जाजरकोट । जाजरकोटलाई विद्युतीकरण गर्नका लागि ३ अर्बको ठेक्का गरिएको छ ।
जिल्लाको कुशे गाउँपालिकाको समाइला, पश्चिम जाजरकोटको वडावन लगाएतका ठाउँमा नयाँ सव स्टेशन निर्माण गर्नका लागि तीन अर्बको नयाँ ठेक्का खोलिएको हो।
भेरी नगरपालिकाको कुदुमा नयाँ सव स्टेशन निर्माण भइसकेको छ । त्यस्तै पुर्वी जाजरकोट सहित तल्लो डोल्पासम्म विद्युतीकरण गर्नका लागि नलगाडको चोखामा सव स्टेशन निर्माण कार्य जारी रहेको छ ।
बारेकोट, कुशे गाउँपालिकामा विद्युतकरण गर्नका लागि समाइला सव स्टेशन निर्माण गर्न ठेक्का खोलि कामको सुुरुवात हुने तरखरमा रहेको छ।
त्यस्तै पश्चिको छेडागाड, शिवालय र जुनिचाँदेमा विद्युतीकरण गर्नका लागि वडावनको सव स्टेशनबाट काम हुने भएको छ। जिल्ला भएको विद्युतीकरणका विषयमा बोल्दै नेपाल विद्युत प्राद्यिकरण जाजरकोटका प्रमुख अविशेकराज कलुवारले बताए।
प्रकाशित मिति: शनिबार, भदौ ९, २०८० १६:५७