Top Navigation
Main Navigation
बिहीबार, भदौ २६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, भदौ २६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • द्वन्द्वपीडित भन्छन्: कहिलेसम्म पाइएला न्याय ?
द्वन्द्वपीडित भन्छन्: कहिलेसम्म पाइएला न्याय ?
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, असोज १८, २०८०

जनकपुरधाम । धनुषाको विदेह नगरपालिका-४ ढाडीकी शर्मिला खातुनलाई सशस्त्र द्वन्द्वको समय अर्थात् करिब १९ वर्षअघि रहरलाग्दो परिवार तहसनहस भएको घटना सम्झिन नपरे हुन्थ्यो जस्तो लाग्छ । तर झन्पछि झन् कष्टपूर्ण बन्दै गएको जीवन भोगाइले त्यो घटनालाई बिर्सिनै दिँदैन।

तीन सन्तान, आफू र श्रीमान्। अभाव र कष्टका बीच पनि जसोतसो परिवार चलिरहेकै थियो। ठूला सपना थिएनन्। लालाबाल हुर्काउने र सुखले दुई छाकको गर्जो टार्नमै खुसी थियो खातुन परिवार। देशमा सशस्त्र द्वन्द्व चलिरहेको थियो तर सर्मिलाको परिवारलाई त्यसबारे बुझ्ने फुर्सद नै थिएन । त्यसैले त शर्मिलाले द्वन्द्वले आफ्नो परिवार तहसनहस होला भनेर कल्पना पनि गरेको थिएन। तर त्यही सशस्त्र द्वन्द्व खातुन परिवार तहसनहस हुने कारण बन्यो।

“विसं २०६१ को समय थियो। एकदिन रातको ३र४ बजेको हुँदो हो । एकाएक घर थर्केको आवाज आयो। चिहाएर हेर्दा त तत्कालीन राज्य पक्षका सेनाहरुले घर घेरिरहेका थिए। एकछिनपछि श्रीमान्लाई पक्रेर लगे। कुटपिट गरे। त्यही दिन दिउँसो गोली हानेर मारे। त्यसपछिको अवस्था म सम्झिन पनि चाहँदिन”, खातुनले भावविह्वल हुँदै भने।

द्वन्द्वपीडित खातुनले श्रीमान् गुमाएपछि तीन सन्तानको पालनपोषणका लागि गरेको सङ्घर्ष त झन् कहालीलाग्दो छ । “पहिले त श्रीमानले परिवार चलाउँथे । मलाई त केही काम गर्न पनि आउँथेन। उहाँ (श्रीमान्) नरहेपछि कवाडी टिपें, माछा मारेर गुजारा गरें, नून तेल पनि मागेर खानुपर्ने दिन आयो । सबैका छोराछारी स्कूल जान्थे तर मैले छोराछोरीलाई पढाउन पनि सकिन”, खातुनले गहभरि आँसुपार्दै पीडा सुनाए, “सरकारले पटकपटक गरी सहिद परिवारले पाउने १० लाख नदिएको होइन तर त्यो पैसाले पाँच धुर जमिन किनेर ओतलाग्ने टहरो बनाएँ। हातमुख जोर्नका लागि सङ्घर्ष गर्नुपर्ने बाध्यताबाट कहिल्यै छुटकारा पाइएन । गरिखाने केही सीप सिकाइदिएको भए त यस्तो हुन्थेन होला।”

Nepal Oil Corporation

त्यसैगरी जनकपुधाम उपमहानगरपालिका-१० देवीचोक निवासी विमला देवीलाई २०६० असोज २१ गतेको घटनाले बारम्बार झस्काइरहन्छ। गोदार घटनाको नामले परिचित त्यो घटनामा विमला देवीका २४ वर्षिय छोरा सञ्जिवसहित पाँच जना मारिएका थिए।

त्यस्तै सिरहाको लहान-१ का नैनीलाल रामले पनि आफ्नी छोरी सरिताकुमारी रामको मृत्युको पीडा अहिले पनि बिर्सिएको छैन। आठ कक्षा पढ्दै गरेकी छोरी सरिताले तत्कालीन विद्रोही पक्षले २०५९ मङ्सिर १८ गते लहानस्थित इलाका प्रहरी कार्यालय र बैंक कब्जा गर्ने क्रममा प्रहार गरेको बम बिस्फोटमा परी ज्यान गुमाउनु परेको थियो। अबोध नाबालिक छोरीले ज्यान गमाउनु परेको त्यो घटनाले अहिले पनि नैनीलाललाई चैनले बाँच्न दिएको छैन।

द्वन्द्व पीडितको क्षेत्रमा कार्यरत संस्थाहरुका अनुसार सिरहामा त्यसरी द्वन्द्वबाट प्रभावितहरुको सङ्ख्या करिब तीन सय रहेको छ। समग्र जनउत्थान केन्द लहानले जिल्लाको लहान, धनगढीमाई र कर्जना नगरपालिकामा मात्रै १ सय ७७ परिवार द्वन्द्वपीडित रहेको जनाएको छ। ती अधिकांश पीडित परिवारमध्ये श्रम गरेर लालनपालनको जिम्मेवारी सम्हालिरहका घरमुली नै गुमाएकाहरुको अवस्था समयक्रममा सुधार हुनुको सट्टा दयनीय बन्दै गएको सो संस्थाका अध्यक्ष रामभरोसी महतोको भनाइ छ।

“दिगो शान्ति र द्वन्द्व प्रभावितहरूको न्यायको सुनिश्चितता गर्न राज्यद्वारा गठन हुने सङ्क्रमणकालीन संयन्त्रहरूले प्रभावकारी भूमिका खेल्न नसक्दा द्वन्द्व प्रभावितहरुका सवाल ओझेलमा परेको छन्”, महतो भन्छन्, “द्वन्द्व पीडितको न्याय र राहतसँग जोडिएका विषयलाई तार्किक निष्कर्षमा पु¥याउन फेरि एकपटक वास्तविक पीडितहरुको तथ्याङ्क सङ्कलन र अवस्था विश्लेषणको काम गर्न अपरिहार्य छ । त्यसका लागि तीनै तहका सरकारहरु जिम्मेवार बन्नुपर्छ।”

सिरहामा जस्तै धनुषामा १० वर्षे द्वन्द्वका क्रममा बेपत्ता र सहिद परिवार गरी १ सय ८५ द्वन्द्वपीडित परिवार रहेको द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल धनुषाको तथ्याङ्क छ। यसरी द्वन्द्व प्रभावित यहाँका सयौं परिवार द्वन्द्वको शान्तिपूर्ण रुपान्तरण भएको १७ वर्ष बितिसक्दा पनि उचित न्याय, परिपूरण र व्यवस्थापन नहुँदा थप निराश बनेको सो सञ्जालका कार्यक्रम संयोजक समिता तामाङको भनाइ छ।

“द्वन्द्व सकिएको पनि १७ वर्ष भइसकेको छ। यसबीचमा केही परिवारले शोकलाई शक्तिमा बदल्ने प्रयास गर्नुभएको छ भने कतिपयले आम्दानी गर्ने मुख्य सदस्य नै गुमाएकाले जीविका चलाउन जोखिमपूर्ण काम गर्नु परेको छ। उहाँहरुको दयनीय अवस्थाले १७ वर्षअघिका ती घटनाहरुका घाउलाई थप चह¥याउने काम गरेको छ”, तामाङले भने, “देशमा परिवर्तनका लागि भएको द्वन्द्वमा ज्यान गुमाएका ती परिवारलाई बिहान बेलुकाको छाक टार्नसमेत धौ धौ छ। राज्यले गम्भीरतापूर्वक लिनुपर्ने थियो तर लिएन । त्यसकारण द्वन्द्वको घाउ अहिले पनि निको हुन सकेको छैन।”

नेपालको सशस्त्र द्वन्द्वलाई नजिकबाट बुझेका लेखक तथा विश्लेषक राजेश विद्रोहीले विद्रोही पक्ष नै पटकपटक सत्तामा गए पनि दिगो जीविकोपार्जनका लागि काम गर्नुको सट्टा पीडितहरुको एकिन तथ्याङ्कसमेत राख्न नसकेकामा दुःख व्यक्त गरे।

“सयौं नागरिक घरवारविहीन, अङ्गभङ्ग र घाइते छन्। धेरैलाई गाँस, बाँस, कपास र न्यूनतम् स्वास्थोपचारका लागि पनि निकै सङ्घर्ष गर्नु परिरहेको छ”, विद्रोही भन्छन्,“तर राज्यले पीडितलाई न्याय दिनुको सट्टा वास्तविक तथ्याङ्कसमेत सङ्कलन गर्न सकेको छैन। त्यसैले द्वन्द्व प्रभावितको नाममा फर्जी कागजात मिलाउन सक्ने टाँठाबाँठाले सेवा सुविधा उपभोग र अवसरको दुरुपयोग गरिरहेका छन्।”

उनी द्वन्द्वको घाउ मेट्नका लागि सरकारले ठोस प्याकेजसहितको कार्यक्रम लागू गर्न धेरै ढिला भइसकेको भन्दै सङ्क्रमणकालीन न्यायसँग जोडिएका विषयलाई थप गिजोल्न नहुने बताउँछन्।

त्यसैगरी जिल्ला समन्वय समिति धनुषाका संयोजक राजनन्दन मण्डलले सशस्त्र द्वन्द्वले सबैभन्दा बढी असर महिला र बालबालिकाले भोग्नुपरेको भन्दै द्वन्द्व प्रभावित महिलाका प्राथमिकता र आवश्यकतालाई परिपूरणको माध्यमबाट पूरा गर्नुपर्ने बताए। सरकारले द्वन्द्व प्रभावित परिवारलाई पटकपटक राहत दिए पनि जीवन निर्वाहका लागि आवश्यक सीप र स्थायी सामाधानको उपाय नखोज्दा पीडित महिलाहरुको अवस्था कारुणिक रहेको मण्डलको धारणा छ।

अधिकारकर्मी समिता तामाङले द्वन्द्वबाट पीडित तथा प्रभावित महिला र बालिकाको समष्टिगत आवश्यकतालाई सम्बोधन गर्दै आत्मसम्मानपूर्वक जीवनयापन गर्नसक्ने वातावरण सुनिश्चितत गर्ने उद्देश्यले सुरु भएको महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद् प्रस्ताव नं १३२५ र १८२० को कार्यान्वयनसम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजनाको मर्मअनुसार काम गरेमा धेरै समस्या समाधान हुने विश्वास व्यक्त गरे।

“पहिलो चरणको कार्ययोजनाले द्वन्द्व पीडित महिलाका महत्वपूर्ण सवालहरुलाई सम्बोधन गर्न बाँकी रहेकाले दोस्रो कार्ययोजना लागू भएको छ तर एक वर्ष बितिसक्दा पनि स्थानीय तहले गम्भीरतापूर्वक त्यसको कार्यान्वयनमा ध्यान दिएको देखिदैन। त्यसैले अन्तिम अवसरका रुपमा रहेको यस कार्यक्रमबाट अधिकतम् लाभ लिने गरी सम्पूर्ण सरोकारवालाले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ”, तामाङले ध्यानाकर्षण गराए।

नेपालमा उल्लेखित विषयसँग सम्बन्धित पहिलो चरणको कार्ययोजना २०६७/६८ देखि २०७१/७२ सम्म कार्यान्वयन गरिएको थियो तर कार्ययोजनाले प्रस्ताव नं. १३२५ का केही र १८२० को अधिकांश मुद्दाहरु विषेशगरी द्वन्द्वको समयमा यौनजन्य हिंसामा परेका पीडितहरुको मुद्दालाई सम्बोधन गर्न नसकेकाले अन्तिम पटकका लागि दोस्रो राष्ट्रिय कार्ययोजना ९२०७९/८० देखि २०८१/८२० कार्यान्वयनमा ल्याइएको सरोकारवालाको बुझाइ छ।

प्रस्ताव नं. १३२५ द्वन्द्वको समय र तत्पश्चात्को सङ्क्रमणकालीन अवस्थामा महिला र बालिकामाथि हुने विभिन्न प्रकारका हिंसा, विभेद र जोखिम न्यूनीकरणसँग सम्बन्धित छ। ती विषयलाई सम्बोधन गर्न तथा शान्ति निर्माणको प्रक्रियामा पीडितहरुको सहभागिता प्रवद्र्धनका लागि संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषदबाट ३१ अक्टोबर सन् २००० मा सो प्रस्ताव पारित गरिएको थियो।

त्यसैगरी प्रस्ताव नं १८२० पनि द्वन्द्व र तत्पश्चात्को सङ्क्रमणकालीन अवस्थामा लैंङ्गिक तथा यौनजन्य हिंसाका घटनाहरुबाट प्रभावित महिला र बालिकाहरुको सुरक्षा एवं पीडितहरूको विशेष आवश्यकतालाई सम्बोधन गर्न संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद्बाट १९ जुन २००८ मा पारित भएको थियो ।

द्वन्द्व प्रभावित एवं गणेशमान चारनाथ नगरपालिका धनुषाका प्रमुख जीतनारायण यादवले द्वन्द्व प्रभावित परिवार, महिला तथा बालबालिकाको आवश्यकतासँग जोडिएको सङ्क्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने भन्दै आफ्नो पालिका दोस्रो कार्ययोजना कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताए।

त्यसैगरी जनकपुरधाम उपमहानगरपालिका उपप्रमुख किशोरी साह पनि द्वन्द्व पीडित तथा प्रभावित महिला र बालिकाहरूलाई लक्षित गरी आर्थिक, सामाजिक, राजनीतिकलगायत सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्न उपमहानगरले पनि सक्दो सहयोग गर्ने बताउँछन्।

दोस्रो कार्ययोजनामा द्वन्द्व पीडित महिलाहरुको सहभागिता, सुरक्षा र रोकथाम, राहत तथा परिपूरण र क्षमता विकास, स्रोत व्यवस्थापनजस्ता क्रियाकलापमार्फत समष्टिगत आवश्यकताहरुको सम्बोधनका लागि संयोजन गर्ने उद्देश्यले पालिका तहसम्म विभिन्न समिति रहने परिकल्पना छ ।

प्रदेशमा शान्ति सुरक्षा हेर्ने गृहमन्त्रीको संयोजकत्वमा प्रदेश निर्देशक समिति, कार्ययोजना कार्यान्वयन गर्ने निकायहरूबीच समन्वय गर्न जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा जिल्ला निर्देशक समिति, पालिका प्रमुखहरुको नेतृत्वमा कार्ययोजना कार्यान्वयन स्थानीय समिति र  पालिका उपप्रमुख, उपाध्यक्ष वा कार्यपालिकाका महिला सदस्यको संयोजकत्वमा ‘पीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यकता पहिचान’ उपसमिति गठन गर्ने व्यवस्था छ। तर अहिलेसम्म कुनै पनि तहले सोअनुसार गर्न सकेका छैनन्।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १२:१९
##armed #conflict
प्रतिक्रिया दिनुहोस्
थप समाज
अनिश्चितकालीन कर्फ्यू आदेश जारी
अनिश्चितकालीन कर्फ्यू आदेश जारी मंगलबार, भदौ २४, २०८२
मिसेस नेपाल वर्ल्ड-२०२५ को प्रतिस्पर्धामा ३० महिला छनाैट
मिसेस नेपाल वर्ल्ड-२०२५ को प्रतिस्पर्धामा ३० महिला छनाैट शनिबार, भदौ २१, २०८२
धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार
धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार बुधबार, भदौ १८, २०८२
उदयपुरका विद्यालयहरूमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण
उदयपुरका विद्यालयहरूमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण शनिबार, भदौ ७, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भगवान श्रीकृष्णको पूजाआराधना
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भगवान श्रीकृष्णको पूजाआराधना शनिबार, साउन ३२, २०८२
मिसेस नेपाल वर्ल्ड-२०२५ का लागि आवेदन खुल्ला
मिसेस नेपाल वर्ल्ड-२०२५ का लागि आवेदन खुल्ला मंगलबार, साउन २८, २०८२
जनताको विपदको साथी || नेपाल रेडक्रस सोसाइटी कागेश्वर मनोहरा उपशाखा भद्रवास आलापोट
जनताको विपदको साथी || नेपाल रेडक्रस सोसाइटी कागेश्वर मनोहरा उपशाखा भद्रवास आलापोट शनिबार, साउन २५, २०८२
जनैपूर्णिमा जात्राकाे दृष्य
जनैपूर्णिमा जात्राकाे दृष्य शनिबार, साउन २५, २०८२
आज रक्षाबन्धन अर्थात जनै पूर्णिमा पर्व मनाइँदै
आज रक्षाबन्धन अर्थात जनै पूर्णिमा पर्व मनाइँदै शनिबार, साउन २५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ धरानका साक्षी कृष्णभक्तको उही दिनचर्या, उही रफ्तार
  • नंः ३ आजको जेन-जी प्रदर्शनकारीकाे मृत्यु र कति घाइते भए ?
  • नंः ४ मिसेस नेपाल वर्ल्ड-२०२५ को प्रतिस्पर्धामा ३० महिला छनाैट
  • नंः ५ Gen-Z जनविद्रोह अन्तिम चरणमा प्रवेश
विचार
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   प्रज्ज्वल घिमिरे
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  NamiNews- नामीन्यूज
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     NamiNews- नामीन्यूज
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्