Top Navigation
Main Navigation
शनिबार, पुस १९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, पुस १९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • फेसियल हाउसको महिला सशत्तिकरण विचार गोष्ठी सम्पन्न
फेसियल हाउसको महिला सशत्तिकरण विचार गोष्ठी सम्पन्न
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, भदौ २८, २०८०
 

काठमाडौं । फेसियल हाउसले महिला सशत्तिकरण विचार गोष्ठी तथा तिज विशेष कार्यक्रम भव्य रुपमा मनाएको छ। कम्पनीले आफ्नो उपत्यकाभित्रका विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयमा आबद्ध महिला कर्मचारीहरुलाई सहभागी गराई कार्यक्रम आकर्षक रुपमा मनाएको हो ।

कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता चौधरीले फेसियल हाउससँगको आफ्नो सम्बन्ध लामो समयदेखि भएको स्मरण गराइन । कार्यक्रममा उनले सुन्दर हुन सबैलाई मन लाग्ने भन्दै आफुपनि सुन्दर हुन फेसियल हाउस आउने गरेको स्मरण गरिन् । कार्यक्रममा फरक प्रसंगमा उनले फेसियल हाउसमा सीसि क्यामेरा राख्नु गलत नभएको धारणा राखनि । त्यो सेवाग्राही कै लागी उपयोगी हुने धारणा राखिन ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले जब सम्म आर्थिक रूपका सशक्तीकरण हुदैन तबसम्म महिला सशक्तीकरण नहुने धारणा राखिन् । महिलाहरूमा हिम्मत भएका कारण निजी क्षेत्रमा समेत अग्रस्थानमा रहँदै आएको बताइन् । उनले राम्रो काम गर्नेको पक्षमा आफु सँधै रहने गरेको जानकारी गराइन । उनले फेसियल हाउसले सँधै राम्रो काम गर्ने गरेको र आफुसँधै फेसियल हाउसका साथमा रहेको बताइन् ।

कार्यक्रममा कर्पोरेट खबरका सञ्चालक उज्जवलजंग शाहले अहिले नेपालमा जुनसुकै काम गर्न पनि निकै कठिन रहेको बताए । अहिले निजी क्षेत्रलाई चौतर्फी रुपमा गिराउने कोशिस भईरहेको समेत जानकारी गराए । शाहले दैनिक हजारौं युवा रोजगारीका लागि विदेश जाने गरेको भन्दै केटाले मात्र कपाल काट्ने नभएर केटीले पनि कपाल काट्नुलाई पेशाको रुपमा बदल्न आवश्यक रहेको बताए ।

कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले आफु सँस्कृती जोगाउन सँधै लागी पर्ने बताए । उनले आफुले जेलमा बसेको बेलामा पनि गीत गाउने गरेको जानकारी गराए । कार्यक्रममा उनले आफ्नो प्रेम सम्बन्धको बारेमा पनि खुलासा गरे । नेता चौधरीले श्रीमती रञ्जितलाई भगाउँदा गोजीमा ५० रूपैयाँ पैसा भएको खुलासा गरे ।

कार्यक्रममा हाउसकी प्रमुख कार्यकारी अधिकृत सुष्मा महराले तीज आउने बितिकै महिलाहरू व्यस्त हुने गरेको बताइन् । उनले फरक प्रसंगमा महिलाको दुश्मन महिला नै हुने गरेको बताइन् ।

उनले देशमा अहिले देखिएको आर्थिक मन्दीको असरले देशलाई समस्यामा पार्ने बताइन् । उनले आफुले धेरै मानिसलाई रोजगारी दिएको स्मरण गर्दै अनाहकमा पाउने दुःख, झन्झटले गर्दा मानिसलाई रोजगारी दिने क्षेत्रमा लगानी बढाउनु आफ्नो गल्ती हो की भन्ने जस्तो लाग्ने गरेको बताइन् ।

उक्त कार्यक्रम चाबहिलको केएल टावरमा आयोजना भएको थियो । कार्यक्रममा राप्रपाका नेता पशुपतिशमशेर जबरा भूमि व्यवस्था सहकारी तथा गरिबी मन्त्री रञ्जिता चौधरी ,फेसियल हाउसका सञ्चालक सुषमा महरा, कर्पोरेट खबरका सञ्चालक उज्जललजंग शाह , नेपाल उद्योग वार्णजय महासंघका निवर्तमान अध्यक्ष भवानी राणा, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी, तथा महिलाहरूको उपस्थिति थियो । कार्यक्रममा फेसियल हाउसले मन्त्री चौधरी र उनको श्रीमान तथा नेउपाका नेता रेशम चौधरीलाई पुरस्कार दिएको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १९:५१
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज तमु ल्हाेसार पर्व
आज तमु ल्हाेसार पर्व मंगलबार, पुस १५, २०८२
महालक्ष्मी विकास बैंकले कहाँ, कति र कस्ता कार्यहरु गरिरहेका छन्?
महालक्ष्मी विकास बैंकले कहाँ, कति र कस्ता कार्यहरु गरिरहेका छन्? मंगलबार, पुस ८, २०८२
हाम्रो मौलिक परम्परा जोगाउनुपर्छ
हाम्रो मौलिक परम्परा जोगाउनुपर्छ सोमबार, पुस ७, २०८२
बैंकर नारायणदास मानन्धरको निधन
बैंकर नारायणदास मानन्धरको निधन आइतबार, मंसिर २२, २०८२
लुकेका लोकप्रिय कथाहरू लोकार्पित
लुकेका लोकप्रिय कथाहरू लोकार्पित शनिबार, मंसिर २१, २०८२
गीत-गंगा भवन उद्घाटन
गीत-गंगा भवन उद्घाटन शुक्रबार, मंसिर २०, २०८२
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलद्वारा शुभकामना बिहीबार, मंसिर १९, २०८२
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई....
महानायक हमालले पाकिस्तानका पूर्व परराष्ट्र मन्त्री जिलानीकाे भेटमा सम्झे आफ्ना पितलाई.... शनिबार, मंसिर १४, २०८२
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम
‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ नारासहितकाे वाकाथन कार्यक्रम बुधबार, मंसिर ११, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नागरिक लगानी कोष र मौलाकालिका अस्पतालबीच सम्झौता
  • नंः २ जाडोलाई तह लगाउँने ११ उपाय
  • नंः ३ नागरिक लगानी कोषको वार्षिक साधारणसभाकाे मिति ताेकियाे
  • नंः ४ आज तमु ल्हाेसार पर्व
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्