी, वर्ग, धर्म, सांस्कृतिक परम्परा एकतामा बाँधिएको उल्लेख गर्दै उनले यस्तो एकता खलबल्याउने, समाज भाँड्ने काम कहीँकतैबाट हुनु नहुनेमा जोड दिएका हुन्।

“देशमा सबै जातजाति, भाषाभाषी, कला, संस्कृति, धर्म, भूगोल, सबै नेपालीबीच सदियौँदेखि एकताबद्ध छ, कुनै जातजाति, भाषा, धर्म, संस्कृति, वर्गको नाममा द्वन्द्व छैन,” उपप्रधानमन्त्री खड्काले भने, “यो वा त्यो बहानामा जातीय तथा साम्प्रदायिक द्वन्द्वको सृजनालाई प्रश्रय दिने काम भइरहेको छ, त्यसतर्फ सबै सचेत भएर एकताको बलमा देशको सार्वभौमिकता, अखण्डतालाई कायमै राख्दै जनताको विकासको आकाङ्क्षालाई पूरा गर्न एक भएर लाग्नुपर्छ।”

Nepal Oil Corporation

सङ्घ, प्रदेश र स्थानीय तहको सरकार मिलेर राष्ट्रिय एकतालाई कायम राख्दै विकासको अभियानलाई पूरा गर्न सरकार, जनप्रतिनिधि र जनता एकताबद्ध भएर अगाडि बढ्नुपर्ने उनले बताए ।

विकासका लागि विभिन्न तहका सरकारबाट बजेटको समन्वय गरेर आवश्यकताको पहिचान गरी एउटै आयोजनामा दोहोरो बजेट नपर्ने गरी व्यवस्थित रुपमा विकासका योजना अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।

जनप्रतिनिधिलाई कुनै पनि किसिमको लोभबाट मुक्त हुन निर्देशन दिँदै उपप्रधानमन्त्री खड्काले भने, “तपाईंहरु सबै लोभ र मोहबाट मुक्त हुनुहोस्, लोभ र मोहबाट मुक्त हुन सके डरमुक्त हुन्छ, भयमुक्त हुन्छ, तब देशमा भ्रष्टाचार नियन्त्रण हुन्छ र सुशासन आउँछ, त्यसैले यो अभियानमा हिँड्नुपर्छ ।”

देशको अर्थतन्त्र अहिले ऋणात्मक अवस्थामा रहेको भन्दै उनले सरकारले चाहेको जति बजेट छुट्याउन सक्ने अवस्था नरहेको पनि स्पष्ट पारे। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बजेट सुधारका लागि लागिरहनु भएको बताउँदै सरकारको ध्यान आर्थिक उन्नति भएको पनि स्पष्ट पारे।

उपप्रधानमन्त्री खड्काले भने, “जनताको ७० वर्षदेखिको त्याग र बलिदानबाट आजको उपलब्धि हासिल भएको हो । जनताकै मतबाट निर्वाचित भएर हामी आएका हौँ भन्ने भुल्नु हुँदैन ।”

उनले छालिङ जाने सडकका विस्तारदेखि स्मार्ट सिटी निर्माणको निर्णय नहुँदा जनतामा परेको समस्याका बारेमा सम्बन्धित निकायसँग छलफल गरी समस्याका निकास निकाल्न पहल गर्ने बताए ।

सांसद एवं नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले समृद्ध नेपाल बनाउने सङ्कल्पका साथ अगाडि बढेको बताउँदै यहाँको सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए ।

उनले शिक्षा, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकता र त्यसपछि सडकलाई प्राथमिकतामा राखेर जानुपर्ने औल्याउँदै यहाँको सडकको दुरावस्थाले कहाँ जाँदैछौ भनेर अन्योल बनाएको टिप्पणी गरे ।

सांसद थापाले भने, “आगामी चार वर्षभित्र यहाँको मात्रै होइन चाँगुको सबै बाटोले पूर्णता पाओस्, भत्केको पाटी नगरकोटले छिट्टै पूर्णता पाओस्, देकोचा चाँगुनारायण, साँखु सडक, खरिपाटी ब्यारेक मत्स्यनारायण सडकले छिटो पूर्णता पाउनुपर्छ।” उनले देशको आर्थिक स्थिति मजबुद बनाएर विकास अगाडि बढाउने प्रतिबद्धता सबै क्षेत्रबाट हुनुपर्नेमा जोड दिए।

बागमती प्रदेशसभाका पूर्वमन्त्री कृष्णलाल भँडेलले स्मार्ट सिटीको अवधारणाले गति नलिँदा यहाँ जग्गा कित्ताकाट रोकिएको र यसले यहाँका जग्गाधनीलाई समस्या भएको बताए।

महादेव खोला परियोजनाका नाममा आएको बजेटले भक्तपुरमा खानेपानी, सिँचाइ र विद्युत् उत्पादनमा समेत ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे।

बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले वडा कार्यालय र स्वास्थ्य चौकीले सुविधा सम्पन्न नयाँ भवन पाएजस्तै जनताले पाउने सेवामा पनि सुविधा र गुणस्तरीय हुनुपर्ने धारणा राखे।

काठमाडौँ उपत्यका विकास प्राधिकरणकी प्रमुख जानुका ढकालले छालिङ जाने सडकको दुरावस्था प्राधिकरणकै कारण ढिला भएको भन्दै स्मार्ट सिटी स्वीकृत भए यो ठाउँ नयाँ सहरका रुपमा विकास हुने बताए ।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरपालिकाले चालु आवमा विनियोजन गरेको १ अर्ब ७९ करोड बजेटमध्ये अधिकांश विकासमै खर्च गर्ने बताए। उनले यहाँको बाटोको अवस्था देख्दा दुःख लागेको बताउँदै चाँगुनारायणको आर्थिक, पूर्वाधार, पर्यटनको विकास गरी सुविधा सम्पन्न नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गरे ।

नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिको क्षेत्रको विकासमा नगरपालिकाले योजनाहरु अगाडि बढाइरहेको बताउँदै जनताको माग र सुझावका आधारमा जनप्रतिनिधि अगाडि बढेको विश्वास व्यक्त गरे।

वडा नं ५ का वडाध्यक्ष जयन्द्र खड्काले नेपाली सेनाको ब्यारेकदेखि छालिङ जाने सडक विस्तारमा सेनाले आफ्नो सिमानामा पर्खाल लगाइदिए आगामी दशैँ अगाडि फुटपाथसहितको सडक निर्माण सम्पन्न गरिसक्ने बताए ।

यस वडाको ७० किलोमिटर सडक वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको भन्दै तीन तहकै सरकारको बजेटले प्राथमिकतामा राखिदिए यस क्षेत्रलाई समृद्ध बनाउन सकिने उनको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १७:०५
##purnabahadurkhadka #bhaktapur #changunarayan
प्रतिक्रिया दिनुहोस्
थप समाज
बिक्रम भक्त जोशी ।। एउटै कृतिवाट व्यापक चर्चामा आएका नेपाली लेखक ।।
बिक्रम भक्त जोशी ।। एउटै कृतिवाट व्यापक चर्चामा आएका नेपाली लेखक ।। आइतबार, असार २९, २०८२
बीस वर्षमा विहे गर्नु, तीस वर्षमा तीन बच्चा जन्माउनु
बीस वर्षमा विहे गर्नु, तीस वर्षमा तीन बच्चा जन्माउनु शुक्रबार, असार २७, २०८२
उदयपुरकाे बेलकामा मोटरसाईकल दुर्घटनामा परी एककाे मृत्यु
उदयपुरकाे बेलकामा मोटरसाईकल दुर्घटनामा परी एककाे मृत्यु बिहीबार, असार २६, २०८२
झापामा सवारी दुर्घटनामा हजुरबुबा र नातीसहित तीन जनाको मृत्यु
झापामा सवारी दुर्घटनामा हजुरबुबा र नातीसहित तीन जनाको मृत्यु बिहीबार, असार २६, २०८२
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती बिहीबार, असार २६, २०८२
सुदूरपश्चिम, बागमती, लूम्बिनी र कोशी प्रदेशमा भारी वर्षाकाे पूर्वानुमान
सुदूरपश्चिम, बागमती, लूम्बिनी र कोशी प्रदेशमा भारी वर्षाकाे पूर्वानुमान बिहीबार, असार २६, २०८२
रसुवा बाढी- नौ जनाको शव फेला, १९ अझै बेपत्ता
रसुवा बाढी- नौ जनाको शव फेला, १९ अझै बेपत्ता बुधबार, असार २५, २०८२
बाढीले उपल्लो मुस्ताङमा चार पुल बगायो, २ पुलमा क्षति
बाढीले उपल्लो मुस्ताङमा चार पुल बगायो, २ पुलमा क्षति बुधबार, असार २५, २०८२
तीन प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान
तीन प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान बुधबार, असार २५, २०८२
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ मेरो कार्यकालमा आमूल परिवर्तन हुन्छ, त म भन्दिन, तर सकारात्मक परिवर्तनहरु भएको देख्न सक्नुहुनेछ : नगर प्रमुख श्रेष्ठ
  • नंः २ बिक्रम भक्त जोशी ।। एउटै कृतिवाट व्यापक चर्चामा आएका नेपाली लेखक ।।
  • नंः ३ उदयपुरकाे कुन पालिकामा एसइई नतिजा कस्ताे?
  • नंः ४ उदयपुरकाे त्रियुगा नदीमा बेपत्ता युवाकाे शव फेला
  • नंः ५ उदयपुरकाे त्रियुगा नदीमा नुहाउने क्रममा एक बेपत्ता
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्