Top Navigation
Main Navigation
शनिबार, जेठ ४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, जेठ ४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • भारतमा मजदुरी गर्नेहरु भन्छन्, ‘दसैँमा घर गए गुजारा कसरी गर्नु ?’
भारतमा मजदुरी गर्नेहरु भन्छन्, ‘दसैँमा घर गए गुजारा कसरी गर्नु ?’
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, असोज २६, २०८०
Api Himal

नैनीताल । कालीकोटको खिना घर भएका दानसिंह विक दसैँको मुखमा भारतको उत्तराखण्ड राज्यको पर्यटकीय नगरी नैनीतालमा भारी बोग्दै गरेको अवस्थामा भेटिए।

उनी नैनीतालमा यसरी बोक्न थालेको १८ वर्ष भयो। विक  साँझ बिहान नैनीतालस्थित एउटा होटलको नर्सरीमा काम गर्छन्। यसबाहेकको बाँकी समय भारी बोक्छन्।

“भारी बोकेरै घरको खर्च धानेको छु, यो नगरे घरमा सबै ठप्प हुन्छ”, ४७ वर्षीय विकले भने। उनी केही दिनअघि मात्रै कालिकोट गएर नैनीताल काममा फर्किएको हो। “घरमा छोरो बिरामी भएको खबर आयो, उपचारका लागि खर्च लगेर गए, अब घर ढिलै जान्छु, दसैँमा गइन्न।”

नैनीतालमा मजदुरी गरेर विकले मासिक रु ३० हजारसम्म कमाउँछन्।  “स्वदेशमै काम पाएको भए विदेश आउन मन थिएन, काम पाइहाले पनि उचित ज्याला पाइँदैन”, उनले भने–““यहाँ दुखः गरे अनुसारको पारिश्रमिक पाइन्छ।”

Nepal Oil Corporation

नैनीताललाई सुन्दर बनाउन धेरै नेपाली मजदुरको मेहेनत छ । नैनीतालको तल्ली र मल्ली ताल क्षेत्रमा सयौँ नेपाली मजदुर दिनरात भारी बोक्दै गरेको अवस्थामा भेटिन्छन् ।

कोही होटल त कतिपय स्थानीय साहुमहाजनको घरमा काम गरेर जीविका चलाउँदै आएका छन्। पछिल्लो समय सडक पेटीमा पसल सञ्चालन गर्ने नेपालीको सङ्ख्या बढ्दै गएको छ। नेपालीहरुको सबैभन्दा ठूलो चाड दसैँको मुखमा समेत मजदुरी गर्नेको सङ्ख्या उत्तिक्कै छ।

“दसैँमा घर परिवारसित बसेर पर्व मनाउने इच्छा कसको हुन्न र ?” कैलालीको घोडाघोडी नगरपालिका-२ का १८ वर्षीय रमेश रावतले भने, “दसैँमा घर गए बाँकी समय गुजारा कसरी गर्नु ?” नैनीतालकै कमाइले घरपरिवारको खर्च चलाएको उनको भनाइ छ।

राजनीतिक परिवर्तन भएपनि स्वदेशमै रोजगारीका सम्भावना नदेखिनु दुःखद् भएको रावतको भनाइ छ। उनी कक्षा १२ कक्षाको परीक्षा दिएर मजदुरी गर्न नैनीताल आएको हो।

रावतका बुबा पनि यतै मजदुरी गछन्। बुबाको साथले उनलाई मदजुरी गर्न सहज भएको छ। “घरको परिस्थितिका कारण बुवासित यहाँ आए, धेरैभन्दा धेरै भारी बोकेर खर्चको जोहो गर्नु हाम्रो नियति नै बनिसक्यो”, रावतले भने।

दसैँ तिहारमा कतिपय नेपाली घर जाँदा सो समयमा भारी बोक्ने काम बढी पाइने आशामा रावत बाबु–छोरा यसपाली नैनीतालमा बसेका छन्। यहाँ नेपाली मजदुर घरघरमा गएर तरकारी बेच्ने तथा होटलमा भाँडावर्तन सफा गर्ने काममा  बढीजसो खटिने गरेका छन्।

चारैतिर पहाड अनी बीचमा आकर्षक नैनीताल अवस्थित छ । कोरोना महामारीमा सुनसान बनेको नैनीतालमा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दै गएको छ । योसँगै नेपालीले पनि काम गर्ने अवसर पाएका छन्।

नैनीताल, खुर्पा ताल, भीम ताललगायत क्षेत्रमा झण्डै पाँच सयको हाराहारीमा नेपाली कार्यरत छन्। नैनीताल क्षेत्रमा सिमेन्ट, छड, तरकारी, ग्यास सिलिण्डरलगायत अन्य घरायसी सामान ढुवानी गर्नमा उनीहरु दिन-रात व्यस्त देखिन्छन्। दुरी तथा तौलका हिसाबले उनीहरुलाई पारिश्रमिक दिइन्छ।

“नेपाली नागरिक इमान्दार भएर लामो समयदेखि काम गर्दै आएका छन्”, नैनीतालका एक होटल व्यवसायीले भने, “होटलमा तरकारी बोक्नेदेखि घर-घरमा ग्यास पुर्याउने काममा नेपालीको ठूलो साथ र सहयोग छ।”

बझाङ्गको तलकोटका नवराज विष्ट दसैँका लागि घरमा सरसामान पठाए पनि आफू भने नजाने मनस्थितिमा छन्। उनले भारी बोक्न थालेको झण्डै डेढ दशक भयो। होटलमा तरकारीको भारी बिसाउँदै गरेका विष्टले भने, “यहाँको कमाइले घरखर्च चलाउन सहज भएको छ।”

परिवारको पालनपोषण नैनीतालको भारी बोकाइले चल्दै आएकाले चाडपर्वको खासै महत्व नहुने उनी बताउँछन्। “ताकत हुँदासम्म भारी बोक्ने हो, त्यसपछि घर जानु त छँदै छ”, विष्टले भने।

कालिकोटको खानीत्रिवेणीका ५६ वर्षीय शेरबहादुर विकले भने नैनीतालमा भारी बोकेर कमाएको पैसाले छोरा जीवनलाई काठमाडौँमा लोकसेवाको तयारी गराउँदै छन्। “छोरा पढाउन लाखौँ ऋण काढेको छु, दसैँ सम्झेर घर जाने अवस्था छैन, घर गए सब चौपट हुन्छ”, उनले भने–“छोरो जागिरे होला र बुढेकासलमा घरमा सुखका साथ बस्न पाइला भन्ने आशामा भारी बोक्दैछु।”

मुख्यतया सुदूरपश्चिम र कर्णाली प्रदेशका नागरिक यहाँ रोजगारीका लागि आउने गरेका छन्। उनीहरुका लागि नैनीताल रोजगारीको प्रमुख गन्तव्य हो।

बाजे, बुबादेखि नातीसम्मको पुस्ता यहाँ एकसाथ भारी बोक्ने गरेको पाइन्छ। यहाँ मजदुरी गर्ने अधिकांश नेपालीले आफ्नो कमाइ छोरा-छोरीको पढाइमा खर्चिदै आएका छन्।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  २०:०२
##worker #india #nainitaal
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप समाज
काेशीमा सवारी कर र चालक अनुमति पत्रबाट मात्र ६० प्रतिशत आय
काेशीमा सवारी कर र चालक अनुमति पत्रबाट मात्र ६० प्रतिशत आय शनिबार, जेठ ४, २०८२
एकै दिन मोरङबाट २१ जना  ब्राउनसुगर सहित पक्राउ
एकै दिन मोरङबाट २१ जना  ब्राउनसुगर सहित पक्राउ शनिबार, जेठ ४, २०८२
झापा दमकका पूर्वप्रमुख बुढाथोकीको निधन
झापा दमकका पूर्वप्रमुख बुढाथोकीको निधन शनिबार, जेठ ४, २०८२
विवाह गर्न गएका दुई युवती बिचल्लीमा
विवाह गर्न गएका दुई युवती बिचल्लीमा मंगलबार, वैशाख ३०, २०८२
अवैध चुरे उत्खननमा अख्तियारले थाल्यो छानबिन
अवैध चुरे उत्खननमा अख्तियारले थाल्यो छानबिन सोमबार, वैशाख २९, २०८२
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला
पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला सोमबार, वैशाख २९, २०८२
गुल्मीकाे रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान
गुल्मीकाे रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान सोमबार, वैशाख २९, २०८२
कैलालीमा मोटरसाइकलको ठक्करबाट एककाे मृत्यु
कैलालीमा मोटरसाइकलको ठक्करबाट एककाे मृत्यु सोमबार, वैशाख २९, २०८२
कञ्चनपुरमा चार निर्माणधीन ‘पक्की पुल’ अलपत्र
कञ्चनपुरमा चार निर्माणधीन ‘पक्की पुल’ अलपत्र सोमबार, वैशाख २९, २०८२
लाेकप्रिय समाचार
  • नंः १ बरिष्ठ कलाकार प्रेमलाल श्रेष्ठ क्यानमा सर्वसम्मत अध्यक्ष ।। श्रेष्ठको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति ।।
  • नंः २ कवि तथा गीतकार अलका मल्लको युगीन आवाजको कम्पन
  • नंः ३ शुभ–बिबाह गीतमा अनुपम स्वरको रानी गायिका देविका बन्दनाको छलाङ
  • नंः ४ संस्कार र संस्कृतिमा मायाको बहार ।। अन्तीया झँगः ब्वयकाः बोलको गीत सार्वजनिक ।। युगल मायाजोडीको कौतुहलता र मायाप्रेम।।।
  • नंः ५ अवैध चुरे उत्खननमा अख्तियारले थाल्यो छानबिन
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्